काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८९ हजार ६०० रुपैयाँ कायम भएको छ।

बिहीबार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको थियो। त्यसअघि बुधबार एकैदिन ७ हजार ५ सय रुपैयाँले बढेको थियो।
सुनको मूल्य घटेसँगै चाँदी पनि सामान्य घटेको छ। आज एक तोला चाँदी २ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।