बजार

    Showing ४०१-४१० of ५०१ items.
  • नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नितिले समेट्नु पर्नेमा जोड

    सुर्खेत -  नेपाल सरकारले ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राखेर अबको मौद्रिक निती आउनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् ।नेपाल बैकर्स एसोसियसनले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमूख राजन प्रसाद रेग्मीले राज्यको उद्देश्य उत्पादन बढाउने भएकाले कर्जालाई कृषि, ऊर्जा र साना तथा मझौला उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर प्रवाह गर्नु पर्नेमा जोड दिए । भुक्तानी दिनेमै बढी आम्दानी तथा नाफा हुने भए पनि सरकारले आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित भएकाले बैंकहरुले त्यसतर्फ पनि सोच्नु पर्ने बताए । ‘सरकार

    • प्रकाशित मितिः असार २, २०८२
    • ३४८ पटक पढिएको
  • ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रिमा

    काठमाडौं - ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।यो शेयर खरिदकालागि आज देखि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवदेन दिन पाउने छन् । तर, बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले काठमाण्डौंको कमलपोखरी स्थीत बैंकको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर सङ्ख्या उल्लेखगरी सुचना प्रकाशीत भएको मितीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।तोकिएको समयभित्र शेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    • प्रकाशित मितिः असार २, २०८२
    • ३२३ पटक पढिएको
  • बजेट कार्यान्वयन संरचनागत र कानुनी ढिलाइका कारण प्रभावित भयो : मन्त्री काफ्ले

    हेटौंडा -  बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट कार्यान्वयनमा देखिएको ढिलाइको प्रमुख कारण संरचनागत कमजोरी र कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन् । आइतबार साँझ प्रदेश सरकारले प्रस्तुत गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट कार्यान्वयनमा ढिला भएको स्वीकार गरेका हुन् । मन्त्री काफ्लेले भने, ‘हामीले कार्यान्वयन पक्षको संरचनागत विकास र कानुनी कारणले गर्दा कार्यान्वयन गर्नलाई ढिला भएको स्वीकार गरेका छौं। तर, हामी त्यसलाई समधान गर्दै अगाडि बढिरहेका छौं भने बजेट कार्यान्वयन अवश्य हुन्छ ।’हाल प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको कार्यान्वयनमा व

    • प्रकाशित मितिः असार २, २०८२
    • २९१ पटक पढिएको
  • युद्ध चलिरहँदा ७ दिनदेखि इसराइलमा छन् विराटनगरका मेयर, भन्छन्– बंकरमा लुक्दै बसेको छु

    काठमाडौं - सात दिनदेखि इसराइल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला अहिले अन्य देशका जनप्रतिनिधिहरूसँगै बंकरमा लुक्दै बस्न बाध्य भएका छन्।भ्रमणकै बीचमा इसराइल र इरानबीच आक्रमण र प्रत्याक्रमण सुरू भएपछि विराटनगरका मेयर कोइरालासहित त्यहाँ पुगेका विभिन्न देशका जनप्रतिनिधि बंकरमा लुक्दै बस्न बाध्य भएका हुन्।आइतबार साँझ टेलिफोनमा कुरा गर्दै मेयर कोइरालाले आफू 'सेफाइम' भन्ने ठाउँमा सुरक्षित रहेको जानकारी दिएका छन्।'म अहिले राजधानी सहरबाट ३० किलोमिटर दुरीमा रहेको सेफाइम भन्ने सहरमा छु,' कोइरालाले भने, 'नेपालबाट म एक्लै छु। मेरो टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधि

    • प्रकाशित मितिः असार २, २०८२
    • ३६९ पटक पढिएको
  • अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा सात बुँदे घोषणापत्र जारी

    काठमाडौं  - सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न गरेको छ । दुईदिने सम्मेलनमा बंगलादेश, भारत र नेपालका विभिन्न प्रदेशबाट पत्रकारहरुको गुणात्मक सहभागिता रहेको थियो ।अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरुले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर वजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।दुईदिने सम्मेलनलाई उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषाको पत्रकारितामार्फत

