काठमाडौं— नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार १०० र चाँदी रु ९० ले घटेको हो ।
आज एक तोला सुनको मूल्य दुई लाख ८६ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । एक तोला चाँदीको मूल्य चार हजार ६५० निर्धारण भएको छ ।
हिजो एक तोला सुन दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ७४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




































