काठमाडौं— नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको छ।

बोर्डले शिव श्री हाइड्रोपावरलाई १ बराबर १ कित्ताको अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।

कम्पनीको हकप्रद सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ भएकाले यसबाट कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ उठाउनेछ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ।