धर्म/संस्कृति

    Showing ६७१-६८० of ९७९ items.
  • नवरात्रीको आठौ दिनः महाष्टमी पर्व, आज महागौरीको पूजा आराधना गरि मनाइँदै

    काठमाण्डौ ।  विजयादशमी अन्तरगत नवरात्रीको आठौ दिन अर्थात् महाष्टमी पर्व, आज दुर्गा भगवतीको आठौँ स्वरूप महागौरी देवीको पूजा आराधना गरि मनाइँदै छ।महागौरी शिवकी शक्ति हुन् । यिनी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् ।महागौरीलाई शाम्भवी पनि भन्ने गरिन्छ । साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन् । एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ।अष्टमीको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधिअन

    • प्रकाशित मितिः असोज २५, २०८१
    • ४६८ पटक पढिएको
  • दशैको रौनक गाउँमा छुट्टै

    झापा— घटस्थापना सुरु भएदेखि नै गाउँमा दशैंको रमाइलो सुरु हुन्छ ।  दशैं आए सङ्गै खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश ।  रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द नै छुट्टै हुन्छ। सहर बजार र विदेशिएकाहरू दशैं पर्व मनाउन जन्मथलो फर्किएपछि  गाउका बस्ती गुञ्जायमान छन् ।  पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ ।चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ । गाउँगाउँमा सडक, घरघरमा

    • प्रकाशित मितिः असोज २४, २०८१
    • ४९२ पटक पढिएको
  • आज सप्तमी, दशैँ घर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

    काठमाडौँ। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक

    • प्रकाशित मितिः असोज २४, २०८१
    • ६६८ पटक पढिएको
  • आज नवरात्रकाे साताैँ दिन: कालरात्रिकाे पुजा तथा आरधना गरिदै

    काठमाण्डौ  ।   सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि  हुन्। पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ। माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन्। यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ। देवी कालरात्रि दुर्जनहरूको उछित्व गर्छिन्। यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ ।  देवीले कालरात्रिको रूप

    • प्रकाशित मितिः असोज २४, २०८१
    • ४१८ पटक पढिएको
  • बडा दशैं— आज कात्यायनी देवीको पूजाआराधना गरिँदै

    काठमाडौं— आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउट

    • प्रकाशित मितिः असोज २३, २०८१
    • ५१४ पटक पढिएको
  • नवरात्र अन्तर्गत आज स्कन्दमाताको पूजा-आराधना

    काठमाडौं— बडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ। अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ।यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि छ। त्यसपछि षष्ठी लाग्छ।स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। य

    • प्रकाशित मितिः असोज २२, २०८१
    • ५६७ पटक पढिएको
  • आज नवरात्रीको पाँचौ दिन : स्कन्दमाताको पूजा-आजा गरिँदै

    काठमाण्डौ । आज दशैँको पाँचौ दिन स्कन्दमाता भगवतीको पूजाआजा गरी मनाईँदै छ। भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ।चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन।नवदुर्गामा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महा

    • प्रकाशित मितिः असोज २१, २०८१
    • ४४० पटक पढिएको
  • नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजाराधना

    काठमाण्डौ । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ ।नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । नवदुर्गा मध्येकी तेस्री देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको तेस्रो दिनको

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ३६० पटक पढिएको
  • दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

    काठमाडौं— दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरी मनाइँदै छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना  गर्ने गरिन्छ ।दशैं अवधिभर काठमाडौ उपत्यकाका मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत शक्तिपीठ

    • प्रकाशित मितिः असोज १९, २०८१
    • २९७ पटक पढिएको
  • नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना

    काठमाडौं–आज नवरात्रको दोस्रो दिन, भक्तजनहरूले नौ दुर्गामध्येकी दोस्रो देवी, ब्रह्मचारिणीको विधिपूर्वक पूजाआराधना गरिरहेका छन्। धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ भन्ने विश्वास छ। पहिलो दिन घटस्थापनासँगै देवी शैलपुत्रीको पूजा गरिएको थियो भने आज ब्रह्मचारिणी देवीलाई आह्वान गरी पूजा गरिँदैछ। नवरात्रका नौ दिन देवीको आराधना गर्दै दुर्गा सप्तशती, श्रीमद्देवी भागवत लगायतका स्तोत्रहरूको पाठ गरिन्छ। यसरी नौ दिनसम्म देवीको विशेष आराधना गरेपछि विजयादशमीदेखि प्रसाद ग्रहण गर्ने चलन छ।ब्रह्मचारिणी देवीलाई मुमुक्षु प्राणीलाई ब्रह्मको बोध गराउने द

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ७२० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.