बिहीबारको राष्ट्रिय सभा बैठकमा माओवादी सांसदको प्रश्न थियो- यो देशमा कांग्रेसमात्र लोकतन्त्रवादी हो ?
राष्ट्रिय सभा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताएका छन् ।
काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन् । डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै मन्त्री पौडेलले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशिल बनाइ निगरानी गर्न आवश्यक रहेको बताए । बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने उनको भनाइ छ । लामो बाहुले लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्नसके पनि महत्वपूर्ण उपलब्धि हुने बताउँदै मन्त
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रमा धेरै बेथिति रहेको बताएका छन्। आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज)को २५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सञ्चार क्षेत्रका बेथिति देख्दा आगोको भुङ्ग्रोमा उभिएको ‘झाँक्री बा’ जस्तै अनुभव भएको टिप्पणी गरे । सञ्चार क्षेत्रमा हुने कुनैपनि काममा कानून मिच्ने गरेको र बेतिथि रहेको उनले बताए । उनले अहिले आगोको भुङ्ग्रोमा उभिएको झाँक्री बा जस्तै भएर बसेको तर आगोमा उभिएर ज्यान बचाइ काम गर्ने बताए । मन्त्री गुरुङले भने, ‘प्रविधिले युग बदल्दा पनि ६० वर्ष पुरानो कानून बोकेर सरकार हिड्नु परेक
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।।अर्थात गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्मा, यस्ता गुरुलाई म हार्दिक नमस्कार गर्दछु ।संसारमा गुरु शब्दलाई ओजस्वी शब्दको रूपमा लिइन्छ । गुरु महिमाको वर्णन गर्न कुनै पनि भाषाका शब्दहरू अपूरा र अधुरा छन्, त्यो खालको महत्व रहेको छ हाम्रो समाजमा गुरुको । अन्य शब्दको तुलनामा गुरु शब्द उच्चारण गर्दा परमानन्दको अनुभूति हुन्छ । दुःख, कष्ट, समस्याले सताउँदा त्यसबाट निवृत्ति हुन विभिन्न उपाय गर्दा पनि भएन भने अन्तिम समाधानको स्रोतको रूपमा गुर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.