बजार

    Showing 71-80 of 465 items.
  • मनोरञ्जनसँगै सशक्त सन्देश बोकेको ‘गौँथली’ आजदेखि प्रदर्शनमा

    काठमाडौं / मनोरञ्जनका साथै सशक्त सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ निर्मित नेपाली कथानक चलचित्र ‘गौँथली’ आज साउन १ गतेदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको छ। नेपालभरका २ सयभन्दा बढी ‘शो’ का साथ फिल्मले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको छ । झन्डै २५ वर्षअघि डा. भोला रिजालले गीतिकथानकका रूपमा निर्माण गरेको ‘गौँथली’लाई यसपटक संवादसहित नयाँ स्वरूपमा उनका छोरा डा। कपिल रिजालले निर्देशन गरेका हुन् । फिल्म हेर्ने दर्शकको चाँप बढेसँगै फिल्म युनिट काठमाडौँका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिईरहेको छ ।  सार्वजनिक प्रदर्शनअघि आयोजित प्रिमियरमा फिल्म हेर

    • प्रकाशित मितिः साउन १, २०८३
    • 179 पटक पढिएको
  • धान रोपाइँ ६१ दशमलव ६२ प्रतिशत सम्पन्न, सुदूरपश्चिम अगाडि

    काठमाडौं / चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१ दशमलव ६२ प्रतिशत सम्पन्न भएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ६६ हजार ५६२ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको हो । प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ दशमलव ८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकीमा ६५ दशमलव ९ प्रतिशत, कर्णालीमा ६ दशमलव २ प्रतिशत, लुम्बिनीमा ५९ दशमलव ६ प्रतिशत, मधेशमा ५७ दशमलव ९ प्रतिशत, बाग्मतीमा ५७ दशमलव १ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ५४ दशमलव ९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जन

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 189 पटक पढिएको
  • सुनको मूल्य बढ्दा चाँदी घट्यो

    काठमाडौं / नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।  बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने ९० रुपैयाँले घटेको छ । चाँदी ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 231 पटक पढिएको
  • ३० अंकको झट्कापछि हरियो बन्यो सेयर बजार, कारोबार ३ महिनायताकै उच्च

    काठमाडौं । अघिल्लो कारोबार दिन ३० अंकभन्दा बढीले घटेको सेयर बजार मंगलबार सामान्य सुधारसहित हरियो बनेको छ। नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.०६ बिन्दुमा पुगेको छ भने कारोबार रकम ८ अर्ब ४१ करोड रुपैयाँ नाघ्दै करिब तीन महिनायताकै उच्च स्तरमा पुगेको छ।कारोबारका क्रममा १६४ कम्पनीको सेयर मूल्य बढेको, १०१ कम्पनीको घटेको र १० कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक अधिकांश उपसूचक सकारात्मक देखिएका छन्। व्यापार समूहमा सबैभन्दा बढी १.४७ प्रतिशतको वृद्धि हुँदा बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटनलगायत क्षेत्र पनि हरियालीमा बन्द

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 219 पटक पढिएको
  • राताम्मे बन्यो सेयर बजार, नेप्से ३० अंकभन्दा बढीले ओरालो

    काठमाडौं। नेपाली सेयर बजार लगातार दबाबमा देखिएको छ। सोमबार नेप्से परिसूचक ३०।६० अंकले घटेर २५७० बिन्दुमा झर्दै करिब आठ महिनायताकै न्यून स्तर मा पुगेको हो।बजारभरि बिक्रीको दबाब देखिँदा २४९ कम्पनीको सेयर मूल्य घट्यो, केवल २२ कम्पनीको मूल्य बढ्यो भने ४ कम्पनी स्थिर रहे। बैंकिङदेखि जलविद्युत्, होटल, बीमा र व्यापारसम्म सबै समूह राताम्मे बने।यद्यपि बजार घटिरहेका बेला लगानीकर्ताको सक्रियता भने बढेको देखिएको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जुन पछिल्ला केही महिनामध्येकै उच्च कारोबार रकम हो।

    • प्रकाशित मितिः असार २९, २०८३
    • 73 पटक पढिएको
  • २८ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं / नेपाली बजारमा आज  सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि १००रुपैयाँले घटेको छ । चाँदी ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार २९, २०८३
    • 145 पटक पढिएको
  • कमल खेतीले फेरियो पूर्वी चीनको अर्थतन्त्र

    काठमाडौं / पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ । गर्मीयाममा फुल्ने कमल अहिले स्थानीय बासिन्दाका लागि आकर्षक आम्दानीको स्रोत मात्र नभई पर्यटक तान्ने प्रमुख माध्यमसमेत बनेको छ । सुजाउका किसानहरू बिहान सबेरैदेखि कमलका ताजा फूल टिपेर स्थानीय बजारमा पुर्याउने गर्छन् । विशेषगरी कृषि कार्य कम हुने मौसममा कमल खेतीले धेरै परिवारलाई अतिरिक्त आम्दानीको अवसर दिएको छ । ७४ वर्षीय किसान शेङ वेइछ्वानका अनुसार विगतमा करिब ०.७ हेक्टर क्षेत्रफलको कमल पोखरीबाट वार्षिक ३ हजारदेखि ४ हजार ५ सय अमेरिकी डलरसम्म आम्दानी हुनु राम्रो मानिन्थ्यो

    • प्रकाशित मितिः असार २८, २०८३
    • 197 पटक पढिएको
  • सुनको मूल्य सामान्य बढ्यो

    काठमाडौं / नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको छ । 

    • प्रकाशित मितिः असार २८, २०८३
    • 214 पटक पढिएको
  • नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा:अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

    काठमाडौं / नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा विशेष उत्सव मनाइरहेको छ ।सन् १९८४ मा स्थापना भएको यस बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ बैंकिङ र त्योभन्दा धेरै भन्ने मूल दर्शनलाई आत्मसाथ गर्दै विगत चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रको आधुनिकिकरण र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।नेपालका एकमात्र अर्बपति उद्यमी विनोद चौधरीको परिकल्पना अनुसार अन्तर्राष्ट्रिय स्तरको आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सुरु भएको यो बैंक आज नेपालको सबैभन्दा भरपर्दो र अग्रणी वित्

    • प्रकाशित मितिः असार २८, २०८३
    • 165 पटक पढिएको
  • सुनचाँदिको मुल्य बढ्यो कतिमा भइरहेछ त कारोबार ?

    काठमाडौं । एक दिनअघि घटेको सुनको मूल्य शुक्रबार भने उच्च दरले उकालो लागेको छ। नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १ सय ७० रुपैयाँले वृद्धि हुँदै चाँदी ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य मजबुत देखिएको छ। आज सुन प्रतिऔंस ४ हजार १ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुन–चाँदीको मूल्यमा आएको यो नयाँ वृद्धिसँगै बजारमा खरिद–बिक्री गर्ने उपभोक्ताले थप रकम खर्च गर्नुपर्ने भएको छ।

    • प्रकाशित मितिः असार २६, २०८३
    • 154 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.