आर्थिक

    Showing 2,331-2,340 of 4,321 items.
  • युरोप निर्यात हुन थाले बटुका

    झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये मेचीनगर–१३ मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड र अमेरिकामा निर्यात भइरहेको जनाएको छ । प्रालिका प्रबन्ध निर्देशक कोविदसिंह बानियाँले सुपारीको पातबाट बनेका सामान वातावरणमैत्री र रसायनमुक्त हुने भएकाले स्वदेशी सुपरमार्केटदेखि विदेशका पार्टी प्यालेस र रेस्टुरेन्टहरूमा लोकप्रिय बनेको बताए । आर्थ

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 220 पटक पढिएको
  • दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

    बरहथवा (सर्लाही) । हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका छन् ।सोमबार नयाँ उपकरणको उद्घाटन गरेका जितेन्द्रले आगामी दिनमा उत्पादन दुईगुणाले बढ्ने अपेक्षा व्यक्त गरे । हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना पहिला उद्योग सुरु गरेका हुन् ।चुरेका वनमा खेर गइरहेको साल, भोर्लाको पातबाट दुनाटपरी बनाउने उक्त उद्योगमा महतोले २० जना युवालाई रोजगारी दिएका छ

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 315 पटक पढिएको
  • अमेरिकी डलरको भाउ पुनः बढ्यो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको मूल्य बढेको छ ।अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७  पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ९५ पैसा तोकिएको छ ।यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रूपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ २० पैसा कायम गरिएको छ

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 402 पटक पढिएको
  • पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत

    गलकोट (बागलुङ) । बागलुङका सुरथ सुवेदी व्यावसायिक कुखुरापालनमा १८ वर्षदेखि लाग्दै आएका छन् ।जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आएका सुवेदीको व्यावसायिक कुखुरापालनबाट मासिक रु पाँच लाख बचत गर्दै आएका छन् ।एकाउन्न वर्षीय सुवेदीले १८ वर्षमा थुप्रै असफलता व्यहोर्दै सफलतामा पुगेको बताए । उनले १० वर्षयता बागलुङ र त्यसभन्दा अघि चितवनमा कुखुरा पाल्दै आएका हुन् ।अहिले उनको कुखुरा फार्ममा पाँच हजार पाँच सय कुखुरा छन् । सरदरमा दैनिक पाँच हजार अण्डा बजारमा बिक्रीका लागि जाने सुवेदीले जानकारी दिए । ‘धेरै पटक असफलता व्यहोर्नु

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 320 पटक पढिएको
  • पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

    भद्रपुर (झापा) । काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा रु १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया रु छ अर्ब ८२ करोड, अलैँची रु चार अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर रु एक अर्ब ९१ करोड १३ लाख मूल्य बराबरको निर्यात भएको उनले बताए ।यस्तै, अदुवा रु २६ करोड १३ लाख, अम्लिसो रु ४९ करोड ७४ लाख, बन्दा रु आठ करोड १७ लाख, जडीबुटी दुई क

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 362 पटक पढिएको
  • सुन तोलाको एक लाख ६९ हजार छ सय

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो ।त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार नौ सय ७५ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी रु एक हजार नौ सय ६० मा कारोबार भएको थियो । नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ ।

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 396 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३८, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६६, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 527 पटक पढिएको
  • अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ  १९ पैसा कायम भएको छ । यसैगरी, युरो एकको खरिदर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।केन्द्रीय बैंकले बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५४ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ  ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुप

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 401 पटक पढिएको
  • वन पैदावारबाट एक अर्ब बढी राजस्व

    गण्डकी । वन पैदावार र जडीबुटीको बेचबिखनबाट गण्डकी प्रदेश सरकारले पछिल्लो सात वर्षमा रु एक अर्ब १३ करोड ५० लाख १२ हजार तीन सय ८८ राजस्व सङ्कलन गरेको छ । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा राष्ट्रिय तथा निजी वनबाट करिब ६५ हजार क्युफिट काठ र १२ हजार एक सय ४३ चट्टा दाउरा उत्पादन भएको छ । आठ लाख दुई हजार छ सय २९ किलो जडीबुटी सङ्कलन गरिएको मन्त्रालयले जनाएको छ । वन पैदावारको सङ्कलनलगायत कामबाट करिब २५ लाखभन्दा बढी श्रमदिनको रोजागारी सिर्जना भएको मन्त्रालयका सूचना अधिकारी राजेश पौडेलले जानकारी दिए । सामुदायिक वन उपभोक्ता समूहले वन पैदावार र जडीबुटी उत्पादन र सङ्कलनबाट बर्से

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 415 पटक पढिएको
  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर दुई हजार छ सय ८८ दशमलव ३१ को बिन्दुमा कायम भएको हो ।आज तीन सय पाँच कम्पनीको एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता सेयर ८४ हजार दुई सय ८० पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार छ सय २८ बराबरको कारोबार भएको छ ।आजको कारोबारमा वित्त समूह शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव २५ र व्यापार समूह एक दशमलव ३९ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३५ र अन्य समूह एक दशमलव ३० प्

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 228 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.