बजार

    Showing 21-30 of 465 items.
  • महँगो भए पनि कटहर किन्न ग्राहकको घुइँचो

    काठमाडौं / बजारमा अहिले कटहरको माग बढेको छ । प्रतिकिलो करिब ३ सय रुपैयाँमा बिक्री भइरहेको कटहर महँगो भए पनि ग्राहकको आकर्षण भने घटेको छैन । काठमाडौंको शंखमूल पुलछेउमा बिक्रीका लागि राखिएका कटहर किन्न बिहानैदेखि ग्राहकको घुइँचो लाग्ने गरेको छ । कटारी र गाईघाटलगायतका ठाउँबाट ल्याइएका कटहर बिक्रीका लागि राखेको केही समयमै सकिने गरेका छन् ।कटहरलाई पकाएर तरकारीका रूपमा खानेदेखि काँचै पनि खाने गरिन्छ । विशेष गरी पछिल्लो समय कटहरको स्वाद र उपयोगिताका कारण यसको माग बढेको व्यापारीहरू बताउँछन् शंखमूलमा कटहर बिक्री गर्न ल्याएका एक वृद्ध व्यापारीले राखेको कटहरसमेत ग्राहकले केही समयमै खरिद गरेका थ

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 129 पटक पढिएको
  • अदुवाको भाउ बढेपछि इलाममा किसानको उत्साह, खेती विस्तारसँगै आम्दानीको लक्ष्य बढ्यो

    इलाम । अदुवाको बजार मूल्यमा सुधार आएपछि इलामका किसान व्यावसायिक खेती विस्तारतर्फ आकर्षित भएका छन् । गत वर्ष उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाएपछि यस वर्ष किसानले खेतीको क्षेत्रफल बढाउँदै आम्दानीसमेत बढाउने लक्ष्य लिएका छन् । माङसेबुङ–२ का देशराज लिम्बूले गत वर्ष पाँच रोपनीमा ९० मन अदुवा उत्पादन गरी ३ लाख १५ हजार रुपैयाँ आम्दानी गरेका थिए । प्रतिमन ४ हजार ५ सय रुपैयाँमा अदुवा बिक्री गरेका उनले यस वर्ष २० मन बीउ रोपेका छन् । उत्पादन करिब १२० मन पुग्ने अनुमान गर्दै मूल्य पोहोरकै हाराहारीमा रहे ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ । सोही ठाउँका राजकुमार राईले गत वर्ष ५० मन अदुवा

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 91 पटक पढिएको
  • पोखरामा ग्यासको हाहाकारबीच आज १० हजार सिलिन्डर बजारमा

    पोखरा । पोखरामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि प्रशासनले आपूर्ति सहज बनाउन ठूलो परिमाणमा ग्यास बजारमा पठाउने तयारी गरेको छ। आज मात्रै १० हजार सिलिन्डर ग्यास पोखराका बजारमा पुग्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।साउनको पहिलो सातादेखि ग्यास अभाव भएपछि उपभोक्ता खाली सिलिन्डर बोकेर डिपोअघि घण्टौँसम्म लाइन बस्न बाध्य थिए। यही समस्या कम गर्न प्रशासनले शुक्रबारदेखि ग्यास डिपोमा मात्रै निर्भर नरही किराना पसलबाट समेत ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको छ।जिल्ला अनुगमन समिति कास्कीले गगनगौंडास्थित दुई ग्यास उद्योगमा अनुगमन गर्दै बजारमा पठाइने ग्यासको अवस्थाबारे जानकारी लिएको थियो।

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 72 पटक पढिएको
  • ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक

    काठमाडौं / निर्देशक अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर र दीपिका फिचर्ड छन्।गीतमा एसडी योगी र अन्जु पन्तको स्वर रहेको छ। सुरेन्द्र रानाको शब्द रहेको गीतमा एसडी योगीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। भिडियोको कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् भने शेखर घर्ती मगर र सुशन तामाङ सहायक कोरियोग्राफरका रूपमा रहेका छन्।‘खुस्मा’पछि निर्देशक

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 238 पटक पढिएको
  • शुक्रबार सुनको मूल्य कतिले बढ्यो ?

    काठमाडौं / नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपले बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार ९ सय कायम गरिएको छ । अघिल्लो बिहीबार सुन प्रतितोला २ लाख ९६ हजारमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर आज ४ हजार ५८० मा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७० मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 145 पटक पढिएको
  • २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    काठमाडौं/ आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ।विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्। उक्त उपहार साउन १ देखि १५ गतेसम्मको खरिदका आधारमा गरिएको पहिलो ड्रमार्फत घोषणा गरिएको हो।करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा खरिद गरी योग्य रूपमा सहभागी भएका उपभोक्तामध्येबाट विजेता छनोट गरिएको विभागले जनाएको छ। विभागले करदातालाई बिल लिन र कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 200 पटक पढिएको
  • नबिलको क्रेडिट कार्डमा आजीवन शुल्क नलाग्ने योजना

    काठमाडौं / नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा नयाँ क्रेडिट कार्ड लिने ग्राहकलाई आजीवन शुल्क नलाग्ने योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार आगामी २२ अगस्टसम्म आवेदन दिने नयाँ ग्राहकले कार्ड प्रयोग गरेसम्म ‘जोइनिङ फी’ र वार्षिक शुल्क तिर्नुपर्ने छैन। बैंकका ट्रान्जेक्सन बैंकिङ तथा एन बैंकका चिफ बिजनेस अफिसर निरज शर्माका अनुसार नियमित आम्दानी भएका ग्राहकले यो सुविधा लिन सक्नेछन्। तलबी कर्मचारी, व्यवसायी तथा घरभाडालगायत नियमित आम्दानी भएका व्यक्तिले नबिल बैंकका शाखा वा एन बैंक डिजिटल प्लेटफर्ममार्फत क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्।क्रेडिट कार्डका लागि नियमित आम्दानी पुष्टि ग

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 174 पटक पढिएको
  • आईपीओ ल्याउने तयारीमा होटल सिराईचुली, साधारण सभा भदौ १४ मा

    काठमाडौं / होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ ल्याउने तयारीलाई अघि बढाउन आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ।त्यसैगरी, आईपीओबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी प्रस्तावमाथि पनि छलफल गरिनेछ। साथै, आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुन

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 195 पटक पढिएको
  • वितरणयोग्य मुनाफा घट्दा कृषि विकास बैंकको लाभांश क्षमतामा दबाब

    काठमाडौं / वितरणयोग्य मुनाफामा आएको उल्लेख्य गिरावटसँगै कृषि विकास बैंक लिमिटेडको लाभांश वितरण क्षमतामा दबाब परेको छ। आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा घट्दा लाभांश क्षमता १७ दशमलव ९८ प्रतिशतबाट झरेर ६ दशमलव ५४ प्रतिशतमा सीमित भएको हो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा २ अर्ब ८१ करोड रुपैयाँबाट घटेर १ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ। यसले आगामी लाभांश वितरण क्षमतामा प्रत्यक्ष असर परेको देखिएको छ।समीक्षा अवधिमा बैंकको खुद नाफा पनि २९ दशमलव ५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 126 पटक पढिएको
  • बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी

    काठमाडौं / बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले साउन २० गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल अक्सन आयोजना गरिनेछ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राख्नका लागि बोलकबोलमार्फत सहभागिता जनाउन सक्नेछन् । निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् । त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा अधिकतम आह्वान गरिएको ८५ अर्ब रुपैयाँसम

    • प्रकाशित मितिः साउन २०, २०८३
    • 180 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.