धर्म/संस्कृति

    Showing 671-680 of 976 items.
  • आज नवरात्रकाे साताैँ दिन: कालरात्रिकाे पुजा तथा आरधना गरिदै

    काठमाण्डौ  ।   सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि  हुन्। पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ। माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन्। यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ। देवी कालरात्रि दुर्जनहरूको उछित्व गर्छिन्। यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ ।  देवीले कालरात्रिको रूप

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 409 पटक पढिएको
  • बडा दशैं— आज कात्यायनी देवीको पूजाआराधना गरिँदै

    काठमाडौं— आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउट

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 501 पटक पढिएको
  • नवरात्र अन्तर्गत आज स्कन्दमाताको पूजा-आराधना

    काठमाडौं— बडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ। अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ।यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि छ। त्यसपछि षष्ठी लाग्छ।स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। य

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 559 पटक पढिएको
  • आज नवरात्रीको पाँचौ दिन : स्कन्दमाताको पूजा-आजा गरिँदै

    काठमाण्डौ । आज दशैँको पाँचौ दिन स्कन्दमाता भगवतीको पूजाआजा गरी मनाईँदै छ। भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ।चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन।नवदुर्गामा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महा

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 432 पटक पढिएको
  • नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजाराधना

    काठमाण्डौ । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ ।नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । नवदुर्गा मध्येकी तेस्री देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको तेस्रो दिनको

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 337 पटक पढिएको
  • दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

    काठमाडौं— दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरी मनाइँदै छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना  गर्ने गरिन्छ ।दशैं अवधिभर काठमाडौ उपत्यकाका मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत शक्तिपीठ

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 289 पटक पढिएको
  • नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना

    काठमाडौं–आज नवरात्रको दोस्रो दिन, भक्तजनहरूले नौ दुर्गामध्येकी दोस्रो देवी, ब्रह्मचारिणीको विधिपूर्वक पूजाआराधना गरिरहेका छन्। धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ भन्ने विश्वास छ। पहिलो दिन घटस्थापनासँगै देवी शैलपुत्रीको पूजा गरिएको थियो भने आज ब्रह्मचारिणी देवीलाई आह्वान गरी पूजा गरिँदैछ। नवरात्रका नौ दिन देवीको आराधना गर्दै दुर्गा सप्तशती, श्रीमद्देवी भागवत लगायतका स्तोत्रहरूको पाठ गरिन्छ। यसरी नौ दिनसम्म देवीको विशेष आराधना गरेपछि विजयादशमीदेखि प्रसाद ग्रहण गर्ने चलन छ।ब्रह्मचारिणी देवीलाई मुमुक्षु प्राणीलाई ब्रह्मको बोध गराउने द

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 712 पटक पढिएको
  • हनुमान ढोकास्थित दशैंघरमा जमरा राखियो

    काठमाडौं– नेपालीहरूको महान् चाड बडा दसैं आजबाट सुरु भएको छ। यस अवसरमा काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा विधिवत् जमरा राखिएको छ। नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाएको थियो भने शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा गरिएको थियो। दसैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै र धानको जमरा राखिन्छ। घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप र वरपिपलको पात राख्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान घटस्थापनाको साइत ९:१६ मिनेट निर्धारण गरेको थियो। घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ। आज स्थापना

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 654 पटक पढिएको
  • बडादसैँ सुरु, आज घटस्थापना

    काठमाण्डौ  ।   प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडा दशैं आज(बिहिबार) देखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धुमधामका साथ मनाइन्छ।बडा दशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। घटस्थापनाको साइत बिहान ०९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ।नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 881 पटक पढिएको
  • आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्षको समापन

    काठमाडौं— आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन।  असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ। साथै आज औँसी श्राद्ध पनि गरिन्छ।पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ। कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ। दशैँ, तिहार र छठजस्ता महान चाड

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 439 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.