बिर्तामोड / टाटाको कर्भ इभी एसयुभीको कन्सेप्ट डिजाइन सार्वजनिक भएको छ । पछिल्लो समय विद्युतीय सवारी (इभी) मा आक्रामक देखिएको टाटा मोटर्सले नयाँ मिड साइज एसयुभी ल्याउने तयारी गरिरहेको हो।

कम्पनीका अनुसार, कर्भ इभी एसयुभी आगामी दुई वर्षभित्र भारतमा लन्च गर्ने तयारी गरिएको छ। टाटाले आफ्नो यस आगामी उत्पादनलाई एसयुभीलाई इलेक्ट्रिक कन्सेप्ट कारको रूपमा अप्रिल ६ मा डिजाइन सार्वजनिक गरेको हो।

OM Sai Pathibhara Hospital

यो इभी टाटाको इभी लाइन(अपमा नेक्सनभन्दा माथिल्लो स्तरको हुने बताइएको छ। कम्पनीका अनुसार नयाँ कर्भ मिडसाइज एसयूभीका रुपमा आउनेछ। यो गाडी टाटा ब्रान्डाका कारको लाइनअपमा नेक्सन र ह्यारियरको बीचमा फिट हुने कम्पनीले जनाएको छ।

हाल  टाटा कर्भ भनिएको भए पनि यस एसयूभीको अन्तिम नाम भने अझै तय भइनसकेको कम्पनीको भनाइ छ। यद्यपि, यो मोडल अबको दुई वर्षभित्र  बजारमा ल्याइसक्ने दाबी कम्पनीको छ।

यसमा स्लोपिङ रियर विन्डस्क्रिन र स्पोर्टी रूफ, माउन्टेड स्पोइलरको केही संक्षिप्त झलकहरू पनि यसको कन्सेप्ट डिजाइनको टिजरमा देखाइएको छ। यो एसयुभी कूप प्रेरित डिजाइन जस्तो देखिन्छ। यस एसयुभीले एकचोटि फुल चार्ज गर्दा कम्तिमा ४०० देखि ५०० किलोमिटर पार गर्न सक्ने भनाइ कम्पनीको छ। टाटाको आगामी यस मिड साइज एसयुभी आईसी इन्जिनका साथै सबै विद्युतीय पावरट्रेनको साथ उपलब्ध हुनेछ।

टाटाले उत्पादन गरेका कारहरू सामान्यतया तिनीहरूको अवधारणा संस्करणहरूबाट बाहिरी डिजाइनको सन्दर्भमा धेरै फरक हुने गरेका छैनन्। यसकारण यो कार पनि अहिले सार्वजनिक गरिएको डिजाइन अनुसारके हुने अपेक्षा गर्न सकिन्छ।