आर्थिक

    Showing 721-730 of 3,255 items.
  • गण्डकी प्रदेशले ल्यायो ऐतिहासिक विधेयक: गाँजा खेतीमा कानुनी अनुमति

    काठमाडौं—  गण्डकी प्रदेश सरकारले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने गरी विधेयकको मसौदा तयार पारेको छ। प्रस्तावित प्रावधान अनुसार खेती, प्रशोधन, बिक्री–वितरणदेखि निर्यातसम्मका सम्पूर्ण गतिविधि इजाजतपत्र प्रणालीमार्फत मात्र गर्न सकिनेछ।मसौदामा नेपाली नागरिकलाई मात्र खेतीको अनुमति दिने प्रावधान छ। विदेशी लगानीसहितको व्यवसायमा नेपाली पक्षको न्यूनतम ५१ प्रतिशत स्वामित्व अनिवार्य हुने उल्लेख छ। १८ वर्ष नपुगेका व्यक्तिलाई गाँजा कारोबारमा संलग्न गराएमा अनुमति पत्र सोझै खारेज हुने प्रस्ताव गरिएको छ।उत्पादित गाँजा प्रदेश सरकारको मातहतमा रहने बोर्ड, बोर्डले तोके

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 532 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ पाँच पैसा र बिक्रीदर १८८ रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ६१ पैसा र बिक

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 158 पटक पढिएको
  • मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच खानेपानी समस्या समाधानका विषयमा छलफल

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त टोली भोलि मङ्गलबारदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।उक्त छलफलका क्रममा मन्त्री यादवले खानेपानीको सङ्कट सबैभन

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 262 पटक पढिएको
  • माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

    काठमाडौं— माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ । कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (संखुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०–१० प्रतिशत शेयर छुट्याएर जारी गरिसकेको छ ।प्रति कित्ता १०० रुपैयाँ अंकित आईपीओको लाागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 468 पटक पढिएको
  • बंगलादेशमा नेपाली उत्पादनको चाप: १०३ वस्तु निर्यातको सम्भावना

    काठमाडौं— हालैको एक अध्ययनले नेपालबाट बंगलादेशतर्फ निर्यातका लागि उच्च सम्भावना भएका १०३ उत्पादन पहिचान गरेको छ । जसले दुई छिमेकी मुलुकबीचको व्यापारमा उल्लेखनीय वृद्धिको अवसर देखाएको छ ।साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) ले सार्वजनिक गरेको नेपाल–बंगलादेश व्यापारसम्बन्धी प्रतिवेदनले हार्मोनाइज्ड सिस्टम (एचएस) कोड ६ भएका १०३ प्रकारका वस्तुको बंगलादेश निर्यातको सम्भावना उच्च रहेको उल्लेख गरेको छ ।विस्तृत कार्यविधिको प्रयोग गरी अनुसन्धानकर्ताहरूले ८–अङ्के एचएस कोड स्तरमा १६४ उत्पादनहरू पहिचान गरेका छन्, जुन ६–अङ्के एचएस कोड स्तरमा १०३ उत्पादन बराबर हुन्छन् । तीमध्ये २

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 536 पटक पढिएको
  • ११ सय रुपैयाँ घट्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय र चाँदी १५ रुपैयाँ घटेको छ । मूल्य घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सुन आइतबार प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको थियो । यता आज असली चाँदीको मूल्य प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदी प्रतितोला दुई हजार त

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 519 पटक पढिएको
  • सुप्रिम सहकारी ठगी प्रकरणः रवि लामिछानेले बिगो दाबीबाट छुटकारा र थुनामुक्तिको माग गर्दै निवेदन दर्ता, आज सुनुवाइ हुँदै

    बुटवल— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा आफूलाई बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गर्दै दर्ता गरेको निवेदनमा आज अदालतमा सुनुवाइ हुने भएको छ।लामिछानेले आफूले सहकारीमा भएको रकम हिनामिनाको बिगो बराबरको बैंक ग्यारेन्टी अदालतमा बुझाइसकेको भन्दै उक्त मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न अनुरोध गरेका हुन्।उनले पेस गरेको निवेदनमा बिगो दाबीका रूपमा देखाइएको रकम बराबरको ग्यारेन्टी उपलब्ध गराइ सकेकोले अब आफूविरुद्ध कारबाही अघि बढाउनु नपर्ने दाबी गरिएको छ।सुप्रिम सहकारी प्रकरणमा लामिछानेमाथि समेत संलग्नता रहेको भन्दै पीडितले निरन

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 463 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ७३ पैसा र बिक्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 241 पटक पढिएको
  • गुजरा नगरपालिकामा सामाजिक सुरक्षा र पोषण भत्ता वितरण नहुँदा तालाबन्दी

    रौतहट— रौतहटको गुजरा नगरपालिकामा सामाजिक सुरक्षा तथा बालपोषण भत्ता वितरणमा चरम लापरबाही भएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। लामो समयदेखि लाभग्राहीले पाउनुपर्ने भत्ता नपाउँदा असन्तुष्ट बनेका स्थानीयले आइतबार नगरपालिकाको मूलढोकामा तालाबन्दी गरेका हुन्।नगरपालिकाको सिमरा भवानीपुरस्थित एनआईसी एशिया बैंकले करिब एक वर्षदेखि बालपोषण भत्ता वितरण नगरेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। बैंकले गत असार ११ गते खातामा जम्मा गरिएको सामाजिक सुरक्षा भत्तासमेत वितरण नगरेपछि उनीहरूको दैनिकी प्रभावित बनेको छ।ज्येष्ठ नागरिकहरूले पनि भत्ता नपाएको गुनासो गर्दै कार्यालयमै तालाबन्दी गरेका छन्। गु

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 568 पटक पढिएको
  • नबिल बैंकमा कर्मचारी माग

    काठमाडौं— नबिल बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले गोल्ड टेस्टर पदको लागि कर्मचारी माग गरेको हो।इच्छुकले एसएलसी वा एसइई उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वा ग वर्गको बैंक तथा वित्तीय संस्थामा गोल्ड टेस्टरको रूपमा कम्तीमा ५ वर्षको काम गर्ने अनुभव हुनुपर्छ।३० वर्षभन्दा कम उमेर भएका इच्छुकले भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 559 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा