आर्थिक

    Showing ५४१-५५० of ४,५१९ items.
  • बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका

    महेन्द्रनगर। यहाँका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक बजेट निर्माणको तयारीमा जुटेका छन् ।सङ्घीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएसँगै कञ्चनपुरका नौवटा पालिकाले पनि वडास्तरबाट योजना छनोट गरी पालिकामा सङ्कलन गरिरहेका छन् । यहाँको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले वडास्तरमा बजेटको सिलिङ पठाएर योजना छनोटको काम अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।“नगरपालिका कार्यालयमा पनि शाखागत रूपमा योजना छनोट लगायतका काम भइरहेका छन्”, उहाँले भन्नुभयो, “तोकिएको समयसीमाभित्र बजेट निर्माणका लागि सक्रियताका साथ लागेका छौँ ।” उहाँले आगामी आवमा कर्मचारीको तलब वृद्धिको व्ययभा

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २४३ पटक पढिएको
  • आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको भन्ने आलोचनाको जवाफ दिँदै वर्तमान आर्थिक अवस्थालाई चलायमान बनाउन मध्यम वर्गको क्रयशक्ति, निजी क्षेत्रको भरोसा र राज्यको खर्च गर्ने क्षमता पुनःस्थापित गर्नु आवश्यक रहेको बताएका छन् ।बिहीबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले गरिब, किसान र श्रमिकका विषयमा पर्याप्त ध्यान नदिएको भन्ने चिन्तालाई गम्भीर रूपमा लिएको बताए । उनले भने, ‘कतै गरिबहरू यस बजेटमा अटेनन् कि, मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो कि र कृषि र श्रमका विषयमा यहाँहरूले उठाउनुभएको चासोलाई मैले अत्यन्त गम्भीरतापूर

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • २२३ पटक पढिएको
  • मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित

    जनकपुर । मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको मधेश प्रदेश सभाको बैठकबाट २०८३।८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । यो संगै मधेश प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । यसअघि विपक्षी दलहरुले विरोध जनाउनका साथै विभिन्न माग राख्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए । पछि सभामुख रामआशिष यादवले डाकेको सर्वदलीय बैठकमा मुख्यमन्त्री कृष्ण यादवले विपक्षी दलले उठाएका प्रश्न एवम मागहरुको सम्बोधन गर्ने आश्वासन दिएपछि प्रदेश सभा बैठक पुनः सुचारु भएको थियो । विहीबार बसेको बैठकमा अर्थमन्त्री भट्टराईले विनियोजन विधेयक २०८३ मा समाव

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • २२५ पटक पढिएको
  • दुर्गम र सीमावर्ती जिल्लालाई बजेटले विभेद गरेको सांसद ठगुन्नाको आरोप

    काठमाडौं । नेकपा एमालेका सांसद गणेश ठगुन्नाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दुर्गम पहाडी तथा हिमाली जिल्लालाई अपेक्षित प्राथमिकता दिन नसकेको बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै ठगुन्नाले बजेट वक्तव्यको सुरुवातमा सामुदायिक र आर्थिक वृद्धि गर्दै देशको समानुपातिक विकास गर्ने लक्ष्य राखिएको उल्लेख गरिएपनि व्यवहारमा त्यसको प्रतिबिम्ब नदेखिएको टिप्पणी गरे ।उनले भने, ‘अर्थमन्त्रीज्यूले जेठ १५ गते सदनमा प्रस्तुत बजेट वक्तव्यमा मेरा केही टिप्पणीहरु छन् । बजेट वक्तव्यको सुरुवातमै समुनायिक, आर्थिक वृद्धि गर्दै देशको समानुपातिक विकास गर्ने सोच बजेट वक्

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • २३४ पटक पढिएको
  • रामेछापका ‘गेम चेन्जर’ आयोजना बजेटमा नपर्दा झस्किएँ सांसद बुढाथोकी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डा।कृष्णहरी बुढाथोकीले आगामी आर्थिक वर्षको बजेटमा रामेछाप जिल्लाका महत्वपूर्ण विकास आयोजना समावेश नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेटमा रामेछापको नाम उल्लेख नभएको विषयमा जिल्लावासीले आफूलाई गुनासो गरेको बताए । उक्त विषयले आफूपनि झस्किएको उल्लेख गर्दै उनले जिल्लाको विकास र समृद्धिका लागि विभिन्न रूपान्तरणकारी गेम चेन्जर आयोजना प्रस्ताव गरेको स्मरण गराए । उनले रामेछापमा प्रशस्त उत्पादन हुने जुनार, सुन्तला, किबीलगायत फलफूलको व्यावसायिक प्रशोधन तथा उत्पादन वृद्धिका लागि फलफूल प्रशोधन केन्द्र स्थापना,

