आर्थिक

    Showing 3,911-3,920 of 4,335 items.
  • मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँच जनाविरुद्ध मुद्दा दर्ता

    उदयपुर / उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तत्कालीन गाविस सचिवहरूले मृत्यु दर्ता भएपश्चात् मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नु

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 269 पटक पढिएको
  • बीरगञ्ज भन्सारमा दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

    वीरगञ्ज  / मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म कूल ४० अर्ब ६५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो ।कार्यालयका अनुसार चालु आवमा एक खर्ब ९८ करोड १८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा हालसम्म वार्षिक लक्ष्यको २० दशमलव पाँच प्रतिशत लक्ष्य पूरा भएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । चालु आवको गत साउन र भदौ गरी दुई महिनामा २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार रुपै

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 146 पटक पढिएको
  • सुनको मूल्य तीन सयले घट्यो

    काठमाडौँ /  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन सोमबार प्रतितोला ८८ हजार ८५० मा कारोबार भएको थियो ।महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला पाँचले घटेको छ । सोमबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १५५ तोकिएको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी का

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 142 पटक पढिएको
  • सुख्खा बन्दरगाह वीरगञ्जले गर्यो दुई महिनामा आठ अर्ब राजस्व संकलन 

    वीरगञ्ज / सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पर्साको सिरिसियामा रहेको यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्री भित्रिन्छ । यहाँ एकपटकमा ९० वटासम्म कन्टेनरमार्फत विविध सामग्री नेपालमा आउने गर्दछ । गत साउन र भदौमा कूल रु सात अर्ब सात करोड ५३ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । त्यसमा लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि भई कूल रु आठ अर्ब ५५ करोड ८१ लाख राजस्व सङ्कलन भएको छ । लामो समयको कोभिड–१९ को असह

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 134 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

     बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकिएको छ  । तेजाबी सुन आइतबार प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी  आज प्रतितोला रु एक हजार १६० तोकिएको हो

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 179 पटक पढिएको
  • राष्ट्रियसभा : बजेट सम्बन्धी दुई विधेयक पारित

    काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गरेका थिए । छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको हो । राष्ट्रियसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले उभिएर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोही पार्टीका सांसद पर्शुराम मेघी गुरुङलाई बोल्न समय दिएका थिए ।सांसद गुरुङले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 123 पटक पढिएको
  • उद्योग सङ्गठन मोरङद्वारा औद्योगिक सर्वेक्षण

    विराटनगर / उद्योग सङ्गठनले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण– २०७८ सुरुआत गरेको छ । सबै औद्योगिक प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरी ‘डाटाबेस’ तयार गर्ने लक्ष्यका आइतबारदेखि सर्वेक्षण सुरु भएको हो ।सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले एक पटक तथ्याङ्क सङ्कलन तयार गरेपछि नियमितरुपमा अद्यावधिक गरिने योजना रहेको जानकारी दिए । सङ्गठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी सङ्गठनका सदस्य औद्योगिक प्रतिष्ठानको सबै र बाँकी अन्य उद्योगको समेत तथ्याङ्क सङ्कलन गरिने कार्यक्रम रहेको सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले बताए । उनका अनुसार उद्योगका विविध आय

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 165 पटक पढिएको
  • विराटनगरका व्यवसायीमाथि युवकले गरे खुकुरी प्रहार

    बिर्तामोड / विराटनगरका इटा व्यावसायीमाथि एक युवकले खुकुरी प्रहार गरेका छन् । व्यवसायी काभ्रेका कमानसिंह लामामाथि उनकै पार्टनर विराटनगर –६ का २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।पार्टनरसिपको विवाद चर्किँदै गएपछि कार्कीले लामामाथि आइतबार दिउँसो सावा १ बजे उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरेका थिए ।  कार्कीको खुकुरी प्रहारबाट गम्भिर घाइते भएका लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले जानकारी दिए । खुकुरी प्रहार गर्ने कार्कीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । 

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 151 पटक पढिएको
  • आज सुनको मूल्य स्थिर

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार रु ८९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला रु ८८ हजार ५५०मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा रु १० ले घटेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएकामा आज रु एक हजार १५० तोकिएको हो । अन्तर्रा

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 154 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.