काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश अभिभावकबिहीन भएको बताएका छन् । शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक रहेको उनको आरोप छ । उनले भने, ‘अहिले देश एक प्रकारले अभिभावक बिहीन भएको अवस्थामा छ । नेपाली जनताको मत जसले जसले ठूलो दलको रुपमा प्राप्त गरे, जो अहिले सरकारमा छन् । उनीहरु स्वयं अस्थिरताको कारक छन् ।’लिङ्देनले आफूले पाएको मौकालाई राजनीतिक दलहरुले व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मा
एजेन्सी- प्यालेस्टाइनको गाजा क्षेत्रका विभिन्न स्थानमा इजरायली सेनाले गरेको श्रृंखलावद्ध आक्रमणमा कम्तिमा २१ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र स्वास्थ्यकर्मीले बताएका छन् । गाजा शहरको यार्मुक स्ट्रिटमा रहेको एउटा अपार्टमेण्टमा इजरायली हवाई आक्रमणमा ६ प्यालेस्टाइनीको मृत्यु छ उद्धार र नागरिक रक्षा टोलीहरूले अपार्टमेण्टबाट पीडितहरूको शव र धेरै घाइतेहरूलाई निकालेका छन् । अल-फार शरणार्थी शिविरमा भएको हवाई हमलामा थप पाँच जन
काठमाडौं- गत साउन ९ गते त्रिभुवन विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । यो दुर्घटनापछि जबरजस्त आजाव उठ्यो त्रिभुवन विमानस्थल परिसरको इन्धन डिपोले राजधानी क्षेत्र नै उच्च जोखिममा । यसैलाई आधारमान्दै प्रधानमन्त्री केपी शर्मा ओलीले इन्धन डिपो सार्न सुधाउँदै विकल्प खोज्न निर्देशन दिए । हुन पनि सौर्य एयरको जहाज इन्धन डिपो भएको क्षेत्रतिर दुर्घटनामा परेको भए के कति क्षति हुन्थ्यो उपत्यकाबासीको आङ नै सिरिङ्ग हुने गरेको छ । इन्धन डिपो सार्ने विषय चर्चामै रहँदा आइतबार कै प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पनि क
काठमाडौं- राष्ट्रिय सभामा सांसदहरूले समसामयिक विषयमा सरकारको खबरदारी गरेका छन्। पछिल्लो समय नेपालमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सरकारले कदम चाल्नुपर्नेदेखि देशको समग्र विकासमा साझा सोच बनाउने अवधारणासम्म आइतबारको राष्ट्रिय सभा बैठकमा उठेको छ । नेकपा एमालेकी सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्दै असारे बजेटका नाममा अन्तिम समयमा खर्च गर्ने हतारो रोक्न सचेत गराएकी छन् । जनताका आवश्यकताबारे सरकार किन सचेत नभएको भन्ने प्रश्न बिसीको छ । बैठकमा नेपाली कांग्रेसका सांसद युवराज शर्माले साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता रहेको बताए ।
काठमाडौं- सरकारले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा आर्थिक वर्ष २०८१/८२ का लागि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निणर्य गरेको छ ।शुक्रबार मन्त्रीपरिषद् बैठकका निणर्य सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कुराको जानकारी गराएका हुन् । त्यस्तै सरकारले आगामी भदौ ११ देखि १३ गतेसम्म उज्वेकिस्तान मा आयोजना हुने मल्टी डिमेन्सीनल प्रोभर्टी पेर नेटवर्क बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई स्वीकृति प्रदान गर्ने निणर्य गरेको छ । यसैगरी नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिव ५
एजेन्सी- थाइल्याण्डको पूर्वीप्रान्त चाचोएङ्साओमा भएको विमान दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।मृतकमध्ये पाँच जना चिनियाँ नागरिक रहेको बताइएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर स्थानीय समय अनुसार विमान बिहिबार दिउँसो करिव ३ बजेर १० मिनेट जाँदा म्यानग्रोभ जङ्गलमा खसेको अधिकारीहरुले बताएका छन् । विमान दुर्घटनापछि खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समय अनुसार पूर्वी तटीय प्रान्त त्राटको यात्रा गर्ने क्रममा विमान दुर्घटना भएको चाचोएङ्साओका गभर्नर चोन्लाटी याङ्ट्रोङले बताउनु भयो । थाइल्याण्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस
गृहमन्त्री रमेश लेखकले भने, ‘हामीले मुलुकमा राजनीतिक स्थिरता दिन सकेनौँ । सरकारको स्थिरता दिन सकिएन । प्रत्येक २/३ महिनामा प्रधानमन्त्रीको विश्वासका माथि प्रश्न उठ्ने । प्रधानमन्त्रीले ३/३ महिनामा संसदमा गएर विश्वासको मत प्रदर्शन गर्नुपर्ने । विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा नयाँ–नयाँ राजनीतिक समीकरणहरु बन्ने । एउटा समीकरण बन्ने । अर्को समीकरण भत्किने । एवम् रितले राजनीतिक रुपले स्थिरता दिन नसकेको स्थिति हामीले व्यहोर्यौँ । पछिलो साढे एक वर्षको समयमा । सरकारको अस्थिरताको कारणले त्यसको प्रभाव सबै ठाउँमा पर्न थाल्यो । विकासको क्षेत्रमा पुँजीगत खर्च घटेर गयो । आर्थिक क्षेत्रमा आर्थिक गतिविधि
काठमाडौं— राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिर प्रदर्शन गरेको छ ।सोमबार ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा आजदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो । फोटो पत्रकार समूहले हरेक वर्ष विश्व फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ । फोटो प्रदर्शनी भने तीन वर्षअघिबाट मात्रै शुरु गरेको र त्यसकै निरन्तरता स्वरुप प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए । उनले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभावसँगै हिमालहरुमा परेको अवसरको जानकारी दिने उद्देश्यले प्रदर्श
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताएका छन् । मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताए । यस प्रकारको अदृश्य वन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका ओलीको भनाई छ । समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरुको प्रवद्र्धन गर्नुपर्ने ओलीले बताए । प्रधानमन्त्री ओलीले अपराधिक मनोवृत्ति घटाउनका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा सतप्रतिशत विद्युतिकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताएका छन्। ८ वर्षअघि करिव ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिव ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताए । घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ति जाने र आउने हुनेगरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको बताए । वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्नसक्ने अवस्थामा पुगेको बताए ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.