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • २२३ पटक पढिएको
  • परीक्षा हलबाट जफत गरिएका मोबाइल नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं— सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट वाच नष्ट गरिएको घटनालाई लिएर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले परीक्षा केन्द्रमा भेटिएका मोबाइल वा अन्य विद्युतीय उपकरण जफत गरेर नष्ट नगर्न तथा त्यस्ता कार्य तत्काल रोक्न गृहमन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो।यस विषयमा अधिवक्ता अनिलकुमार साहलगायतले सर्वोच्च अदालतमा रिट दायर गर्दै जफत गरिएका मोबाइल कानुनी प्रक्रिया पूरा नगरी नष्ट गरिएको दाबी गरेका थिए। रिटमा परीक्षा समाप्त भएपछि जरिवाना वा अभिभावकको उपस्थितिमा मोबाइल फिर्ता गर्नुपर्ने व

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • ४३४ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं—  नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा  पाँच  हजार १०० र चाँदी रु ९० ले घटेको हो ।आज एक तोला सुनको मूल्य दुई लाख ८६ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । एक तोला चाँदीको मूल्य चार हजार ६५० निर्धारण भएको छ ।हिजो एक तोला सुन दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ७४० मा कारोबार भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • ५८६ पटक पढिएको
  • अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा बढेको छ । अमेरिकी कच्चा तेल र ब्रेन्ट क्रुड दुवैको मूल्य दुई प्रतिशतको हाराहारीमा वृद्धि भएको हो ।न्यूयोर्क मर्केन्टाइल एक्सचेन्जमा जुलाई डेलिभरीका लागि डब्लुटिआई कच्चा तेलको मूल्य प्रतिव्यारेल १८३ अमेरिकी डलर ९२।०७ प्रतिशतले बढेर ९०।०३ डलर पुगेको छ । यस्तै, लन्डनस्थित आईसीई फ्युचर्स एक्सचेन्जमा अगस्ट डेलिभरीका लागि ब्रेन्ट क्रुडको मूल्य १६५ डलर ९१।८० प्रतिशत०ले वृद्धि भई प्रतिव्यारेल ९३।१० डलरमा बन्द भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै ऊर्जा बजारमा थप दबाब सिर्जना हुने विश्लेषण गरिएको छ ।विश्व बजा

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • १७९ पटक पढिएको
  • बजेट कर हेरफेर र भन्सार अनियमितता प्रकरणमा संसदीय छानबिनको माग

    काठमाडौं— बजेटमार्फत करका दर परिवर्तन र भन्सार अनियमितताको विषय सार्वजनिक लेखा समितिमा उठेपछि सांसदहरूले संसदीय तहबाटै उच्चस्तरीय छानबिन गर्न माग गरेका छन्।बिहीबार बसेको समितिको बैठकमा राप्रपाकी सांसद खुस्बु ओली, श्रम संस्कृति पार्टीका सांसद आर्यन राई तथा नेकपाका सांसद महेन्द्र शाहीसहितका सदस्यहरूले संसदीय उपसमिति गठन गरेर घटनाको विस्तृत अनुसन्धान गर्नुपर्ने धारणा राखेका हुन्।बैठकमा सांसद खुस्बु ओलीले ७–८ सिट क्षमताका सवारीसाधनलाई ११ सिटको रूपमा वर्गीकरण गरी कम भन्सार महसुल तिर्ने व्यवस्था मिलाइएको आरोप लगाउँदै यसबाट राज्यले अर्बौं रुपैयाँ राजस्व गुमाएको दाबी गरिन्।उनले भन्सार कार्यालय र याताय

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • ४६६ पटक पढिएको
  • सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन सचिव भुजेल

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताएका छन् ।बहुनियामक व्यवस्थाका कारण सहकारी क्षेत्रमा देखिएको अन्योलता र त्यसको समाधानका उपायबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव भुजेलले सहकारीलाई प्रवद्र्धन गर्नुको विकल्प नभएको उल्लेख गरेका हुन् । उनले सरकारले सहकारी क्षेत्रमा हस्तक्षेप गर्ने नभई सहयोगीको भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘यो सहकारी अर्थतन्त्रको एउटा महत्वपूर्ण अंग हो । यसलाई प्रवद्र्धन गर्नुको कुनै विकल्प छैन । सरकारले सहकारीलाई प्रवद्र्धन गर्

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • ३४१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.