काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि २१५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २१५ रुपैयाँको घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।