काठमाडौं । कालोसूचीमा पर्ने व्यावसायिक संस्था र व्यवसायीको संख्या निरन्तर बढ्दै गएको छ । समयमा ऋण चुक्ता नगर्दा कालोसूचीमा पर्नेको संख्या दिन प्रतिदिन बढेको हो । कर्जा सूचना केन्द्रका अनुसार हाल दैनिक औसत २०० कम्पनी कालोसूचीमा पर्ने गरेका छन् ।केही समयअघि यस्तो संख्या ४०० सम्म पुगेको थियो । गत आर्थिक वर्ष २०७९र८० मा ३४ हजार ८१ व्यावसायिक संस्था र व्यक्ति कालोसूचीमा परेका थिए । अघिल्लो वर्ष कालोसूचीमा पर्नेको संख्या १५ हजार ९९५ थियो । अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा १८ हजार ८६ बढी व्यावसायिक संस्था र व्यक्ति कालोसूचीमा परेका हुन् ।गएको साउन ३२ गतेसम्म कालोसूचीमा पर्नेको संख्या ६३ हजार
काठमाडौँ / नेपाली बजारमा आजपनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन आज १ लाख ११ हजार ५ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदी आज २५ रुपैयाँले घटेको हो । सोमबार १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौँ / नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो ।आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । पछिल्लो समय चाँदीको मूल्य भने स्थिर रहँदै आएको छ । तीन दिनदेखि स्थिर रहेको चाँदीको मूल्य आज पनि अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भइरहेको छ ।
काठमाडौँ / आइतबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको हो । तेजाबी सुन आज १ लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदी आज पनि स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।
काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।यसअघि प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज १ लाख १२ हजार २ सय रुपैयाँमा झरेको छ भने तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ रहेको छ । त्यस्तै, यसअघि प्रतितोला १ हजार ४ सय ६ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय २५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।
काठमाडौं / नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुनको मूल्यमा तोलामा ३०० रुपैयाँले घटेको हो । योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको हो । आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।
काठमाडौँ / साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर १ लाख १२ हजार ९ सय रुपैयाँ पुगेको हो ।त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ । यसअघि यो सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ थियो । यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ थियो ।
काठमाडौं / साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहको महासङ्घले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं / नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८ सय रुपैयाँ बढी हो । बुधबार सुनको कारोबार १ लाख १२ हजार ७ सय रुपैयाँ प्रतितोलामा भइरहेको थियो । आज छापावाल सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा भइरहेको छ । चाँदीको मूल्य समेत आज बढेर १ हजार ४९० पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४६५ रुपैयाँ रहेको थियो ।
काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले बढेको हो । महासंघअनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७ सय र तेजाबी सुन एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुन एक लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज चाँदी १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.