काठमाडौं— चालु आर्थिक वर्षको ११ महिनामा करिब पौने तीन खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि जेठसम्म दुई खर्ब ७३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो। गत आर्थिक वर्षको यही अवधिको तुलनामा आठ अर्ब रुपैयाँले इन्धन आयातमा कमी आएको छ। बजारमा पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा कमी आएको हो । गत आवको ११ महिनामा दुई खर्ब ८१ अर्ब ८८ करोड ५७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो। विभागका अनुसार ११ महिनामा एक खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपैयाँको डिजेल आयात भएको छ। यस्तै ६२ अर्ब ८७ करोड ७३ लाख ३५ हजार रुपिया
काठमाडौं- यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्से परिसूचक ५२ दशमलव ९७ अंकले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ।आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता शेयर ९६ हजार दुई सय ७४ पटक खरिदबिक्री हुँदा सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० बराबरको कारोबार भएको छ।आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै बैङ्किङ तीन दशमलव ७४ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ। विकास बैंक एक दशमलव २०, वित्त एक दशमलव ३३, होटल तथा पर्यटन एक दशमलव ०७
काठमाडौँ- सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९.२१ अंकले वृद्धि हुँदै २२ सय ४.६१ विन्दुमा उक्लिएको हो । बिहीबार कारोबारमा समेत उच्चता आउँदै ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको २ करोड कित्तामाथि सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बिहीबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.९० अंकले बढ्दै ३९१.६६ विन्दुमा उक्लिएको छ । १३ वटा उपसूचकमध्ये बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूह बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन्। सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक बिहीबार ३.०६ प्रतिशतले
काठमाडौँ- गत ११ महिनामा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई दिने कर्जा २ खर्ब ४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा र१५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्प प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ। २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवध
काठमाडौँ- नेपालको विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ। गएको जेठ मसान्तसम्मको नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा सोही बमोजिमको बराबरको रकम सञ्चिति रहको देखिएको छ। सञ्चिति रकम २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको तथ्यांकले देखाएको छ। जहाँ, कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९६७ अर्ब १९ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५।७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैं
काठमाडौँ- गएको ११ महिनामा रेमिट्यान्स भने १९.३ प्रतिशतले वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०८०-८१ मा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।
काठमाडौँ- विशेष अदालतले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना निर्धारण गरेको छ। विशेष अदालतले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई सबैभन्दा बढी ९ वर्ष १ महिना कैद हुने फैसला सुनाएको हो ।उनलाई कसुरअनुसार ८ वर्ष र उनको पदीय जिम्मेवारीका हिसाबले थप १ वर्ष १ महिना कैद हुने फैसला विशेष अदालतले सुनाएको छ । उनीबाट २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपैयाँ बिगो र जरिवाना हुने ठहर पनि अदालतले गरेको छ ।प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर
काठमाडौँ- बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ।बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो। कानुनमा भएको व्यवस्था बमोजिम बीपीडीबी १६ पुस २०८०मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्
काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) १५.७९ अंकले बढ्दै २१ सय ५२.१४ विन्दुमा उक्लिएको छ । गत सातादेखि लगातार उकालो यात्रामा रहेको नेप्से सूचकमा अघिल्लो दिन भने ४.६२ अंकको गिरावट आएको थियो । तर, आज मंगलबार पुनः १५ अंकमाथिले नेप्से सूचक बढ्दा कारोबार ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.५० अंकले बढ्दै ३८०.९६ विन्दुमा उक्लिएको छ । बैंकिङ समूहको उपसूचक ०.५३ प्रतिशतले बढ्दा विकास बैंक समूहको उपसूचक २.४९ प्रतिशले बढेको छ । यसैगरी माइक्रोफाइनान्स समूहको उपसूचक ३.०६ प्रतिशतले बढ्दा यता फाइनान्स, होटल तथा पर्य
काठमाडौं— नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि संसदीय छानबिन समितिलाई पाँचवटा सुझाव दिएका छन्। सिंहदरबारमा सोमबार बसेको समितिको ११ औं बैठकमा महाप्रसाद अधिकारीले एकलाख सम्मका बचतकर्ता, पाँच लाखसम्मका बचतकर्ता र सो भन्दा बढि बचत गर्ने बचतकर्ता गरि तीन चरणमा वर्गीकरण गरि रकम फिर्ता गर्न सहज हुने सुझाव दिएका हुन्।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्यबहादुर थापाले समस्याग्रस्त सहकारीका सम्बन्धमा विशेष टीम गठन गर्न सकिने सुझाव दिएको जानकारी दिए।थापाका अनुसार गभर्नर अधिकारीले एक लाख, पाँच लाख र पाँच लाख भन्दा
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.