आर्थिक

    Showing २५१-२६० of ४,५१९ items.
  • सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

    काठमाडौं / नेपाल धितोपत्र बोर्ड सेबोनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा व्यापक सुधारको योजना अघि सारेको छ ।बोर्डले सार्वजनिक गरेको प्रेस नोटअनुसार आगामी वर्ष लगानीकर्ताको सुरक्षा, बजारको आधुनिकीकरण र कारोबार लागतमा कमी ल्याउने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत प्रवाह हुने अनधिकृत लगानी परामर्श, ‘फिनइन्फ्लुएन्सर्स’का गतिविधि र भ्रामक प्रचारप्रसारबाट हुन सक्ने वित्तीय ठगी नियन्त्रण गर्न बोर्डले प्रभावकारी नियामक निगरानी बढाउने भएको छ ।धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझमा अन्तर

    • प्रकाशित मितिः असार ३१, २०८३
    • २५९ पटक पढिएको
  • उपभोक्ताले आजदेखि भरी सिलिन्डर ग्यास पाउने

    काठमाडौं— उपभोक्ताले आज (बुधबार) देखि खाना पकाउने भरी सिलिन्डर ग्यास किन्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि साबिककै १४.२ केजी ग्यास भरेर बजारमा पठाउने जनाएको हो।इरान–अमेरिकारइजरायल युद्ध चर्किंदै जाँदा विश्वभर पेट्रोलियम पदार्थको संकट उत्पन्न भएपछि सरकारले २९ फागुनदेखि आधा सिलिन्डर ग्यास (७.१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो। युद्धको अनिश्चितताका कारण उपभोक्ताहरूले अस्वाभाविक रूपमा ग्यास भण्डारण गर्न थालेपछि निगमले सबैलाई ग्यास पुर्‍याउने उद्देश्यले आधा सिलिन्डर ग्यास बिक्री वितरणको नीति लिएको थियो।निगमको यो नीतिले उपभोक्ताको माग सम्बोधन गर्न

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ४७८ पटक पढिएको
  • स्थानीय उत्पादनको प्रयोग बढाउन कोशी सरकारको नयाँ अभियान, कर्मचारीलाई ढाका–खादी अनिवार्य

    विराटनगर— कोशी प्रदेश सरकारले स्थानीय उत्पादनको बजारीकरण र स्वदेशी उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीलाई स्थानीय कपडाबाट बनेको पोशाक अनिवार्य रूपमा लगाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।आर्थिक वर्ष २०८२/८३ देखि लागू गरिएको व्यवस्थाअनुसार प्रदेशमै उत्पादन भएका ढाका, खादी (खाँडी), अल्लोलगायत स्थानीय कपडाबाट तयार गरिएको अफिस पोशाक बुधबार र शुक्रबार अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यससम्बन्धी निर्णय कार्यान्वयनमा ल्याएको हो ।निर्णयअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले बुधबारदेखि स्थानीय उत्पादनबाट बन

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ४७५ पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०९ रुपैय

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ४४४ पटक पढिएको
  • २२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

    काठमाडौं । उखु किसानलाई २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम नतिरेर आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा शैलेन्द्र गुप्ता र विनोद साह कलवार रहेका छन्। किसानको लामो समयदेखिको बक्यौता नतिरी फरार रहेको आरोपपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।प्रहरीले दुवैविरुद्ध आपराधिक लाभ ९क्रिमिनल बेनिफिट० सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। उखु किसानको भुक्तानी विवादमा भएको यो पक्राउलाई सरकारले कानुनी कारबाहीको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। 

    • प्रकाशित मितिः असार ३०, २०८३
    • ११८ पटक पढिएको
  • करार कर्मचारी हटाउने सरकारी तयारीका विरुद्ध अर्थमन्त्रालयको गेटमा धर्ना

