काठमाडौँ / काठमाडौँको कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर सञ्चालनमा आएको छ।

सेन्टरको सोमबार नायिका रेखा थापाले उद्घाटन गरेकी हुन्। उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नायिका थापाले स्किन केयर तथा वेलनेसका लागि नयाँ र भरपर्दो गन्तव्यको सुरुवात भएको बताइन्। उनले सेन्टरमा रिबन काट्नुका साथै केकसमेत काटेकी थिइन्।

सेन्टर सञ्चालनको अवसरमा भदौ महिनाभर विशेष छुटको व्यवस्था गरिएको सञ्चालिका प्रेरणा दाहाल पौडेलले जानकारी दिइन्। मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टरमा छालाको प्रकारअनुसार चिकित्सकीय परामर्श, चायाँ–पोतो, डण्डीफोर, तिलकोठी, मुसा तथा स्किन ट्यागको उपचारलगायतका सेवा उपलब्ध हुने डा। स्मृति तिताजुले जानकारी दिइन्।

त्यस्तै, छाला कसिलो बनाउन एचआईएफयू उपचार, शरीरका अनावश्यक रौँ लेजर पद्धतिबाट कम गर्ने सेवा, डण्डीफोरका दाग तथा खाल्डाको उपचार, पञ्चकर्म, अनुहार तथा कपालसम्बन्धी सेवा, तनाव तथा अनिद्रा व्यवस्थापनका लागि शिरोधारा, हाइड्राफेसियल र आयुर्वेदिक फेसियललगायतका सेवा पनि सेन्टरमा उपलब्ध छन्।