बजार

    Showing ४४१-४५० of ५०१ items.
  • सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका

    गलकोट (बागलुङ) । सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ । बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानाको गणेश कृषि सहकारीको नाममा ‘सिगानाको रसिलो सुन्तला’ लेखेको कार्टुन उत्पादन गरेर बजारीकरणमा सघाएको हो । नगरपालिकाले पहिलो चरणमा दुई हजार दुई सय कार्टुन निर्माण गर्न ५० प्रतिशत अनुदान सुन्तला किसानलाई दिएको छ । गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनु

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ४३५ पटक पढिएको
  • केपी ओलीलाई भिम रावलका प्रश्नैप्रश्न, उनी ‘पतन’ हुने दाबी

    काठमाण्डू :नेकपा एमालेको कारबाहीमा परेमा नेता डा. भीम रावलले सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन्।पार्टीबाट निष्कासनमा परेपछि   बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले ओलीलाई प्रश्न गरेका हुन् ।उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन् ।ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलको दाबी   छ ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • २८३ पटक पढिएको
  • नेप्से सूचक १५.७९ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

    काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) १५.७९ अंकले बढ्दै २१ सय ५२.१४ विन्दुमा उक्लिएको छ । गत सातादेखि लगातार उकालो यात्रामा रहेको नेप्से सूचकमा अघिल्लो दिन भने ४.६२ अंकको गिरावट आएको थियो । तर, आज मंगलबार पुनः १५ अंकमाथिले नेप्से सूचक बढ्दा कारोबार ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.५० अंकले बढ्दै ३८०.९६ विन्दुमा उक्लिएको छ । बैंकिङ समूहको उपसूचक ०.५३ प्रतिशतले बढ्दा विकास बैंक समूहको उपसूचक २.४९ प्रतिशले बढेको छ । यसैगरी माइक्रोफाइनान्स समूहको उपसूचक ३.०६ प्रतिशतले बढ्दा यता फाइनान्स, होटल तथा पर्य

    • प्रकाशित मितिः असार २५, २०८१
    • ५३२ पटक पढिएको
  • वि.सं. २०८१ असार २५ गते मङ्गलबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज व्यापार व्यवसायमा लगानी गर्नका लागि उचित समय छैन। आर्थिक व्यवस्थापनका कामहरुमा समस्या आउन सक्छन्। अवसरवादीहरूले काम बिगार्न सक्छन् । पढाई लेखाईमा पनि आजको दिनमा उचित प्रगति नहुन सक्छ । प्रेममा अविश्वास हुन सक्ने र पारिवारिक जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भे

    • प्रकाशित मितिः असार २५, २०८१
    • ६४२ पटक पढिएको
  • सुनको भाउ बढ्याे

    झापा  । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ। सुनको भाउ आज तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ थियो ।सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अमेरिकामा बेरोजगारीको सङ्ख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेको उहाँले बताउनुभयो । ‘बेरोजगारीको सङ्ख्या बढ्दा सुनमा लगानी गर्ने बढ्छन् । यसले सुनको माग बढाउँछ । माग बढ्दा भाउ बढ्छ’ उहाँले भन्नुभयो । गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च थि

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ३९९ पटक पढिएको
  • हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढ्याे

    झापा । हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ।यस्तै, चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • ३२२ पटक पढिएको
  • सुन चाँदीको भाउ आज

    काठमाण्डाै - सुन चाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ छ।हिजो १ लाख ४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः माघ २६, २०७९
    • २६० पटक पढिएको
  • सुनको मूल्य वर्षकै उच्च स्थानमा

    झापा / सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारका यो मूल्य यो  २०७९ कै उच्च हो ।आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ।यस्तै तेजाबी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको हो ।बुधबार छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय, तेजाबी सुनको मूल्य १ लाख २ हजार ४ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः पुस २१, २०७९
    • ४२८ पटक पढिएको
  • लुम्बिनी प्रदेशको सहकार्यमा नास्टले निर्माण गर्यो इलेक्ट्रिक स्कुटर

    काठमाडौं / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले इलेक्ट्रिक स्कुटर निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा नाष्टले यो इलेक्ट्रिक स्कुटर तयार पारेको हो ।लुम्बिनी प्रदेशमा इलेक्ट्रिक स्कुटरको व्यवसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको थियो । जसमा सम्भाव्यता अध्ययनका साथै एउटा इलेक्ट्रिक स्कुटरको प्रोटोटाइप निर्माण गर्नेगरी नास्ट र लुम्बिनी प्रदेश सरकारबीच केही समयअघि सम्झौता भएको थियो ।लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा अघि बढेको यो परियोजना अन्तर्गत स्कुटर निर्माण तथा अध्ययनको काम सम्पन्न भएको नास्टका प्रविधि संकाय

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ३८६ पटक पढिएको
  • टाटाको कर्भ इभी एसयुभीको कन्सेप्ट डिजाइन सार्वजनिक

    बिर्तामोड / टाटाको कर्भ इभी एसयुभीको कन्सेप्ट डिजाइन सार्वजनिक भएको छ । पछिल्लो समय विद्युतीय सवारी (इभी) मा आक्रामक देखिएको टाटा मोटर्सले नयाँ मिड साइज एसयुभी ल्याउने तयारी गरिरहेको हो।कम्पनीका अनुसार, कर्भ इभी एसयुभी आगामी दुई वर्षभित्र भारतमा लन्च गर्ने तयारी गरिएको छ। टाटाले आफ्नो यस आगामी उत्पादनलाई एसयुभीलाई इलेक्ट्रिक कन्सेप्ट कारको रूपमा अप्रिल ६ मा डिजाइन सार्वजनिक गरेको हो।यो इभी टाटाको इभी लाइन(अपमा नेक्सनभन्दा माथिल्लो स्तरको हुने बताइएको छ। कम्पनीका अनुसार नयाँ कर्भ मिडसाइज एसयूभीका रुपमा आउनेछ। यो गाडी टाटा ब्रान्डाका कारको लाइनअपमा नेक्सन र ह्यारियरको बीचमा फिट हुने कम्पनीले जना

    • प्रकाशित मितिः चैत २४, २०७८
    • ४४७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.