काठमाडौं— नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौंमा जारी छ ।‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गरेका हुन् ।सो अवसरमा महासंघका महासचिव पेम्बा गुरुङ भोटेले नेपालको राजनीतिक यात्रा र आदिवासी जनजातिको योगदानबारे धारणा राख्दै वर्तमान अवस्थामा संविधान कार्यान्वयनमा गम्भीर चुनौती रहेको बताए ।उनले नेपालको राजनीतिक इतिहासमा धेरै संघर्ष, बलिदान र आन्दो
काठमाडौं— नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । शुक्रबार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने मुख्य नाराका साथ विहीबार महाधिवेशन सुरू भएको हो।नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशनको उद्घाटन गरेका हुन् ।नेफिनका अनुसार महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न प्रस्तावहरू पारित गर्ने तयारी छ ।' महाधिवेशनको शुक्रबार स्वयम्भुमा बन्दसत्र सुरु हुने र २१ सदस्यीय नयाँ कार्य समिति चयन हुने
काठमाडौं— नेपालमा पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एकीकृत गर्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउने उद्देश्यका साथ १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ आयोजना हुने भएको छ । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा यो बृहत् सम्मेलन आगामी यहि चैत २७ र २८ गते रुपन्देही जिल्लाको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा सम्पन्न हुने भएको छ । दिगो पशुपालन र खाद्य सुरक्षाका लागि एक स्वास्थ्य मार्ग भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक ढंगले उजागर गर्ने लक्ष्य राखेको छ ।सम्मेलनमा नेपालसहित १० भन्दा बढी देशका प्रतिनिधिहरू र १५ भन्दा
काठमाडौं— आज विश्व हिमनदी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष २० मार्चमा मनाइन्छ ।हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीका आधारसमेत हुन् । पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, जसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाइरहेको छ ।पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्त
काठमाडौं— आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ । मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो । शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्त्वहरू मुखबाटै खाने गरिन्छ । पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो । तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन ।यस बर्षको विश्व मुख स्वास्थ्य दिवसको विषयवस्तु ‘खुशी मुख !!!खुशी जीवन’ भन्ने रहेको छ ।
काठमाडौं— आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिन्छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुुरु गरिएको हो ।सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएपछि त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने गरिएको छ ।
काठमाडौँ। चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिनुभयो । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उहाँले बताउनुभयो । यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद् पु¥याउने बताएकी छन् ।रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुई दिने आवासीय अभिमुखीकरणमा सञ्चारकर्मीसँग कुरा गर्दै भूमिकाले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय व्यक्तिको आवाज, सामाजिक न्यायको विषय र हामीले भोगेको विभेदको विषयमा न्यूनीकरण गर्ने मुख्य एजेन्डा रहेको बताइन् ।‘संसद्मा मेरो मुख्य एजेन्डा भनेको लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय व्यक्तिको आवाज, नागरिकता स्वास्थ्य, शिक्षा, रोजगार
काठमाडौं— आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएको छ ।नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ ।टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ ।आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेल आज ओली निवासमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।शोकको यस घडीमा उनले शोकाकुल परिवारजन, विशेषगरी अध्यक्ष ओली र उनका आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे । ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले उनको राष्ट्रिय राजनीति तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरेका छन। उनले ओलीक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.