    काठमाडौं । करार कर्मचारी हटाएर आउटसोर्सिङ प्रणालीमार्फत नयाँ जनशक्ति भित्र्याउने सरकारी तयारीविरुद्ध देशभरका १८ मन्त्रालयमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन्। मंगलबार उनीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य गेटमै धर्ना दिँदै प्रस्तावित निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।आन्दोलनरत कर्मचारीले सरकारले आउटसोर्सिङ लागू गरे हजारौं करार कर्मचारीको रोजगारी संकटमा पर्ने दाबी गरेका छन्। वर्षौंदेखि सेवा दिँदै आएका कर्मचारीलाई विस्थापित गर्ने निर्णय अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ।उनीहरूले आफ्नो सेवाको सुनिश्चितता गर्न, करार कर्मचारीको भविष्य सुरक्षित बनाउन तथा आउटसोर्सिङमा

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २४८ पटक पढिएको
  • ३० अंकको झट्कापछि हरियो बन्यो सेयर बजार, कारोबार ३ महिनायताकै उच्च

    काठमाडौं । अघिल्लो कारोबार दिन ३० अंकभन्दा बढीले घटेको सेयर बजार मंगलबार सामान्य सुधारसहित हरियो बनेको छ। नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.०६ बिन्दुमा पुगेको छ भने कारोबार रकम ८ अर्ब ४१ करोड रुपैयाँ नाघ्दै करिब तीन महिनायताकै उच्च स्तरमा पुगेको छ।कारोबारका क्रममा १६४ कम्पनीको सेयर मूल्य बढेको, १०१ कम्पनीको घटेको र १० कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक अधिकांश उपसूचक सकारात्मक देखिएका छन्। व्यापार समूहमा सबैभन्दा बढी १.४७ प्रतिशतको वृद्धि हुँदा बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटनलगायत क्षेत्र पनि हरियालीमा बन्द

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २६८ पटक पढिएको
  • चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएर २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो ।  राष्ट्र बैंकका अनुसार चालु आवको जेठमा मात्रै रु दुई खर्ब तीन अर्ब ८९ करोड रकम रेमिट्यान्सबापत भित्रिएको छ । जबकि गत आवको जेठमा भने विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो ।  केन्द्रीय बैंकमा समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रति

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २४८ पटक पढिएको
  • चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

    गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को मारेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा रु दुई करोड १८ लाख राजस्व सङ्कलन गर्न सफल भएको त्यस पालिकाले जनाएको छ ।तीन वर्षअघि जम्मा रु ११ लाख १२ हजार राजस्व सङ्कलन गरेको उक्त पालिकाले अघिल्लो आवमा भने रु एक करोड ४९ लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो । मनासलु क्षेत्र भ्रमण गर्न आउने पर्यटकबाट भ्रमणबापतको शुल्क उठाउन थालेपछि पालिकाको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो । लिकाले गत आवबाट मनास्लु आउने पर्यटकबाट शुल्क लिन थालेको हो । प्रतिव्यक्ति रु एक हजारका द

    • प्रकाशित मितिः असार ३०, २०८३
    • ३६७ पटक पढिएको
  • कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज

    सुर्खेत / कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमा खर्च गर्न नसक्दा साढे १२ अर्ब भन्दा बढी बजेट फ्रिज भएको छ । कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजारको कुल बजेटमध्ये २० अर्ब ५७ करोड १२ लाख आठ हजार रुपैयाँमात्र खर्च भएको हो । यसरी कुल बजेटको ६१  दशमलव ९७ प्रतिशत मात्र खर्च भएको छ । बाँकी १२ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६२२ रुपैयाँ बजेट फ्रिज भएको छ । चालु ७३५, पुँजीगत ५५५ खर्चकर्णाली प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार कर्णाली प्रदेश सरकारले चालु खर्चतर्फ १२ अर्ब ५९ करोड ४३ लाख १७ हजारमध्ये नौ अर्ब २५ करोड

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २२६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.