काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद् पु¥याउने बताएकी छन् ।

रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुई दिने आवासीय अभिमुखीकरणमा सञ्चारकर्मीसँग कुरा गर्दै भूमिकाले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय व्यक्तिको आवाज, सामाजिक न्यायको विषय र हामीले भोगेको विभेदको विषयमा न्यूनीकरण गर्ने मुख्य एजेन्डा रहेको बताइन् ।

‘संसद्मा मेरो मुख्य एजेन्डा भनेको लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय व्यक्तिको आवाज, नागरिकता स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक न्यायको विषय र हामीले भोगेको विभेदको विषयमा न्यूनीकरण गर्ने र त्यसको अन्त्य गर्ने मेरो मुख्य एजेन्डा हो,’ उनले भनिन् ।

उनले विशेसगरी पछाडि पारेको समुदाय मात्र नभई अल्पसङ्ख्यक मुस्लिम, मधेसी र अपाङ्गता भएका व्यक्तिहरूको समस्या संसद् सम्म पुर्याउने योजना रहेको बताइन् ।

उनले भनिन्, ‘विशेसगरी पछाडि पारेको समुदायको म र मेरो समुदाय मात्र नभई अल्पसङ्ख्यक मुस्लिम मधेसी अपाङ्गता भएका व्यक्ती हरुको समस्या चाही लैजनो योजना छ ।’

रास्वपाले समावेशिता र समताको मूल धारलाई अगाडी ल्याउने कोसिस गरेको छ तसको ज्वलन्त उदाहरण आफू रहेको उनले बताइन् ।