बजार

    Showing 401-410 of 465 items.
  • लगातार ३ दिन ओरालो लाग्यो नेप्से

    काठमाडौं— सेयर बजार परिसूचक (नेप्से) बुधबार पनि घटेको छ । सोमबारदेखि घट्न थालेको नेप्से बुधबार पनि २५.१६ अंकले घटेको हो । योसँगै बजार परिसूचक २८२१.१३ विन्दुमा ओर्लिएको छ । बुधबार बजारमा १० अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भयो । सोमबारभन्दा अगाडि नेप्से १० दिनसम्म लगातार बढेको थियो । पछिल्लो पटक गत बुधवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि उच्च दरमा बढेको नेप्सेले यो अवधिमा २१२ अंकले बढेको थियो । यो वृद्धिले लामो समयदेखि साइडवेजमा चलेको बजारमा बुलिस ट्रेन्डको संकेत देखिएको थियो । तर, पछिल्लो तीन दिनमा बजार ६८ अंकले करेक्सन भएसँगै बजार साइडबेजको अवस्थाबाट उठ्न नसकेको देखिएको छ । 

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 257 पटक पढिएको
  • भारतको खेलौना उद्योग तिब्र रुपमा बिकास तर्फ

    झापा । भारतमा खेलौना उद्योगको तीव्र विस्तार भइरहेको पाइएको छ । पञ्जाब नेशनल बैंकको रिपोर्ट अनुसार यस उद्योगको तीव्र विस्तारका कारण विगत ५ वर्षमा भारतबाट खेलौनाको निर्यात ४० प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा भारतमा खेलौनाको आयात भने ७९ प्रतिशतले घटेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको खेलौना उद्योग सन् २०२३ मा लगभग १।५ अर्ब अमेरिकी डलर बराबर रहेको छ ।आर्थिक वर्ष सन् २०२५र२६ को बजेटले ‘मेड इन इण्डिया’ ब्रान्ड अन्तर्गत उच्च गुणस्तरका खेलौना उत्पादन गर्ने योजनालाई सहयोग गर्ने नीति लिएको छ ।बैंकको रिपोर्टअनुसार सन् २०३२ मा विश्व खेलौना बजारको कुल मूल्य १ खर्ब ७९ अर्ब अमेरिकी डलर बर

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 212 पटक पढिएको
  • दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौं— नेप्से परिसूचक मंगलबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० अंकमा छ। यसदिन ३१८ स्क्रिप्सको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक घटे पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सर्किट लेभलमा कारोबार भयो। यसैगरी आत्मनिर्भर लघुवित्त, युनिभर्सल पावर, बरुण हाइड्रोपावरको सेयर पनि बढ्यो। यसदिन सिन्धु विकास बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको एक अर्ब ९ करोड बढीक

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 377 पटक पढिएको
  • लगातार तीन दिन सुनको मूल्य स्थिर

    काठमाडौँ  — लगातार तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारदेखि नै सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार भने सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ थियो । त्यसपछि शुक्रबार घटेर तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । तीन दिनयता नै चाँदीको मूल्य तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 327 पटक पढिएको
  • सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका

    गलकोट (बागलुङ) । सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ । बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानाको गणेश कृषि सहकारीको नाममा ‘सिगानाको रसिलो सुन्तला’ लेखेको कार्टुन उत्पादन गरेर बजारीकरणमा सघाएको हो । नगरपालिकाले पहिलो चरणमा दुई हजार दुई सय कार्टुन निर्माण गर्न ५० प्रतिशत अनुदान सुन्तला किसानलाई दिएको छ । गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनु

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 401 पटक पढिएको
  • केपी ओलीलाई भिम रावलका प्रश्नैप्रश्न, उनी ‘पतन’ हुने दाबी

    काठमाण्डू :नेकपा एमालेको कारबाहीमा परेमा नेता डा. भीम रावलले सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन्।पार्टीबाट निष्कासनमा परेपछि   बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले ओलीलाई प्रश्न गरेका हुन् ।उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन् ।ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलको दाबी   छ ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 242 पटक पढिएको
  • नेप्से सूचक १५.७९ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

    काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) १५.७९ अंकले बढ्दै २१ सय ५२.१४ विन्दुमा उक्लिएको छ । गत सातादेखि लगातार उकालो यात्रामा रहेको नेप्से सूचकमा अघिल्लो दिन भने ४.६२ अंकको गिरावट आएको थियो । तर, आज मंगलबार पुनः १५ अंकमाथिले नेप्से सूचक बढ्दा कारोबार ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.५० अंकले बढ्दै ३८०.९६ विन्दुमा उक्लिएको छ । बैंकिङ समूहको उपसूचक ०.५३ प्रतिशतले बढ्दा विकास बैंक समूहको उपसूचक २.४९ प्रतिशले बढेको छ । यसैगरी माइक्रोफाइनान्स समूहको उपसूचक ३.०६ प्रतिशतले बढ्दा यता फाइनान्स, होटल तथा पर्य

    • प्रकाशित मितिः असार २५, २०८१
    • 495 पटक पढिएको
  • वि.सं. २०८१ असार २५ गते मङ्गलबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज व्यापार व्यवसायमा लगानी गर्नका लागि उचित समय छैन। आर्थिक व्यवस्थापनका कामहरुमा समस्या आउन सक्छन्। अवसरवादीहरूले काम बिगार्न सक्छन् । पढाई लेखाईमा पनि आजको दिनमा उचित प्रगति नहुन सक्छ । प्रेममा अविश्वास हुन सक्ने र पारिवारिक जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भे

    • प्रकाशित मितिः असार २५, २०८१
    • 611 पटक पढिएको
  • सुनको भाउ बढ्याे

    झापा  । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ। सुनको भाउ आज तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ थियो ।सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अमेरिकामा बेरोजगारीको सङ्ख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेको उहाँले बताउनुभयो । ‘बेरोजगारीको सङ्ख्या बढ्दा सुनमा लगानी गर्ने बढ्छन् । यसले सुनको माग बढाउँछ । माग बढ्दा भाउ बढ्छ’ उहाँले भन्नुभयो । गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च थि

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 381 पटक पढिएको
  • हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढ्याे

    झापा । हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ।यस्तै, चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 299 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.