बजार

    Showing ७१-८० of ५०१ items.
  • दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

    काठमाडौं / पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरुको दाबी छ । दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको दाबी उद्योगीहरूले गरेका छन् । तर, आपूर्ति पर्याप्त देखिए पनि काठमाडौं उपत्यकासहित विभिन्न स्थानका उपभोक्ता अझै ग्यासका लागि लाइन बस्न बाध्य छन् । नेपाल आयल निगमको टेकु स्थीत पुरानो कार्यालयमा दिनहुँजसो ग्यास साट्ने आउने उपभोक्ताको लामो लाइन छ । अन्य डिपो र पसलमा समेत ग्यास नपाइएपछि उपभोक्ता हैरान भएका छन् । ग्यास आयात र बजारमा देखिएको अभावबीचको अन्तरले अहिले मुख्य प्रश्न उठेको छ– समस्या ग्यास आपुर्तिको हो कि वितरण प्रणालीको ?ए

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २१५ पटक पढिएको
  • गायिका आगन्तुक खरेलले खोलिन् ‘प्रीटि सलून’, अन्तर्राष्ट्रियस्तरको सेवा दिने उद्घोष

    काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईमा पछिल्लो ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘प्रीटि सलुन’ ले अब काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा प्रारम्भ गरेको छ । काठमाडौं महानगरिपालिका वडा नम्बर ३१, शंखमुलस्थित बागमती नदीको पुलको छेउमा गायिका आगन्तुक खरेलको उक्त सलून सञ्चालनमा ल्याएकी हुन् । सांगीतिक क्षेत्रका विभिन्न सेलिब्रेटीमाझ आइतवार गायिका खरेलकी सुपुत्री आँचल पुनले रिबन काट्दै उक्त सलूनको औपचारिक उद्घाटन गरेकी हुन् । रिबन काटेलगत्तै गायिका खरेलसहितका सेलिब्रेटीहरुले केक काटेर सलूनको उद्घाटन समारोहलाई थप भव्य बनाएका थिए ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २५० पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं / नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २१८ पटक पढिएको
  • ‘काँचो जुम्ली स्याउ’ बजार पुग्नुअघि प्रहरीको एक्सन, १८० कार्टुन नियन्त्रणमा

    जुम्ला । जुम्ली स्याउको गुणस्तर जोगाउन प्रहरीले यस वर्ष कडाइ सुरु गरेको छ। जिल्ला बाहिर काँचो स्याउ निर्यातमा रोक लगाउने निर्णय कार्यान्वयन गर्दै रारा प्रहरी चौकीले सुर्खेत र नेपालगञ्जतर्फ पठाइँदै गरेका १८० कार्टुन स्याउ नियन्त्रणमा लिएको हो।स्याउ नपाक्दै बजारमा पुग्न थालेपछि किसान, उपभोक्ता र जुम्ली स्याउको प्रतिष्ठामै असर पर्ने चिन्ता बढेपछि स्थानीय प्रशासनले काँचो स्याउ निकासीमा निगरानी कडा बनाएको हो।नियन्त्रणमा लिइएको स्याउको कृषि विकास कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका, तिला गाउँपालिका, प्रहरी, कृषक र व्यापारीको उपस्थितिमा रिफ्र्याक्टोमिटरबाट गुणस्तर परीक्षण गरिएको थियो। परीक्षणका क्रमम

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २१३ पटक पढिएको
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।    समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु रातो (मुढे) प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु १००, रातो

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ३०९ पटक पढिएको
  • बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

    काठमाडौं / बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले तत्काल त्यस्ता उत्पादनको बिक्री–वितरण रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको छ ।मन्त्री यादवको निर्देशनपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै करिब एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ । हाल ती उत्पादनहरूको गुणस्तर र मौलिकता परीक्षणका लागि प्रयोगशालामा परीक्षण भइरहेको विभागले जनाएको छ । मन्त्री यादवले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले नक्कली उत्पादनको बिक्री–वितरणमा कुनै पनि प्रकारक

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १८० पटक पढिएको
  • हरियो साउनमा ओझेलमा तरकारी व्यापार, मूल्यवृद्धि र सुस्त बजारले व्यापारी मारमा

    काठमाडौं । साउन महिना नेपाली समाजमा हरियाली, व्रत–पूजा र हरियो तरकारीसँग जोडिने महिना मानिन्छ । तर यही महिनामा भने काठमाडौंको लगनखेल तरकारी बजारका व्यापारीहरू व्यापारमा मन्दी आउँदा चिन्तित छन् ।तरकारीको मूल्य बढेको, उपभोक्ताको खरिद क्षमता घटेको र धेरैले आफ्नै कौसी तथा करेसाबारीमा उत्पादन भएको तरकारी प्रयोग गर्न थालेपछि बजारमा ग्राहकको चहलपहल भएपनि किनमेल भने न्यून भएको व्यापारीहरू बताउँछन् ।लगनखेलमा बिहानैदेखि विभिन्न जिल्लाबाट ल्याइएका ताजा तरकारी सजाइए पनि धेरैजसो साँझसम्म बिक्री नहुँदा व्यापारीहरू घाटा बेहोर्न बाध्य छन्।ताजा तरकारी अर्को दिनसम्म राख्न नमिल्ने भएकाले अन्तिम समयमा सस्तो मूल्य

    • प्रकाशित मितिः साउन १५, २०८३
    • २२६ पटक पढिएको
  • सेयर बजारमा लगातार पहिरो नेप्से २६७२ अंकमा झ¥यो, सबै सूचक राताम्मे

    काठमाडौं । नेपाली सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि गिरावट कायम रहेको छ। बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२ बिन्दुमा झरेको छ भने यससँगै यो सातामात्रै बजार ६२ अंकले ओरालो लागेको छ।बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो दिनको ४ अर्ब २ करोड रुपैयाँको कारोबार घटेर बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँमा सीमित भयो। आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनी घटेका छन् भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।बैंकिङदेखि जलविद्युत्, विकास बैंक, बीमा, होटल तथा पर्यटन, उत्पादन, माइक्रोफाइनान्स र व्यापारसम्म सबै समूहगत सूचक राताम्मे बने। विकास बैंक र जलविद्युत् समूहमा सबैभन्दा धेरै गिरावट देखियो

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ३०२ पटक पढिएको
  • सुनको मूल्य बढ्दा चाँदी घट्यो

    काठमाडौं / नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन १४, २०८३
    • २०१ पटक पढिएको
  • लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

    काठमाडौं / लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्दै आजदेखि बिक्री आवेदन खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्कासन गरेको हो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । निष्कासन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइनेछ ।सार्वजनिक निष्कासनतर्फ छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुर

    • प्रकाशित मितिः साउन १४, २०८३
    • २७२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.