आर्थिक

    Showing ३१-४० of ४,५१९ items.
  • ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग, बाढी प्रभावितको उद्धार र पुनर्निर्माणमा सहयोग

    काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।बैंकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। बैंकका अनुसार सहयोग रकम बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई राहत सामग्री तथा अस्थायी आवासको व्यवस्था, साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा उपयोग गरिनेछ।भोटेकोशीको बाढीका कारण दर्जन

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २३८ पटक पढिएको
  • उद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल र पक्ष एक ठाउँमा आएर समाधानका लागि अघि बढ्नुपर्ने बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आयोजना गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री डा।वाग्लेले बैठकमा प्रमुख दलका अध्यक्ष, सभापति तथा अन्य नेताहरू सहभागी भएको जानकारी दिए ।राष्ट्रिय संकटका घडीमा सबै दल र पक्ष एक ठाउँमा आएर समाधान दिने राजनीतिक चरित्र विकास हुँदै गएको उनले बताए ।बैठकमा नेपाल सरकारका तर्फबाट आफू र गृहमन्त्री सहभागी भएर सबै दलका नेताहरूसँग छलफल गरेको उनले जानकारी दिए । उद्धार र राहतपछि प्रारम्भिक पुनरुत्थान तथा त्यस

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १७० पटक पढिएको
  • बाढीमा दुई खर्बको पूर्वाधार स्वाहा !

    काठमाडौं / रसुवाको भोटेकोशीबाट बुधबार बिहान आएको भीषण बाढीले रसुवादेखि नुवाकोट, धादिङ र चितवनसम्मका पूर्वाधारमा करिब दुई खर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक जानकारी सरकारले पाएको छ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार बाढीले सडक र पुलसँगै जलविद्युत् आयोजना, भन्सार तथा अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको छ। क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ। प्रारम्भिक विवरणअनुसार रसुवामा मात्रै १२ जलविद्युत् आयोजना प्रभावित भएका छन् भने रसुवा भन्सारको संरचनामा समेत ठूलो क्षति पुगेको छ। बाढीले बैंकका शाखा र पक्की पुलमा समेत क्षति पुर्‍याएको विवरण सार्वजनिक भएको छ।उता त्रि

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २८७ पटक पढिएको
  • रिसाङका पहिरो प्रभावित ८८ घरधुरीलाई राहत सामग्री वितरण

    जाजरकोट / यही साउन ३० गते भएको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङका विभिन्न गाउँमा गएको पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।पहिरोमा परी चार जनाको दुःखद निधन भएको थियो भने तीन जना गम्भीर घाइतेको नेपालगन्ज र काठमाडौंमा उपचार भइरहेको छ । पहिरो तथा जमिन भासिने क्रमका कारण चौपाया र बालीनालीमा समेत व्यापक क्षति पुगेको छ । पहिरोका कारण प्रभावित क्षेत्रका घरआँगनमा समेत बस्न नसक्ने अवस्था सिर्जना भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट गएको भूगर्भविद्सहितको अध्ययन टोलीले समेत पहिरो प्रभावित क्षेत्र मानव बसोबासका लागि जोखिमयुक्त रहेको जानकारी

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १७८ पटक पढिएको
  • गण्डकीमा २५ करोड लागतमा संसद् भवन बन्दै: वर्तमान सांसदले पाउँदैननन् आफ्नै भवनमा बैठक बस्न

    पोखरा । गण्डकी प्रदेश सभाका लागि २५ करोडभन्दा बढी लागतमा निर्माण भइरहेको नयाँ भवनको काम धमाधम अघि बढिरहेको छ। पोखरा महानगरपालिका–३, नदीपुरमा ७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको भवनमा अहिले मुख्य संरचनाको काम भइरहेको छ।भवन निर्माणका लागि सहरी विकास तथा भवन कार्यालय कास्की र श्रेष्ठ एन्ड सन्स–इस्ट वेस्ट जेभीबीच भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा सम्झौता भएको हो। सम्झौताअनुसार भवन २०८४ माघ १७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ।तर रोचक पक्ष के छ भने नयाँ भवन तयार हुँदा अहिलेका प्रदेश सांसदहरूको कार्यकाल सकिइसकेको हुनेछ। हालका सांसदहरूको कार्यकाल २०८४ मंसिरमा सकिने भएकाले निर्माण स

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १४५ पटक पढिएको
  • सेयर बजार राताम्मे, कारोबारमा भने चमक : ४ अर्ब १० करोडको किनबेच

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य बढेको छ। नेप्से परिसूचक ५.३० अंक घटेर २ हजार ५९४ अंकमा झरेको छ भने कारोबार रकम ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन नेप्से १९.१३ अंक घट्दा कारोबार ३ अर्ब २३ करोडमा सीमित थियो। बजारमा बिक्री चाप देखिए पनि कारोबार बढ्नुले लगानीकर्ताबीच सेयर किनबेचको गतिविधि बढेको संकेत गरेको छ। मंगलबार ७८ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीको घटेको र १२ कम्पनीको मूल्य स्थिर रहेको छ।समग्र बजार राताम्मे हुँदा विकास बैंक र निर्जीवन बीमा समूह भने हरियो देखिए। विकास बैंक समूह ०.०८ प्रतिशत र निर्जीवन बीमा ०.३६ प्रतिशत ब

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १४२ पटक पढिएको
  • आयात बढेको होइन, सामान महँगिएको हो : साउनमा १ खर्ब ८७ अर्ब बाहिरिँदा यस्तो छ वास्तविकता

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको आयात १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको साउनको तुलनामा आयात ३१.०४ प्रतिशतले बढेको हो।तर आयातको यो वृद्धि बजारमा वस्तुको खपत अस्वाभाविक रूपमा बढेको कारण मात्रै भएको देखिँदैन। प्रमुख वस्तुहरूको परिमाण र आयात रकम हेर्दा कतिपय सामान कम परिमाणमा भित्रिए पनि मूल्य बढेका कारण नेपालबाट बाहिरिने रकम बढेको देखिन्छ।साउनमा सबैभन्दा धेरै रकमको आयात कच्चा सोयाबिन तेलको भएको छ। यसको आयातमा १८ अर्ब ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। त्यसपछि डिजेलमा १३ अर्ब ८५ करोड र खाना पकाउने एलपीजी ग्यासमा ८ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ।इन

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २४३ पटक पढिएको
  • सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा

    काठमाडौं / सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।बोनस शेयरको मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर हुनेछ । उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । लाभांश प्रस्ताव अनुमोदन गर्न कम्पनीले असोज १ गते बिहान ११ बजे काठमाडौंस्थित होटल इम्पेरियल मा १७

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २२५ पटक पढिएको
  • सुन–चाँदीको मूल्य घट्यो-कतिमा भइरहेछ कारोवार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ थियो ।त्यस्तै, तेजाबी सुनको मूल्य पनि सोही अनुपातमा घटेको छ । मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार २ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ ह

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १७१ पटक पढिएको
  • बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने

    काठमाडौं / बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गर्न लागेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो निष्काशन छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गतेसम्म बन्द हुने तालिका रहेको छ । कम्पनीले सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २२८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.