आर्थिक

    Showing 3,011-3,020 of 4,329 items.
  • आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने

    काठमाडौं : इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ। आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाइ इन्धनको मूूल्य घटेर आएको हो। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपैयाँ ४० पैसा र हवाइ इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ।यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन/तीन रुपैयाँ बढाएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइ

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 234 पटक पढिएको
  • नेपाली बजारमा आज सुनको मूल्य

    काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।  आज सुनको मूल्य प्रति तोला ६ सयले घटेर छापावाल सुन १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।बुधबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 178 पटक पढिएको
  • सुन चाँदीको भाउ

    काठमाण्डाै – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँ  घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ३ हजार ६ सय रुपैँया तोकिएको छ । यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 285 पटक पढिएको
  • दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन

    बिर्तामोड । झापाको बिर्तामोड ४ मा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन गरिएको छ ।अटिजम बाट पिडित नानिबाबुहरुको उपचार तथा सिकाइ गराउने उद्देश्यले स्थापना भएको सेन्टरको सोमबार एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाइले गर्नुभयो ।स्मरण शक्ति कम भएका, ढिलो बोल्ने, बोली नफुटेका, अरु मानिस सग घुल्मेल गर्न नचाहने, कान राम्रो सँग नसुन्ने, एकोहोरो, उमेर बढ्दै गएपनी केटाकेटी पन भएका मानिस वा नानिबाबुहरुलाई उपचार सँगै सिकाइने संस्थापक हरिकुमार खनालले बताउनुभयो ।करिब २५ लाखको लगानीमा डा.राजु प्रसाद यादव र हरिकुमार खनाल खोल्नुभएको संस्थामा पचास ज

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 456 पटक पढिएको
  • सुनको भाउ आज

    काठकाण्डाै - सुनको भाउ आज सामान्य घटेको छ ।तोलामा आज दुई सय रुपैयाँले घटेर सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको भाउ भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीकाे भाउ हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ९५ रुपैयाँ रहेको छ । 

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 230 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य

    काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मुल्य एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन सोही मूल्यमा कारोबार भएको थियो ।आज तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 164 पटक पढिएको
  • बैंक विरुद्ध आन्दोलनको तयारी

    बिर्तामाेड । बैंकहरूले बढाएको ब्याजदर र उनीहरुले उद्यम व्यवसायका निम्ती कर्जा लिएका ऋणीहरुमाथि गरेको ज्यादतीविरुद्ध फागुन ५ गते शुक्रबार आन्दोलनको तयारी गरिएको छ । उद्योगी व्यवसायीहरूले बैंकहरुको ज्यादती सहन नसकेर सरकारलाई दबाब दिनका लागि सडक आन्दोलन गर्ने भएका हुन् ।  आफ्नो ब्यापार ब्यवसाय जोगाउनका बैंक तथा बित्तिय संस्थाले नदिएको भन्दै  सडक आन्दोलन गर्न बाध्य हुनु परेको संयुक्त मूल संघर्ष समितिका संयोजक  नरेश कटुवालले बताए । बैंकहरुले बढाएको चर्को ब्याजदरका कारण व्यवसायिहरु व्यवसायनै छोड्ने स्थितीमा पुगेको उनले बताए । उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहर

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 872 पटक पढिएको
  • आज सुनको मुल्य

    काठमाडौं : नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ।  आज सुन प्रतितोला चार सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको नेपाल सनु चाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन प्रतितोला एक लाख चार हजारमा कारोबार भइरहेको छ। अघिल्लो दिन एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी अघिल्लो कारोबार दिनमा प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला चार सय रुपैयाँले बढ्दै एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।पाँच रुपैयाँले बढेको चाँदीको भाउ नेपाली बजारमा आइतबार प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम छ।

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 156 पटक पढिएको
  • अब सहकारीलाइ राष्ट्र बैंकले नियमन गर्ने

    प्रदेश ब्युरो । बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ। शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गरेर यस्तो व्यवस्था ल्याउनुपर्ने प्रस्ताव गरेको छ।‘२५ करोडभन्दा बढी शेयर पूँजी भएका वा वार्षिक ५० करोडभन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सहकारी सम्बन्धी प्रचलित कानूनको समेत अधिकार प्रयोग गरी नियमन, निरीक्षण तथा सुपरीवेक्षणको काम नेपाल राष्ट्र बैंकले गर्

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 770 पटक पढिएको
  • साना व्यवसायीलाई राष्ट्र बैंकले सम्बोधन गर्यो

    झापा : नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिर्क समिक्षामार्फत नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको हो । जसअनुसार २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोड रुपैयाँसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ । यसबाट साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरुलाई सहज हुने भएको छ । उनीहरुको उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा यो सुविधा दिइएको हो ।

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 291 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.