बजार

    Showing ३०१-३१० of ५०१ items.
  • निर्माता विशाल भण्डारीको प्रधानमन्त्री ओलीलाई गुहार: 'एनआरएन साझेदारबाट दुःख पाएको छु'

    काठमाडौं — कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक तथा निर्माता विशाल भण्डारीले आफूलाई एक गैरआवासीय नेपाली (एनआरएन) साझेदारबाट आर्थिक तथा मानसिक रूपमा दुःख दिइएको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यायको माग गरेका छन्।आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै भण्डारीले लामो स्टाटस लेख्दै आफ्नो अनुभव सार्वजनिक गरेका छन्। उनले एक एनआरएन साझेदारले सम्झौताविपरीत पैसा माग्दै, पहुँचको दुरुपयोग गर्दै आफूलाई मानसिक तनावमा राखेको बताएका छन्।भण्डारीका अनुसार करिब १९ महिनाअघि ती एनआरएन साझेदारले ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ६३२ पटक पढिएको
  • साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार

    काठमाडौं –शेयर बजारमा साढे दुई घण्टामै साढे १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आइतबार १ बजेर २७ मिनेट जाँदा सम्म अर्थात् कारोबारको सुरु भएको करीब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो ।अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसुचक १ बजेर ३० मिनेट जाँदा ४१.८९ अंकले बढेर २९१२.५२ बिन्दुमा रहेको छ ।अघिल्लो कारोबार दिन बिहीबार नेप्से ७५.८४ अंकले बढेको थियो । यो समाचार तयार पार्दा सम्म नेप्सेमा १९५ कम्पनीको शेयर मूल्य बढ्दा ५३ कम्पनीको

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ५१९ पटक पढिएको
  • आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं – नेपाली बजारमा आज (आइतबार)सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार पचाँस रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै शुक्रबार तोलामा २२ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २२ सय ८५ रुपैयाँ पुगेको छ ।

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ५५६ पटक पढिएको
  • खानेपानीको समाचार लेखेपछि धम्की खेपेका पत्रकारले गरे आत्महत्या

    काठमाडौँ – रौतहटका पत्रकार रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् ।झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बुझिएको छ ।ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाकधम्की खेपिरहेका थिए ।खानेपानी समस्या सम्बन्धी समाचार लेखेका का

    • प्रकाशित मितिः साउन ४, २०८२
    • १,१०८ पटक पढिएको
  • सूर्य नेपाल प्रालीको सञ्चालन आय साढे २८ अर्बभन्दा धेरै

    काठमाडौं । पछिल्लो एक वर्षमा सूर्य नेपाल प्रालिको सञ्चालन आय साढे २८ अर्ब रुपैयाँभन्दा धेरै रहेको देखिएको छ ।क्रेडिट रेटिङ प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०८०÷८१ मा कम्पनीको सञ्चालन आय २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ बराबर रहेको पाइएको हो । कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ ऋण लिन रेटिङ गराएको हो । यसअघि आव २०७९÷८० मा कम्पनीको यस्तो आय २८ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।सन १९८६ मा सञ्चालन भएको सूर्य नेपाल प्रालिमा यसको होल्डिङ कम्पनी आइसीटि लिमिटेड इन्डियाको समेत ५९ प्रतिशत शेयर रहेको छ ।यसबाहेक करिब ३९ प्रतिशत शेयरमा नेपाली व्यक्तिगत तथा संस्थागत शेयर धनीहरुको समुह छ र बाँकी २ प्रतिशत ब्रिटि

    • प्रकाशित मितिः साउन ३, २०८२
    • ४०६ पटक पढिएको
  • केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

    काठमाडौं । केल्मी नेपाल इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ । केल्मीले २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मे मुख्यालयमा आयोजित एक विशेष समारोहमा सम्मान गरेको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रवन्ध निर्देशक उत्तम न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका हुन् ।केल्मी, विश्वप्रसिद्ध स्पोट्र्सवेयर ब्रान्ड हो भने अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरूलाई पुरस्कृत गर्दै पनि आएको छ । नेपाली बजारमा पनि केल्मीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ भने खेलाडीहरुको पहिलो रोजाइमा रहने गरेको छ ।&nbs

    • प्रकाशित मितिः साउन ३, २०८२
    • ३४७ पटक पढिएको
  • प्रभु हेलिकप्टर १० औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    काठमाडौँ – प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ ।  यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए ।एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेय खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो ।‘नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भइ निरन्तर लागेका छौँ, आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही खालको माया र

    • प्रकाशित मितिः साउन २, २०८२
    • ४४५ पटक पढिएको
  • चाइनिज पेस्तोल र लागुऔषधसहित दुई जना पक्राउ

    सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–८ बाट अवैध हातहतियार र लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा स्थानीय २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, विधानको घरमा राति तलासी गर्दा चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउन्ड, जरायोको सिङ १ थान, ८६० ट्याब्लेट ट्रामाडोल र ४०० ट्याब्लेट नाइट्राजेपाम फेला परेको हो।प्रहरीले बरामद सामग्रीसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • ५१५ पटक पढिएको
  • वैदेशिक रोजगारीमा गएको दुई महिना नपुग्दै लेखनाथ खतिवडाको निधन

    इलाम— वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएका ३५ वर्षीय लेखनाथ खतिवडाको उपचारका क्रममा निधन भएको छ।गत जेठ ५ गते दुबई पुगेका खतिवडा त्यहाँ मिडल इस्टको एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए। असार ८ गतेदेखि सिकिस्त बिरामी परेपछि उनी अस्पतालमा भर्ना भएका थिए। सुरुमा सेतो रक्तकोषको कमी देखिएपछि उपचार थालिएको थियो। पछि निमोनिया समेत देखिएपछि उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो।तर असार २८ गते, दुबईको एआई रोसिड अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको परिवारका लीलाधर खतिवडाले जानकारी दिए।उनीमाथि गरिएको उपचार खर्च अत्यधिक भएकोले परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका थिए। "हामीले लाखौं रुपैयाँ

    • प्रकाशित मितिः साउन २, २०८२
    • ६४६ पटक पढिएको
  • अब धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला

    काठमाडौं— काठमाडौंको ऐतिहासिक धरहरा अब प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको छ। नयाँ समय तालिका साउन १ गतेदेखि लागू गरिएको हो।२०७२ सालको विनाशकारी भूकम्पमा धरहरा पूर्ण रूपमा ध्वस्त भएको थियो। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पुनर्निर्माण थालिएको धरहरा २०७८ साल वैशाख ११ मा पुनः उद्घाटन गरिएको थियो।धरहराबाट हालसम्म (असार २४ गतेसम्म) ४ करोड ८३ लाख ६५ हजार रुपैयाँ आम्दानी भइसकेको छ।धरहरामा प्रवेश गर्दा सवारी पार्किङ निःशुल्क गरिएको छ। तर धरहरा चढ्नका लागि नेपाली नागरिकले प्रतिव्यक्ति २ सय रुपैयाँ तिर्नुपर्नेछ। विद्यार्थी, ज्येष्ठ नागरिक

    • प्रकाशित मितिः साउन २, २०८२
    • ५५६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.