    • प्रकाशित मितिः असार १, २०८२
    • ३२७ पटक पढिएको
  • पाँच लाख ठगी प्रकरणमा तीन प्रहरीसहित पाँच जना पक्राउ

    बाँके — व्यापारीलाई पाँच लाख ठगी गरेको आरोपमा तीन प्रहरीसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई प्रहरी सहायक हवल्दार, एक सशस्त्र प्रहरी जवान, एक आफूलाई पत्रकार भनेर चिनाउने व्यापारी र एक भ्रष्टाचार विरोधी अभियन्ता छन्।पसल सञ्चालक लक्ष्मण कुँवरको जाहेरीपछि पक्राउ परेका हुन्। उनले जेठ २८ गते दिउँसो आफूमाथि डर–धम्की दिइएको र पाँच लाख रुपैयाँ बुझाउनु परेको दाबी गरेका छन्। घटना कोहलपुर नगरपालिका–११, पुरानो बसपार्कस्थित ‘थ्रिस्टार मोबाइल पसल’मा भएको हो।घटनामा संलग्नहरू भारतीय नम्बर प्लेटको गाडीमा आएका थिए। पसलभित्रको CCTV फुटेज प्रहरीले संकलन गरेको छ। पक्राउ परेकामध्ये भण्डारी र रिजाल पत्

    • प्रकाशित मितिः असार १, २०८२
    • ४१६ पटक पढिएको
  • राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा

    काठमाडौं -  राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ ।कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको उक्त हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदकालागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ ।  त्यसैगरी त्रिपुरेश्वरस्थित राप्ती हाईड्रो पावरको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ, पोखरा, नेपालगन्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल ध

    • प्रकाशित मितिः असार १, २०८२
    • २५१ पटक पढिएको
  • ट्रेड टावरको आईपीओ बाँडफाँड

    काठमाडौं -  ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ ।कुल २१ लाख ७१  हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड भएको हो ।कम्पनीले आज बिहान साढे ९ बजे गौशालास्थित क्रिस्टल पशुपतीमा आईपीओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीले गत जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो ।आवेदनमध्ये रितपूर्वक प्राप्त भएको २० लाख ५९ हजार ३८८ जना आवेदकहरुबाट २ करोड ३९ लाख ७ हजार ६०० कित्ता प्राप्त भएको हुदाँ कम

    • प्रकाशित मितिः असार १, २०८२
    • ४५० पटक पढिएको
  • सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द

    जनकपुर -  धनुषा जिल्लाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले जिल्लाभरका पसलसमेत बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका सिलसिलामा शुक्रबार जनकपुरधाम सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा दुई प्रतिशत विलासिता कर लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए ।पत्रकार सम्मेलनमा जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले सरकारले विलासिता करको नाममा दुई प्रतिशत बढाउँदा उपभोक्ता समक्ष ६ प्रतिशत पुग्न जाने बताए ।उनले यसो भयो भने भारतमा सुनको मुल्य सस्तो पर्ने र सोही क

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • ३६८ पटक पढिएको
  • आफ्नै मालिकलाई यौन दुर्व्यवहारमा फसाउन खोज्दा…

    पोखरा — पोखरामा एक सुनचाँदी व्यवसायीलाई यौन दुर्व्यवहारको आरोपमा फसाई आर्थिक लाभ लिन खोज्ने आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा–१५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङ विराटनगरका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी रहेका छन्।कास्की प्रहरीका अनुसार मरियम राई पोखरा महानगरपालिका–४ मा रहेको एक सुनचाँदी पसलमा काम गर्थिन्। उनले लिम्बु र सुवेदीसँग मिलेर पसल सञ्चालकलाई यौन दुर्व्यवहारमा फसाउने धम्की दिँदै ५० लाख रुपैयाँ माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।राईले पसल सञ्चालककी श्रीमतीलाई लेकसाइडस्थित एक होटलमा बोलाएर, ‘जिन्दगीभ

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • ३६३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.