काठमाडौं— मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घट्दै १ लाख ८४ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले सुनको मूल्य घटेको व्यवसायीहरू बताउँछन् ।

चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ । सोमबार १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।