काठमाडौं / यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार मनाइँदैछ । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविश्वास छ ।

गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ । आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । आजको दिनलाई गाई तिहार र हलीतिहार समेत भन्ने गरिन्छ ।