आर्थिक

    Showing 2,091-2,100 of 3,273 items.
  • घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

    झापा / नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ५ सयले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ८ सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 278 पटक पढिएको
  • टीभीएसको ग्राण्ड एक्सचेन्ज मेला सुरु

    विराटनगर / विराटनगरमा टीभीएसको ग्रान्ड एक्सचेन्ज मेला मङ्गलबारबाट सुरु भएको छ । टीभीएसको आधिकारिक बिक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमको आयोजनामा मेला सुरु भएको हो । मङ्गलबारबाट सुरु भएको मेला असोज १० गतेसम्म सञ्चालन हुने मार्केटिङ म्यानेजर सन्तोष शाहले जानकारी दिए । मुनालपथ स्थित पञ्जाबी पेट्रोल पम्प अगाडि सञ्चालन भइरहेको मेलामा टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरको ग्रान्ड एक्सचेन्ज गर्न सकिने उनको भनाइ छ ।मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने छ । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने उनको भनाइ छ ।यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 265 पटक पढिएको
  • एक महिनामा प्राधिकरणले भारतलाई बेच्यो साढे २ अर्बको बिजुली

    झापा / चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा नेपाल विद्युत प्रधिकरणले इन्डियन एक्सचेन्ज मार्केटमा बिजुली बेचेर  दुई अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरेको छ ।  भदौमा मात्र प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत भारत निर्यात गरी उक्त रकम आम्दानी गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।सुरुमा दुईवटा विद्यागृहकाे ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएक

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 293 पटक पढिएको
  • राजस्व छलि गरेर ल्याएको ४० लाख रुपैयाँ बराबरको कपडा बरामद

    झापा  / राजस्व छलि गरेर ल्याएको कपडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।आइतबार दिउँसो विराटनगर महानगरपालिका –१२ रोड शेष चोकमा भारतबाट नेपालतर्फ आएको बिआर ३८ बि २३७९ नम्बरको ट्याक्टरमा अवैध तरिकाबाट ल्याएको कपडा बरामद गरेको हो। प्रहरीले जहदा गाउँपालिका वडा नम्बर १ बस्ने ट्याक्टर चालक वर्ष १९ को रमेश यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार राजस्व छलि गरेर ल्याएको चालिस लाखको सामान समेत बरामद गरिएको छ । बरामद गरेको कपडा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 161 पटक पढिएको
  • कसरी बने अटो ड्राइभर अनुप एकै रातमा करोडपति ? (भिडियाेसहित)

    एजेन्सी / कोही मानिस एकै रातमा करोडपति भयो भन्ने कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर, भारतीय एक अटो ड्राइभर एकै रातमा करोडपति बनेका छन् ।भारतको केरलास्थित श्रीबरहमका अटो चालक अनुपले २५ करोड भारतीय रुपैयाँको चिठ्ठा जितेपछि उनी एकाएक करोडपति बनेका हुन् ।उनलाई २५ करोड भारतीय रुपैयाँको चिठ्ठा परेको टाइम्स अफ इण्डियाले जनाएको छ। आइतबार उनको टिकट नम्बर टिजे –७५०६०५ले २५ करोड रुपैयाँको चिठ्ठा जितेको हो। शनिबार उनले दुई वर्षीय छोराको खुत्रुके फुटाएर चिठ्ठा किनेका थिए। उनले भनेका छन्,  ‘मलाई टिकट किन्न मन थियो। टिकटको मूल्य ५०० रुपैयाँ थियो। तर मसँग पुग्ने रकम थिएन ।’  २५ करोड भारु

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 160 पटक पढिएको
  • पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा आरोपत्र दायर

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहति पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।प्याराग्लाइडिङ सञ्चालन अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।उनी चढ्ने गाडी खान तलासी गर्दा थप १६ लाख ५० हजार पनि बराम बरामद गरिएको थियो । अनुसन्धानको सिलसिलामा उप–सचिव नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र (लाईसेन्स) दिने क्रममा घुस र रिसवत लिएको पुष्टि भएको

    • प्रकाशित मितिः असोज २, २०७९
    • 154 पटक पढिएको
  • शुक्रबारको तुलनामा आज तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ / आइतबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँ कायम भएको हो ।तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज तोलामा १५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम भएको छ । 

    • प्रकाशित मितिः असोज २, २०७९
    • 146 पटक पढिएको
  • विश्वको दोस्रो धनी व्यक्ति बने गौतम अडानी

    एजेन्सी  / भारतीय अर्बपति गौतम अडानी विश्वको दोस्रो धनी व्यक्ति बनेका छन्। फोर्ब्सको रियल–टाइम अर्बपतिहरूको सूची अनुसार अडानी शुक्रबार फ्रान्सेली व्यवसायी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका हुन्।अडानी र उनको परिवारको कुल सम्पत्ति १५५.४ अर्ब डलर पुगेको छ। अडानी अब टेस्ला प्रमुख इलन मस्क भन्दा पछि छन् जसको कुल सम्पत्ति २७३.५ अर्ब डलर रहेको छ।त्यस्तै अमेजनका संस्थापक जेफ बेजोस १४९.७ अर्ब डलरको कुल सम्पत्तिका साथ तेस्रो नम्बरमा छन् भने माइक्रोसफ्टका संस्थापक बिल गेट्सको १०५.३ अर्ब डलर, ल्यारी एलिसन ९८.३ अर्ब डलर र वाल स्ट्रिटका लगानीकर्ता वारेन बफेट ९६.५ अर्

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 328 पटक पढिएको
  • कोरोनाका कारणा बन्द भएको केरुङ र तातोपानी नाका आजदेखि संचालनमा

    काठमाडौँ  / कोभिड–१९ का कारण बन्द भएका नेपालतर्फका केरुङ र तातोपानी नाकाहरू सञ्चालनमा आएका छन् ।चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्न लागेको हो ।नेपालको ४ दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटमा नेपालका सबैजसो नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेका थिए । सबै नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेपछि चीनले नाकाबाट सामान पठाउन सुरु गरेको हो ।यसैगरी अध्यक्ष लीले कोभिड–१९ का कारण बन्द भएको नेपालतर्फका केरुङ र तातोप

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 116 पटक पढिएको
  • सिक्लेस हाइड्रोको ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला

    काठमाडौँ  / सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।बिक्री खुलेको आईपीओ मध्ये कर्मचारीका लागि ३४ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ५७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ भने बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।सर्वसाधारणले कम्पनीको आईपीओमा १० देखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आजदेखि खुलेको सेयरको आवेदन असोज २ गते बन्द हुनेछ । यो समयमा सम्पूर्ण सेयर बिक्री नभएमा असोज १२ गतेसम्म आवेदनको म्याद थपिने कम्पनीले बताए

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 118 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा