आर्थिक

    Showing २११-२२० of ४,५१९ items.
  • सुनचाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ त कारोवार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य पुनः बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै छापावाल सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएर २ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार यही सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ५० रुपैयाँ बढी हो।अन्तर्राष्ट्रिय बजारमा हुने दैनिक उतारचढावका आधारमा नेपालमा सुन–चाँदीको मूल्य निर्धार

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २२९ पटक पढिएको
  • असोजभित्र व्यवसाय दर्ता गरे पुरानो कर मिनाहा

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा हुने भएको छ ।नगरसभा १९ औँ अधिवेशनबाट पारित आर्थिक ऐनमा यस सम्बन्धी व्यवस्था गरिएको हो । ऐनमा महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सबै प्रकारका व्यापार व्यवसायलाई १२ विधामा वर्गीकरण गरेर दर्ता तथा नवीकरणको दर तोकिएको छ । करका विधा वर्गीकरण गर्दा व्यवसायको प्रकृति, पुँजीगत लगानी र कार्य क्षेत्रलाई आधार मानिएको छ । यस अघि आर्थिक वर्ष २०७२/०७३ लाई करको आधार वर्ष मानिएको थियो । यसलाई सामयिक संशोधन गर्दै ऐनमा करको आधार वर्षका रुपमा

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २६८ पटक पढिएको
  • अन्नपूर्ण क्षेत्रमा पर्यटकको ऐतिहासिक रेकर्ड, एक वर्षमा १६९ देशका ५ लाखभन्दा बढी विदेशी पुगे

    काठमाडौं। गत आर्थिक वर्षमा १६९ देशका ५ लाख ८ हजार ४७६ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका छन्। अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन झण्डै दोब्बर बढ्दै नयाँ रेकर्ड कायम भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।सबैभन्दा धेरै ३ लाख ७५ हजार ७९७ भारतीय पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका छन्। त्यसपछि चीन, अमेरिका, बेलायत, फ्रान्स, मलेसिया, जर्मनी, बंगलादेश, अष्ट्रेलिया र इजरायलका पर्यटकको संख्या उल्लेखनीय रहेको छ। सहज यातायात, मुक्तिनाथ र पोखराको बढ्दो आकर्षण तथा सामाजिक सञ्जालमार्फत भएको प्रचारप्रसारले विशेषगरी भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको आयोजनाको भनाइ छ।

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २३९ पटक पढिएको
  • सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

    काठमाडौं / उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल लिन प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ ।कर प्रणालीमा पारदर्शिता ल्याउन र व्यावसायिक कारोबारलाई अभिलेखीकरण गर्न ल्याइएको यस कार्यक्रम अन्तर्गत अब सरकारी मापदण्ड पूरा गर्ने उपभोक्ताहरूले दैनिक र पाक्षिक रूपमा ठुलो नगद राशि उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् । कार्यविधि अनुसार, नेपालभित्र आफ्नो व्यक्तिगत प्रयोजनका लागि वस्तु वा सेवा खरिद गर्दा एक पटकमा १०० रुपैयाँभन्दा बढीको बिल लिने उपभोक्ताहरू यस उपहार कार्यक्रममा सहभागी हुन योग्य हुनेछन् ।डिजिटल भुक

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २५३ पटक पढिएको
  • तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

    काठमाडौँ। तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् ।सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गर

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ३४७ पटक पढिएको
  • पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने: अर्थ मन्त्रालय

    काठमाडौं— नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमवार (हिजो) जारी गरेको ‘चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि गाडी खरिद गर्न नपाइने भएको छ । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्ने छ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ । कार्यालयको कार्य सम्पादनका लागि सरकारी निकायले खाली रहेका सरकारी भवनल

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ४११ पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज ९मंगलबार०का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ०२ पैसा र बिक्रीदर १५४ रुपियाँ ६२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ०३ पैसा र बिक्रीदर १७६ रुपियाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ३२ पैसा र बिक्रीदर २०८ रुपियाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ५८ पैसा र बिक्रीदर १९१ रुपियाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ७८ पैसा र बिक्रीदर १०८ रुपियाँ २० पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडि

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ४१२ पटक पढिएको
  • फास्ट ट्र्याकमा फेरि प्रश्न, सांसदको चेतावनी– ‘अबको ४ वर्षमा पनि सकिने संकेत छैन’

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको सुस्त गतिलाई लिएर राष्ट्रियसभा सदस्यहरूले सरकारको तीव्र आलोचना गरेका छन्। उनीहरूले अहिलेको प्रगति हेर्दा तोकिएको थप चार वर्षभित्र पनि आयोजना पूरा हुने आधार नदेखिएको बताएका छन्।राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार बसेको बैठकमा सांसदहरूले स्थलगत अनुगमनको अनुभव सुनाउँदै निर्माण कार्य अपेक्षाभन्दा निकै पछाडि रहेको बताएका हुन्।समिति सदस्य रञ्जित कर्णले राष्ट्रिय गौरवको आयोजना वर्षौंदेखि निर्माणाधीन रहे पनि अझै सम्पन्न हुने स्पष्ट समयसीमा नदेखिएको बताए। निर्माणस

    • प्रकाशित मितिः साउन ४, २०८३
    • २६५ पटक पढिएको
  • सेयर बजार सुधारमा प्रधानमन्त्रीको सक्रियता, लगानीकर्ताका माग कार्यान्वयन गर्ने प्रतिबद्धता

    काठमाडौं । सेयर बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका सरोकारवालासँग उच्चस्तरीय छलफल गरेका छन्। छलफलमा उठेका जायज माग कार्यान्वयनका लागि सम्बन्धित निकायसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन्।सिंहदरबारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री शाहले समस्या समाधानका लागि नयाँ समिति गठनभन्दा पनि सम्बन्धित निकायले तत्काल काम अघि बढाउनुपर्ने धारणा राखेका थिए। व्यवसायीका अनुसार प्रधानमन्त्रीले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन सरकार गम्भीर रहेको सन्देश दिएका छन्।छलफलमा सहभागीहरूले लगा

    • प्रकाशित मितिः साउन ४, २०८३
    • २८२ पटक पढिएको
  • सेयर बजारमा उत्साह फर्कियो, नेप्से एक महिनापछि २७ सयमाथि

    काठमाडौं । नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साह थपिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंक (१.५५ प्रतिशत) ले उकालो लाग्दै २,७१९ अंक पुगेको छ। यससँगै बजारले करिब एक महिनापछि फेरि २७ सय अंकको मनोवैज्ञानिक सीमा पार गरेको हो।अघिल्लो कारोबार दिन पनि बजार ७९ अंकले बढेको थियो। त्यसैले लगातार दुई कारोबार दिनमै नेप्से करिब १२० अंकले उकालो लागेको छ। यो लगातार पाँचौँ दिनको वृद्धि समेत हो, जसले बजारमा सकारात्मक मनोविज्ञान बलियो बन्दै गएको संकेत गरेको छ।कारोबार रकममा पनि सुधार देखिएको छ। शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ५ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • २९६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.