धर्म/संस्कृति

    Showing 491-500 of 976 items.
  • ऐतिहासिक ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न

    काठमाडौं । ऐतिहासिक पाशुपति क्षेत्रमा ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष असार कृष्ण पक्षको भलभलाष्टमीका दिन मनाइने ऐतिहासिक त्रिशुल जात्रा वर्षातका बावजुद पनि सम्पन्न भएको हो ।बिहीबार जय मंगला बछलेश्वरी डवली, पशुपति वज्र घर र जयवागेश्वरी परिसरमा रहेको सत्तलबाट जात्रा निकालिएको थियो । तीन वटा रथसहित नगर परिक्रमा गराई जात्रा सम्पन्न भएको हो । यो जात्रामा बालबालिकालाई खटमा राखी बोकेर बाजागाजाका साथ नगर परिक्रमा गराउने प्रचलन रहेको स्थानीय बुद्धिजीवी मुकुन्द बैद्यले बताए ।  जात्रा जयवागेश्वरी पुगेपछि त्यहाँबाट पनि दुई बालिकालाई कुमारी र एक बालकलाई कुमारको रूपमा खट

    • प्रकाशित मितिः असार ६, २०८२
    • 348 पटक पढिएको
  • शनिबार (आज) बकर ईद देशैभर सार्वजनिक बिदा दियो

    काठमाडौ— नेपाल सरकार, गृह मन्त्रालयले सूचना जारी गर्दै आज शनिबार देशैभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुसलमान धर्मावलम्बीहरूको पवित्र पर्व बकर ईद (ईद–उल–अजहा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो।गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपाल राजपत्रमा पूर्वप्रकाशित सूचनाअनुसार बकर ईदको दिन सार्वजनिक बिदा रहने व्यवस्था गरिएकाले यस वर्ष मुस्लिम आयोगको सिफारिस अनुसार असार २४ गते शनिबार बिदा दिन लागिएको जानकारी गराइएको छ।बकर ईदको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूलाई मन्त्रालयले शुभकामना व्यक्त गरेको छ।विज्ञप्तिमा सहसचिव एवं प्रवक्ता राम

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 296 पटक पढिएको
  • आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    काठमाडौं— वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन प

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 383 पटक पढिएको
  • अर्घाखाँची सितगंगाका लोकप्रिय गायक मोतिराज खनाल लगायत टिमको सुपा देउराली भजन चर्चामा

    अर्घाखाँची— अर्घाखाँची जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक भएसङ्गै चर्चा बटुल्न सफल भएको छ । यस भजनले  टिकटक, फेसबुक रिल्स, साथै युटुवमा पनि राम्रो भ्युज पाएको छ । मोतिराज खनाल अफिसियल युटुव च्यानलबाट उक्त्त भजन सार्वजनिक भएको हो । भजनमा लोकसंगीत क्षेत्रमा लामो समयदेखि सक्रिय बहुप्रतिभाशाली कलाकार मोतिराज खनालको नेतृत्व, स्वर, संगीत र अभिनय रहेको छ।संगीत, शब्द, अभिनय तथा निर्देशनको समन्वयमा तयार पारिएको यस भजनले धार्मिक आस्थासँगै पर्यटकीय प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको छ। भजनका शब्द मोतिराज खनाल र श

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 663 पटक पढिएको
  • कैलाश मानसरोवरको दूरदर्शन सुरु भयो, जाने होइन त?

    सिमकोट— हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । पर्यटकका लागि उत्कृष्ट गन्तव्य स्थल बन्न सक्ने सम्भावना भए पनि उचित व्यवस्थापनको अभावमा हाल आन्तरिक पर्यटक मात्रै यहाँ पुग्ने गरेको उनको भनाइ छ । कैलाश मानसरोवर दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्म राम्रो समय मानिन्छ । हिउँदयामको छ महिनासम्म भ

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 415 पटक पढिएको
  • राजधानीमा राजावादी प्रदर्शन (तस्वीरहरू)

    काठमाडौं— राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राख्दै राजावादीहरु सडकमा निस्किएका छन् । राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन शान्ति बाटिका केन्द्रित हुँदैछ ।हेर्नुहोस् तस्वीरहरू  

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 1,197 पटक पढिएको
  • काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको मागसहित राजावादीहरूको आन्दोलन सुरु

    राजावादीहरुले आजबाट काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ–संगठनले गणतन्त्र दिवसका दिन दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन् । राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । रत्नपार्क केन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने र आन्दोलनका सहभागीहरूलाई छातासहित उपस्थित

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 329 पटक पढिएको
  • 'जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो'

    महोत्तरी— मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो ।बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल'जेबी'ले ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ ।पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले संस्कृतिको धुनमा स्वास्थ्य सन्देश गुञ्जायमान पारे ।‘उल्टो’ तरिकाबाट ‘सीधा’ सन्देश दिन खोज्ने यो अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो ।पछिल्लो समय गिनिज बुकमा नाम लेखाउने सपना बोकेर अघि बढिरहेका जेबीलाई सहरको भीडले होइन, गाउँको संस्कृति र जनताको माया तानिरहेछ

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 408 पटक पढिएको
  • लड्केश्वर धाम: जनआस्थाले पुनर्जीवन दिएको कालाग्निरुद्र पीठ

    काभ्रे—  धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको लड्केश्वर धाम पछिल्लो दशकमा पुनर्जीवित हुँदै विश्वकै एकमात्र कालाग्निरुद्र पीठका रूपमा उभिन थालेको छ । काभ्रेको पनौती नगरपालिका–११ मा अवस्थित यो पवित्रस्थल सूर्य पुराणको ५७ औँ अध्यायमा वर्णित कालाग्निरुद्रको स्मरणसँग गाँसिएको छ, जसले यस धामको आध्यात्मिक महत्त्वलाई अझै उचाइमा पुर्‍याएको छ ।अलपत्र अवस्थाबाट जागरणको यात्रातर्फ:झन्डै २० वर्षसम्म निर्माणाधीन अवस्थामा अलपत्र रहेको १०८ फिट अग्लो शिव त्रिशूल र १०८ वटा शिवधारालाई जनआस्थाबाट पुनर्निर्माण गरी २०८० सालमा सम्पन्न गरिएको राष्ट्रिय कोटिहोम मार्फत लड्केश्वर धा

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 423 पटक पढिएको
  • आज उभौली पर्व मनाउँदै किरात समुदाय

    काठमाडौं— प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।बाली लगाउनुअघि गाउँ/गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 348 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.