आर्थिक

    Showing 251-260 of 3,248 items.
  • सालपा विकास बैंकको आईपीओ मंसिर २५ देखि निष्कासन हुँदै

    काठमाडौं— सालपा विकास बैंकले आगामी मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गर्ने भएको छ । बैंकले सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर विदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीहरूका लागि आरक्षित गरी सार्वजनिक गर्ने तयारी गरेको हो ।बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको आईपीओ जारी गर्ने अनुमति प्राप्त गरेको छ ।यसमध्ये ५ प्रतिशत (८६ हजार १९४ कित्ता) सामूहिक लगानी कोषका लागि, ०.५ प्रतिश

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 356 पटक पढिएको
  • सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनका लागि पुस २७ गते साधारण सभा बोलायो

    काठमाडौं— सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २७ गते साधारण सभा आह्वान गरेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा गर्ने निर्णय गरेको हो ।सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने, आईपीओबाट जुट्ने सेयर पूँजीको प्रयोजन तोक्ने तथा नियामक निकायले आवश्यक परेमा संशोधन गर्न निर्देशन दिएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।त्यसैगरी, कम्पनी तथा यसको सहायक कम्पनीहरू हिलसाइड भिलेज रिसोर्ट, ऋषि कालदेवल पर्यटन कम्पनी

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 351 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकको लचिलो मौद्रिक नीति

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको हो ।मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको पछिल्लो अवस्था र वित्तीय क्षेत्र लगायत अर्थतन्त्रको उपर्युक्त परिदृश्यको आधारमा मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिई विभिन्न ९ वटा नियामकीय व्यवस्थामा परिमार्जन गरिएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले स्थायी तरलता सुविधा र नीतिगत दरलाई घटाएको छ । ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्र

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 171 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ १६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ १३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 157 पटक पढिएको
  • नेप्से ४.२८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

    काठमाडौं— साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ ।आइतबार ७ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन कुल ३२५ स्टकको ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको श

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 402 पटक पढिएको
  • तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

    जुम्ला— जुम्लाको तिला गाउँपालिकाले एक वर्षमा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ ।गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८१/८२को आम्दानी तथा खर्च सार्वजनिक गरेको हो ।प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार गाउँपालिकाले सो आवमा अनुमानित कूल बजेट ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ ल्याएकोमध्ये चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ १७ करोड ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।बजेट खर्चको उक्त आवमा समग्र प्रगति चालुतर्फ २९ करोड ४१ लाख १७ हजार अर्थात् ८७ दशमलव ७५ प्रतिशत खर्च भएको छ ।पुँजीगततर्फ १४ करोड ५५ लाख ७९ हजार अर्थात् ८२ दशमलव १ प्र

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 388 पटक पढिएको
  • जेनजी सरकारले पनि हाम्रा माग पूरा गरेनस् सहकारी पीडित

    काठमाडौं— सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् ।मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए ।उनले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरे । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाई छ । सञ्चालक फरार भएपछि विगत ३ वर्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 390 पटक पढिएको
  • पर्यटन व्यावसायीकरणका लागि विश्वव्यापी मापदण्ड अपनाउन आग्रह

    काठमाडौं— नेपालमा पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन विश्वव्यापी मापदण्डहरूको अवलम्बन अनिवार्य भएको एक कार्यक्रममा वक्ताहरूले बताएका छन्।कार्यक्रममा बोल्ने वक्ताहरूमध्ये पर्यटन विज्ञ तथा उद्योगीहरूले पर्यटन सेवा–सुविधालाई गुणस्तरीय बनाउने, पेशागत तालिमको विस्तार गर्ने र अन्तर्राष्ट्रिय मापदण्डअनुसारका संरचनाहरू विकास गर्नुपर्ने आवश्यकता औंल्याए।उनीहरूले नेपालले प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण विशाल पर्यटन सम्भावना बोकेको भए पनि सेवाको गुणस्तर, पूर्वाधार र व्यवस्थापनमा अझ सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका छन।कार्यक्रममा सहभागीहरूले पर्यटकम

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 353 पटक पढिएको
  • मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

    काठमाडौं— बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पु¥याउने निर्णय गरेको हो ।यसैगरी, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि ठूलो परिमाणमा परिमार्जन गरिएको छ । पहिले ७ लाखबाट सीमित गरिएको यो सीमा अब वृद्धि भई १५ लाख कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले दुई वर्षअघि कसिलो मौद्रिक नीति अपनाउने क्रममा ओभरड्राफ्ट कर्जा तथ

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 364 पटक पढिएको
  • नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने

    काठमाडौं— सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता  सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.ली.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले  संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका हुन् ।  मनाङ्स्थित  नार्पा भुमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो । आयोजनाको प्रबद्र्धक कम्पनि नारखोला हाइड्रो इनर्जी प्रा.लि.

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 376 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा