धर्म/संस्कृति

    Showing ४५१-४६० of ९७९ items.
  • गौरा पर्व समाजिक एकता, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला हो : सभापति देउवा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला भएको बताएका छन् । आइतबार गौरा पर्वको शुभकामना दिदैँ सभापति देउवाले गौरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकता, सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला रहेको बताएका हुन् । उनले शुभकामना सन्देश मार्फत भनेका छन्, ‘गौरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला समेत हो । विभिन्न धार्मिक, सास्कृतिक गीत, भजन, देउडा लगायतका नाच, व्रत, पूजापाठ र सामूहिक सहभागिताले यो पर्वलाई झनै विशेष बनाएको छ।’उ

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ६२९ पटक पढिएको
  • परराष्ट्रमन्त्री डा राणाले बुढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

    काठमाडौं—परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याएकी छन् । मन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित गौरा भित्र्याएकी हुन् । यसअघिका बर्षहरुमा गौरा पुजनका लागि उनी धनगढी जाने गरेकोमा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौंमै गौरा भित्र्याएकी हुन् । हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतिकका रुपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ । उनले गौरा पर्व सुदूरपश्चि

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ५५९ पटक पढिएको
  • सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइँदै

    काठमाडौं— सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व धुमधामका साथ मनाइँदै छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । गौरा पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) राखेर सुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ ।तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ ।गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरुडा प

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ७२८ पटक पढिएको
  • आज ऋषि पञ्चमी अर्थात सप्तऋषिको पूजा आराधना गरी मनाइदै

    काठमाडौं— भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउदै छन्।आजकोदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।अरुणन्धतीसहित सप्तऋषि कश्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ ।रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्न

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ७१५ पटक पढिएको
  • बक्स अफिस म्युजिक अवार्डमा मोतिराज खनाल ‘सर्वोत्कृष्ट भजन गायकरसंगीतकार’ को रूपमा सम्मानित

    काठमाडौं— बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा ‘बक्स अफिस म्युजिक अवार्ड २०८२’ तथा ‘१९औं विश्व कृतिमानी रामबहादुर (आरके) सुवेदी गोल्डकप’ फुटबल प्रतियोगिता काठमाडौंको बौद्धस्थित इलाइट फुटसलमा भव्य रूपमा सम्पन्न भएको छ।संगीततर्फ विभिन्न विधामा सम्मान प्रदान गरिएको कार्यक्रममा गायक तथा सर्जक मोतिराज खनाल ‘सर्वोत्कृष्ट भजन गायक तथा संगीतकार’को उपाधि जित्न सफल भएका छन्।खनालले ‘सुपा देवी देउरालीकी माई’ बोलको भजनमार्फत अवार्ड हात पार्न सफल भएका हुन्। भजन अर्घाखाँचीको धार्मिक र सांस्कृतिक प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै व्यापक सराहना पाइरहेको छ।उक्त भजन युट्युब, फेसबुक र टिकटक लगायत सामाजिक सञ्ज

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • १,०३३ पटक पढिएको
  • तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछः सभापति देउवा

    काठमाडौं—  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् । उनले लेखेका छन्,‘हाम्रो देश धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण एक समृद्ध भूमि हो । यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ । ती मध्ये हरिताल

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ७३८ पटक पढिएको
  • माइतीघर मण्डलाबाट गोरखापत्र जलाउन खोज्ने युवक पक्राउ

    काठमाडौं— मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन्।‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शिर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि पत्रिका जलाउन खोज्दा आफूलाई राजावादी बताउने सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेको हो।मंगलबार माइतीघर मण्डलामा उनले गोरखापत्रले तीजबारे लेखेको समाचारले सनातन धर्ममाथि प्रहार गरेको र यस्तो समाचारले नकारात्मक सन्देश दिएको गोरखापत्र जलाउन खोजेका थिए।उक्त समाचारमा निराहार वर्तले महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विषयवस्तुलाई जोड दिएको थियो।सोही क्रममा सन्तोष

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ५५५ पटक पढिएको
  • मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । मंगलबार हरितालिका तीजको अवसरमा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् । सोही क्रममा उनले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको लागि गरिएको व्यवस्थाको पनि निरीक्षण गरेका छन् । 

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ४८८ पटक पढिएको
  • आज तीज अटल सौभाग्यको कामनासहित मनाइँदै, शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो

    काठमाण्डौ  ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।सोही मान्यताअनुसार वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले हरण गरेर कसैले नदेख्न

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ३८० पटक पढिएको
  • स्वास्थ्य सन्देश बोकेको देउडा गीत, लक्षित मातृ–शिशु सुरक्षा

    मुगु— जिल्लाको सोरु गाउँपालिका–७ तारापानीमा आयोजित मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक देउडा गीत प्रतियोगिता आयोजना गरिएको छ । पछिल्लो समयमा बालबिवाह कायमै हुनुका साथै सामान्य बिरामी हुँदा धामीझाँक्री र झारफुक गर्दा अकालमा मान्छेहरुको ज्यान जाने भएकाले सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको हो ।मातृ शिशुको स्वास्थ्य सुधारको लागि कस्ता खानेकुरा खाने, स्वास्थ्य संस्थामा उपचार कसरी लिने, ब्यक्तिगत तथा सामूहिक, सामूदायिक स्वास्थ्य सरसफाई कसरी गर्ने जस्ता सन्देशमार्फत सांस्कृतिक देउडा प्रतियोगिता आयोजना गरिएको हो ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडार्क नेपालको आयोजनामा सम्पन

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ८२८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.