काठमाडौं— नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। बुधबार सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि भइ तोलाको १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको छ, जुन हिजोको १ हजार ९७० रुपैयाँको तुलनामा १० रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ।