आर्थिक

    Showing ३८१-३९० of ४,५१९ items.
  • ओरालो लाग्यो नेप्से

     काठमाडौं— धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अंकले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको छ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५५ अंकले ओरालो लागेर ४५७ दशमलव ६८ मा पुगेको छ।कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता शेयर तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ।कारोबारका आधारमा ग्लोबल आईएमई बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ। यस्तै, ग्लोबल आईएमई बैंकको डिवेञ्चर, २०८४/८५,नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल

    • प्रकाशित मितिः असार १२, २०८३
    • ४९८ पटक पढिएको
  • ऊर्जा निर्यातमा भारतीय अवरोध, नेपालको २० मेगावाट बिजुली योजना अनिश्चित

    काठमाडौं। नेपालले बंगलादेशमा थप २० मेगावाट बिजुली निर्यात गर्ने तयारी अन्तिम चरणमा पुगेकै बेला भारतले प्राविधिक कारण देखाउँदै अनुमति रोकेको छ। नेपाल र बंगलादेश सहमतिमा भए पनि भारतीय प्रसारण लाइनमै निर्भर रहँदा ऊर्जा व्यापार फेरि भारतको निर्णयमा अड्किएको छ।नेपालको जलविद्युत् उत्पादन बढ्दै गएसँगै निर्यात बजार विस्तारको प्रयास पनि भइरहेको छ। हाल ४० मेगावाट बिजुली बंगलादेश निर्यात भइरहेको छ भने थप २० मेगावाट पठाउने सहमति भइसकेको थियो। तर भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रसारण लाइनमा पर्याप्त क्षमता नभएको भन्दै अनुमति दिएको छैन।नेपाल विद्युत् प्राधिकरणले भने आवश्यक निर्णय भए अहिलेको संरचनाबा

    • प्रकाशित मितिः असार १२, २०८३
    • १६५ पटक पढिएको
  • भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

    काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा हालै गएको शक्तिशाली दुईवटा भूकम्पपछि मृत्यु हुनेको संख्या २३५ पुगेको छ भने ४ हजार ३०० भन्दा बढी मानिस घाइते भएका छन् ।भेनेजुएलाकी स्वास्थ्यमन्त्री कारिका अल्भाराडोका अनुसार अधिकांश घाइते सामान्य अवस्थाका भए पनि धेरै गम्भीर घाइतेको शल्यक्रिया गर्नुपरेको छ । उनले अस्पतालमा ल्याइएका २३५ जनालाई मृत घोषणा गरिएको जानकारी दिइन् । भूकम्पका कारण राजधानी काराकाससहित ला गुआइरा, काराबाल्लेडा, भार्गासलगायतका क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । हजारौं भवन भत्किएका छन् भने सडक, पुल र अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ । यसबीच प्रभावित क्षेत्रमा राहत तथ

    • प्रकाशित मितिः असार १२, २०८३
    • २०८ पटक पढिएको
  • सुनको मूल्य बढ्दा चाँदी घट्यो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।बिहीबार २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार ४ हजार २३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा कारोवार भैइरहेको छ ।

    • प्रकाशित मितिः असार १२, २०८३
    • १६० पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ७० पैसा र बिक्रीदर १९९ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९० पै

    • प्रकाशित मितिः असार १२, २०८३
    • २७२ पटक पढिएको
  • असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

    काठमाडौं । नेपाल डेरी एसोसिएसनले राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव २०८३ को अवसरमा दही–चिउरा प्रवद्र्धन तथा उपभोग कार्यक्रममा देशभर करिब ७५ लाख लिटर दही खपत हुने तथा एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ ।एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ नेपाली कृषि, संस्कृति, परम्परा, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा जोडिएको पर्व भएको बताउँदै धान उत्पादन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले धान रोपाइँसँगै दही–चिउरा खाने परम्पराले नेपाली समाजको मौलिक संस्कृति, सामाजिक एकता र जीवनशैलीलाई पुस्तौंदेखि निरन्तरता दिँदै आएको बताए । उनले

    • प्रकाशित मितिः असार ११, २०८३
    • ४०७ पटक पढिएको
  • बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट: कुन पालिकाको बजेट कति?

    बाजुुरा । बाजुराका ९ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन ।आगामी आर्थिक बर्ष २०८३ र ८४ का लागि ९ बटै स्थानीय तहले बजेट ल्याएका हुन् । ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको बाजुरा जिल्लामा सबै पालिकाले जनमुखी बटेज ल्याएका छन् । सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै ५१ करोड ६९ लाख १९ हजारको बजेट ल्याएको छ । नगरपालिकाले ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार समृद्ध बडिमालिकाको प्रमुख आधार’ भन्ने मुल नारा सहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३।८४ का लागि कुल ५६ करोड ५७ ल

    • प्रकाशित मितिः असार ११, २०८३
    • २१५ पटक पढिएको
  • बर्ड फ्लुको कहर : ११ जिल्लामा फैलियो संक्रमण, ५ लाखभन्दा बढी कुखुरा नष्ट

    काठमाडौं । देशका ११ जिल्लामा बर्ड फ्लु संक्रमण फैलिएपछि कुखुरापालन क्षेत्र संकटमा परेको छ। संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजारभन्दा बढी कुखुरा, करिब १० लाख अण्डा र ठूलो परिमाणमा दाना नष्ट गरिएको छ। पशु सेवा विभागका अनुसार झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा गरिएको परीक्षणबाट एच–फाइभ एन–वान, एच–नाइन एन–टु तथा न्युक्यासल रोगका भाइरस सक्रिय रहेको पाइएको छ।संक्रमण फैलिएसँगै उपभोक्तामा कुखुराको मासु र अण्डा सेवनबारे अन्योल बढेको छ। तर विभागका पशु चिकित्सक डा। मुकुल उपाध्यायका अनुसार राम्ररी पकाइएको

    • प्रकाशित मितिः असार ११, २०८३
    • २३४ पटक पढिएको
  • नेपालको ऊर्जा क्षेत्रमा विश्वको नजर, प्रसारणलाइन बनाउन विदेशी कम्पनीको होडबाजी

    काठमाडौं । नेपालको विद्युत् प्रसारण पूर्वाधार निर्माणमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले चार वटा प्रसारणलाइन परियोजनाका लागि निजी तथा विदेशी कम्पनीलाई प्रतिस्पर्धामा उतारेपछि भारत, चीन र अमेरिकाका कम्पनीहरू एउटै दौडमा उत्रिएका छन्।प्राधिकरणले ट्यारिफ बेस्ड कम्पिटिटिभ बिडिङ ९टीबीसीबी० मोडलमार्फत प्रसारणलाइन निर्माण, सञ्चालन र हस्तान्तरणका लागि आशयपत्र मागेको थियो। जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १८ कम्पनीले आवेदन दिएका छन्।प्रतिस्पर्धामा भारतको पावर ग्रिड कर्पोरेसन, अशोका बिल्डकन र मेघा इन्जिनियरिङ, चीनका टीबीईए तथा चाइना नेशनल मेसिनरी इम्पोर

    • प्रकाशित मितिः असार ११, २०८३
    • १८१ पटक पढिएको
  • भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

    काठमाडौं । भेनेजुएलाको राजधानी काराकास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार शक्तिशाली दुईवटा भूकम्प आएपछि विभिन्न देशका नेताहरूले मानवीय सहायता, उद्धार टोली तथा स्वास्थ्यकर्मी पठाउने घोषणा गरेका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको प्रतिबद्धता जनाउने विश्व नेताहरूलाई धन्यवाद व्यक्त गरेकी छन् । भूकम्पका कारण भवनहरू भत्किनुका साथै विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रस्ताव आएको हो ।उद्धार तथा राहत कार्य जारी रहेका बेला ल्याटिन अमेरिकी देशहरू लगायत अन्य मुलुकहरूले पनि सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । मेक्सिकोकी राष्ट्

    • प्रकाशित मितिः असार ११, २०८३
    • २६७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.