बिर्तामोड । झापाको बिर्तामोड ४ मा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन गरिएको छ ।

अटिजम बाट पिडित नानिबाबुहरुको उपचार तथा सिकाइ गराउने उद्देश्यले स्थापना भएको सेन्टरको सोमबार एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाइले गर्नुभयो ।

OM Sai Pathibhara Hospital

स्मरण शक्ति कम भएका, ढिलो बोल्ने, बोली नफुटेका, अरु मानिस सग घुल्मेल गर्न नचाहने, कान राम्रो सँग नसुन्ने, एकोहोरो, उमेर बढ्दै गएपनी केटाकेटी पन भएका मानिस वा नानिबाबुहरुलाई उपचार सँगै सिकाइने संस्थापक हरिकुमार खनालले बताउनुभयो ।

करिब २५ लाखको लगानीमा डा.राजु प्रसाद यादव र हरिकुमार खनाल खोल्नुभएको संस्थामा पचास जना बिध्यार्थीको क्षमता रहेको खनालको भनाइ छ ।

यस अघि इटहरी,धरान, काठमान्डौ मा मात्र रहेका यस्ता सेन्टर बिर्तामोडमा पनि आवस्यक रहेको महसुस गरि स्थापना गरिएको र यहयहाँ डाक्टरको प्रत्यक्ष निग्रानि रहने बताइएको छ ।