आर्थिक

    Showing 541-550 of 3,252 items.
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आइतबार तोलाको २६ सय २० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 453 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा , स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 230 पटक पढिएको
  • जनकपुरधाम भन्सारमा १३ करोड बढीको क्षति

    जनकपुरधाम— जनकपुरधामस्थित भन्सार कार्यालयमा भएको आगजनी र तोडफोडबाट करिब १३ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। भन्सार प्रमुख मानबहादुर पौडेलले शुक्रबार आयोजित समीक्षा बैठकमा क्षतिको विवरण प्रस्तुत गरेका हुन्।गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीले जनकपुर रेल्वे स्टेशन नजिक रहेको भन्सार कार्यालयमा आगजनी र तोडफोड गरेका थिए। घटनामा कार्यालयका दुई भवन, कर्मचारी आवास, दुई वटा भ्यान, लिलामीका लागि राखिएका ३१५ वटा मोटरसाइकल, एक निजी ट्रक, फर्निचर, कम्प्युटर र प्रिन्टर जलेर नष्ट भएका छन्।पौडेलका अनुसार कर्मचारी निवासमा रहेका लत्ताकपडा, महत्वपूर्ण कागजात र केही रकमसमेत लुटिएक

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 511 पटक पढिएको
  • जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् ।नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिए । “अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन,” मन्त्री घिसिङले भने ।उनले विदेशमा उत्कृष्ट काम गर्ने

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 492 पटक पढिएको
  • कोरला नाकाबाट धमाधम भित्रिँदै विद्युतीय गाडी, ६ दिनमै ३४ करोड राजस्व संकलन

    काठमाडौं— सरकारले मुस्ताङ भन्सार कार्यालय सञ्चालनमा ल्याएको ६ दिनमै सो नाकाबाट २ सय ९ विद्युतीय सवारी साधन र १ सय ७ मालवाहक सवारी साधन भित्रिएका छन्। यस अवधिमा करिब साढे ३४ करोड रुपैयाँ राजस्व पनि संकलन गरिएको छ।०८२ असार २४ गते रसुवा जिल्लामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द भयो। त्यसपछि तातोपानी भन्सारतर्फको कोदारी राजमार्गमा आएको पहिरोले यातायात अवरुद्ध भएपछि सरकारले मुस्ताङ नाका पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो।चीन र नेपालबीचको वैदेशिक व्यापार सहज बनाउन भदौ ३० गतेदेखि मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) पूर्ण रूपमा कामकाजमा आएको हो।अर्थ मन्त्रालयका प्रवक्ता

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 491 पटक पढिएको
  • बैंकिङ प्रणालीमा अधिक तरलता, ७ दिनका लागि ७० अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज असोज ५ गते फेरि बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलक

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 426 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो ।शुक्रबार २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको  २ लाख १७ हजार एक सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । शुक्रबार तोलाको २५ सय ८० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 468 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०२ र

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 148 पटक पढिएको
  • बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र

    मुगु— कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ । अस्पतालको भवन बनेर चार वर्ष बितिसक्दा पनि उपचार सेवा सुरु हुन नसक्दा स्थानीयवासी निराश बनेका छन् ।स्थानीयका अनुसार सामान्य सिटामोलदेखि एक्सरे जस्तो सेवा लिन समेत जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । आर्थिक वर्ष २०७९/८० सालको बजेटमा दुई वटा भवन, हल, कोठा, शौचालय, सोलार बत्ती र ल्याब उपकरण खरिद गरिए पनि हालसम्म डाक्टर, स्वास्थ्यकर्मी र थप औषधिको व्यवस्था नहुँदा सेवा दिनै नसकिएको अस्पताल व्यवस्थापक गंगराज शाहीले बताए ।

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 414 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०२

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 237 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा