आर्थिक

    Showing ६६१-६७० of ४,५१९ items.
  • सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै

    काठमाडौँ। सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो । अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै रु १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रालयका एक जना वरिष्ठ अधिकारीले राससलाई जानकारी दिएका छन् । सुशासन र

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • २८१ पटक पढिएको
  • आज आगामी आर्थिक वर्षको बजेट

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज (शुक्रबार) बजेट प्रस्तुत गर्दै छ ।दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो । गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याउन लागेको यो पहिलो बजेट हो । चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो ।अर्थमन्त्री वाग्लेले चालु बजेट

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ४७१ पटक पढिएको
  • १५ जेठका दिन सबै भन्सार कार्यालयहरू बन्द गर्न विभागको सर्कुलर

    काठमाडौं— भन्सार विभागले जेठ १५ गते, २०८३ सबै भन्सार कार्यालयहरू बन्द गर्न सर्कुलर जारी गरेको छ । उक्त दिन आगामी आर्थिक वर्ष, २०८३/८४ को बजेट सार्वजननिक हुँदै छ ।कर व्यवस्थापन र जाँचपासमा असर गर्ने भए पनि विभागले सबै भन्सार कार्यालयहरूलाई सो दिन कुनै पनि मालवस्तुको भन्सार जाँचपास नगर्ने भनेको हो ।'अर्थ मन्त्रीज्यूबाट मिति २०८३/२/१५ मा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय र व्ययको विवरण (बजेट) संघीय संसदमा प्रस्तुत हुने भएकोले सो दिन यात्रु जाँचपासबाहेक भन्सार जाँचपासको कार्य बन्द गर्न गराउन हुन तथा मिति २०८३/२/१६ बाट भन्सार जाँचपास गर्दा आर्थिक विधेयक, २०८३ मार्फत भएका परिवर्तन आसिकुडा प्रण

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ५१२ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुनको मूल्य २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्यमा पनि २१५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २१५ रुपैयाँको घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ४९१ पटक पढिएको
  • सुधारिएको मौरी पालनबाट मनग्गे आम्दानी, मुगुका किसान उत्साहित

    मुगु— मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ लिउडी गाँउका ४५ वर्षीय रुप बहादुर सेजुवाल आफ्ना बुबाले गर्दै आएको मौरी पालनमा ब्यवसायलाई निरन्तरता दिइरहेका छन् ।पछिल्लो समयमा सरकारी निकायबाट मौरी पालन सम्बन्धित ज्ञान पाएपछि मुडे घारबाट सुधारिएको घारमा मौरी पालनबाट बार्षिक लाखौं आम्दानी गर्दै आएका छन् ।बिगतका बर्षहरुमा आफ्नै बुबाबाजेले गर्दै आएका सेजुवाल हिजोआज जिल्ला कृषि बिकास कार्यालय मुगुबाट मौरी पालनलाई थप सुधारको लागि केही प्राविधिक ज्ञानसहित आर्थिक अनुदान समेत प्राप्त गरेपछि उत्साहित छन् ।सेजुवाल बिहान सवेरैदेखि बेलुकासम्म मौरी घारमा नै व्यस्त देखिने गरेका छन् । उनी मौरीलाई दाना, घारमा

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ५०२ पटक पढिएको
  • ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

    काठमाडौं— सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक भएको छ ।सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।प्रतिवेदनमा नेपालको संविधानले परिकल्पना गरेको तीनखम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै उल्लेख गरिएको छ ।प्रतिवेदनअनुसार सहकारी संस

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ४८० पटक पढिएको
  • ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १०९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०२ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४६, निषेधित क्षेत्रमा हर्न बजाउने १०३, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ११२, एकतर्फी सडकमा सवारी चलाउने ८५ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२३ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ३२० पटक पढिएको
  • उखु किसानको अनुदान र भुक्तानी रोक्न पाइँदैन, तत्काल भुक्तानी गरः नरेन्द्र साह

    काठमार्डौ— सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य नरेन्द्र साहले संसदमा उखु किसानहरूले भोगिरहेका समस्याबारे आवाज उठाएका छन।सर्लाहीसहित तराई क्षेत्रमा मुख्य नगदे बालीका रूपमा चिनिने उखु अहिले किसानका लागि “उधारो बाली” बन्दै गएको भन्दै उनले किसानका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए। किसानहरूले समयमा उखुको भुक्तानी नपाउनुका साथै सरकारले घोषणा गरेको अनुदान रकमसमेत अझै प्राप्त गर्न नसकेको अवस्था अत्यन्त दुःखद रहेको उनले बताए।उनले आर्थिक वर्ष २०८१/०८२ को बाँकी प्रति क्विन्टल रु. ३५ अनुदान तथा चालु आर्थिक वर्ष २०८२/०८३ को प्रति क्विन्टल रु। ७० अनुदान रकम अविलम्ब किसानलाई उपलब्ध गराउन म

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ५४८ पटक पढिएको
  • आज नेप्से परिसूचक ५ अंकले बढ्यो

    काठमाडौं— धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले बढेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २१ अंकले उकालो लागेर ४७५ दशमलव ५१ मा पुगेको छ ।कारोबार भएकामध्ये १५१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १०५ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।नेप्सेका अनुसार, कूल ३५४ कम्पनीको एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर रु छ अर्ब तीन करोड ६४ हजार ८४० मूल्यमा खरिद बिक्री भएको छ ।कारोबारका आधारमा आँखु खोल

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ६९३ पटक पढिएको
  • नेपालीको प्रतिव्यक्ति आय तीन डलरले घट्यो

    काठमाडौं— चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले देशको अर्थतन्त्रमा एउटा फरक र चिन्ताजनक चित्र प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार यस वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय एक हजार ५१६ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा तीन डलरले घटेर एक हजार ५१३ डलरमा सीमित हुने देखिएको छ । डलरमा आय घट्नुको मुख्य कारण आन्तरिक उत्पादन मात्र नभएर अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ५.७ प्रतिशतले अवमूल्यन हुनु हो, जसका कारण रुपैयाँलाई डलरमा रूपान्तरण गर्दा

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ४१३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.