काठमाडौं / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले इलेक्ट्रिक स्कुटर निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा नाष्टले यो इलेक्ट्रिक स्कुटर तयार पारेको हो ।

लुम्बिनी प्रदेशमा इलेक्ट्रिक स्कुटरको व्यवसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको थियो । जसमा सम्भाव्यता अध्ययनका साथै एउटा इलेक्ट्रिक स्कुटरको प्रोटोटाइप निर्माण गर्नेगरी नास्ट र लुम्बिनी प्रदेश सरकारबीच केही समयअघि सम्झौता भएको थियो ।

OM Sai Pathibhara Hospital

लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा अघि बढेको यो परियोजना अन्तर्गत स्कुटर निर्माण तथा अध्ययनको काम सम्पन्न भएको नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले बताएका छन् ।