बजार

    Showing २१-३० of ५०१ items.
  • सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

    काठमाडौं / नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढाएर ४ हजार ८५५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २११ पटक पढिएको
  • किफायती मूल्यमा ‘नामी भिगो ई–२’ सार्वजनिक, नेपाली ईभी बजारमा नयाँ विकल्प

    काठमाडौं / नेपालका लागि डोङफेङ मोटर ग्रुपको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई–२’ सार्वजनिक गरेको छ। कम्पनीले उक्त गाडीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको जनाएको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा एमएडब्लु समूहका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र डोङफेङका वैदेशिक क्षेत्रीय प्रबन्धक झु क्विङले संयुक्त रूपमा गाडीको अनावरण गरेका हुन्। कम्पनीका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुलमा भएको समायोजनबाट प्राप्त लाभ ग्राहकसम्म पुर्‍याउने उद्देश्यले गाडीको मूल्य प्रतिस्पर्धी राखिएको हो। एमएडब्लुका प्रबन्ध निर्दे

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २१८ पटक पढिएको
  • माघे संक्रान्तिमा प्रदर्शन हुने फिल्म ‘आशा’ को छायांकन सम्पन्न

    काठमाडौं / उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । उनको अनुसार फिल्मको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो ।‘हामी योजना अनुसार नै छायांकन सम्पन्न गरेर पोस्ट प्रोडक्सनको काम जुट्दै छौँ । कलाकार र प्राविधिकहरूको मेहनत र कामको प्रतिफल नै हाम्रो योजना अनुरुप नै सबै काम सम्पन्न भएको छ । हामीले जे सोचेर छायांकनमा निस्किएका थियौँ, त्यो भन्दा राम्रो काम भएको आभाष भएको छ । नेपालीपन बोकेको कथाला

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २२२ पटक पढिएको
  • खुद नाफामा विकास बैंकहरूको उल्लेख्य सुधार, गरिमा शीर्ष स्थानमा

    काठमाडौं / गत आर्थिक वर्ष २०८२ र ८३ मा विकास बैंकहरूको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ।खराब कर्जाको व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्चमा कमी तथा ब्याज, शुल्क र कमिसन आम्दानी बढेसँगै विकास बैंकहरूको खुद नाफामा ठूलो वृद्धि देखिएको हो। १६ वटा विकास बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूले आर्थिक वर्ष २०८२ र ८३ मा कुल ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा यो नाफा ५ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो, जसअनुसार नाफा करिब ६४ प्रतिशतले बढेको छ।नाफाका आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २११ पटक पढिएको
  • विश्व फोटोग्राफी दिवस मनाइँदै

    काठमाडौं / आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ ।एक सय ८५औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १८१ पटक पढिएको
  • खेरजाने तितेपाती अब आम्दानीको स्रोत, तेल उत्पादनको तयारी

    सोलुखुम्बु / गाउँघरका बारी, कान्ला र वन क्षेत्रमा सामान्य रूपमा उम्रिएर उपयोगविहीन हुँदै आएको तितेपाती अब स्थानीय किसानका लागि आम्दानीको नयाँ स्रोत बन्ने भएको छ ।उदयपुरको ताप्ली गाउँपालिकाले तितेपातीलाई व्यावसायिक रूपमा उपयोग गर्ने उद्देश्यले दुई स्थानमा डिस्टिलेसन प्लान्ट स्थापना गरी तेल उत्पादनको प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले वडा नम्बर ४ ठानागाउँ र वडा नम्बर १ जोरढुङ्गामा प्लान्ट स्थापना गरेको हो । ठानागाउँमा स्थापना गरिएको प्लान्टको गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले उद्घाटन गरेका हुन् ।कृषकका बारी तथा आसपासका वन क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएको तितेपाती सङ्कलन गरी प्ला

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २२६ पटक पढिएको
  • आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

    काठमाडौं / आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप चार कम्पनीले अनुमति मागेका छन् । मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । यी चारवटै कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने गरी अनुमति मागेका छन् । कम्पनीहरूले साउन महिनामै आवेदन दिए पनि सेबोनले आफ्नो वेबसाइटमार्फत हालै मात्र यसको जानकारी सार्वजनिक गरेको हो ।मकरीगाड हाइड्रोपावरले २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि साउन २२ गते आवेदन दिएको छ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २३९ पटक पढिएको
  • महंगो बन्यो भान्छा: तरकारीमा २ सय ५३ प्रतिशतसम्मको मूल्यवृद्धि

    काठमाडौं / वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै सार्वजनिक गरेको ‘असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ ले बजारमा उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ । प्रतिवेदनअनुसार गत वैशाख महिनाको तुलनामा असारमा खाद्यान्नदेखि तरकारीसम्मको मूल्यमा तीव्र वृद्धि हुँदा सर्वसाधारणको भान्छा निकै महँगो बनेको छ । विशेषगरी तरकारी बजारमा देखिएको उतारचढाव डरलाग्दो छ । विभागको तथ्याङ्कअनुसार असार महिनामा सानो स्थानीय गोलभेडाको मूल्यमा २ सय ५३ प्रतिशतको वृद्धि देखिएको छ । वैशाखमा सस्तो रहेको गोलभेडा असारसम्म आइपुग्दा प्रतिकिलो ६० रुपैयाँ नाघेको छ । त्यसैगरी, खुर्सानी (बुलेट) को मू

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १७७ पटक पढिएको
  • संचालनमा आयो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन

    काठमाडौँ / काठमाडौँको कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर सञ्चालनमा आएको छ। सेन्टरको सोमबार नायिका रेखा थापाले उद्घाटन गरेकी हुन्। उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नायिका थापाले स्किन केयर तथा वेलनेसका लागि नयाँ र भरपर्दो गन्तव्यको सुरुवात भएको बताइन्। उनले सेन्टरमा रिबन काट्नुका साथै केकसमेत काटेकी थिइन्।सेन्टर सञ्चालनको अवसरमा भदौ महिनाभर विशेष छुटको व्यवस्था गरिएको सञ्चालिका प्रेरणा दाहाल पौडेलले जानकारी दिइन्। मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टरमा छालाको प्रकारअनुसार चिकित्सकीय परामर्श, चायाँ–पोतो, डण्डीफोर, तिलकोठी, मुसा तथा स्किन ट्यागको उपचारलगायतका सेवा उपलब्ध हुने

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १७५ पटक पढिएको
  • सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

    काठमाडौं / सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । ४ प्रतिशत बोनस सेयरबापत बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको सेयर वितरण गर्नेछ । त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १८४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.