आर्थिक

    Showing 1,801-1,810 of 3,442 items.
  • दशैंमा सहुलियतका खसीबोका-च्याङ्ग्रा भोलिदेखि बेच्न थालिने

    काठमाडौं— विगतमा घटस्थापनादेखि खाद्य कम्पनीले खसी–बोका र च्यांग्रा बिक्री गर्दै आएकोमा यसपटक अविरल वर्षाले सडक अवरुद्ध पारेका कारण ढिलाइ भएको छ। खाद्य कम्पनीका सिइओ रमेश आचार्यले शनिबार बेलुकासम्म खसी–बोका र च्यांग्रा काठमाडौं ल्याइसक्ने र आइतबारबाट बिक्री थाल्ने जानकारी दिए। जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ३० र जिउँदो खसी–बोकाको मूल्य ६ सय ३० रुपैयाँ प्रतिकिलोआसपास राख्ने तयारी भइरहेको उनले जानकारी दिए। निजी क्षेत्रले पनि दशैंका लागि खसी–बोकाको आपूर्ति बढाउन थालेको छ। कलंकी, टुकुचालगायतका बजारमा खसी–बोका ल्याएर बिक्री थालिएको काठमाडौं चौपाया खरिद–बिक्री वधशालाका अध्यक्

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 199 पटक पढिएको
  • सहुलियत पसलबाट दैनिल ४० लाखको सामान बिक्री हुँदै

    काठमाडौं—  चाडपर्वलक्षित सहुलियत पसलमा खाद्यान्न खरिद गर्ने उपभोक्ताको संख्या बढ्दै गएको छ। ३ असोजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र ७ असोजबाट साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य खाद्यान्नमा प्रतिकिलो १० रुपैयाँसम्म छुट दिएर सहुलियत पसल सञ्चालन गरेका छन्। दुवै संस्थानले ४१ जिल्लाका ६३ भन्दा बढी बिक्री केन्द्रबाट छुटसहितको खाद्यान्न बिक्री गरिरहेका छन्।सहुलियत पसल सञ्चालनमा आएयता दैनिक उपभोग्य वस्तुको भाउ घट्न थालेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दाबी गरेका छन्। ‘छुट मूल्यमा खाद्यान्न बिक्रीका लागि सञ्चालनमा ल्याइएको सहुलियत पसल र तुलनात्मक रूपमा ठुलो

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 446 पटक पढिएको
  • सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो ?

    काठमाडौं–लगातार ओरालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य प्रति तोलामा रु ४०० ले बढेर प्रतितोला रु १,६१,३०० निर्धारण गरिएको छ ।चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आज रु ३० ले बढेर प्रतितोला रु १,९८० निर्धारण गरिएको छ । सुनचाँदीको मूल्यमा देखिएको यो सानो वृद्धि बजारको गतिविधि र अन्तर्राष्ट्रिय बजारको प्रभावसँग सम्बन्धित रहेको बताइएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 292 पटक पढिएको
  • बाढी पहिरोले नाका बन्द भएपछि कन्टेनरमै कुहिन थाल्यो फलफूल

    काठमाडौं— बाढी पहिरोले बन्द भएका उत्तरी दुई वटा नाका खुलाउने प्रयास भएको छ । अहिलेलाई अस्थायी रूपमा खुलाएर बाटोमा रोकिएका कन्टेनर गन्तव्यमा पठाउने तयारी भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको कार्कीले बताए । उत्तरी चीन जोड्ने मुख्य दुई नाका बन्द भएपछि नेपाली व्यवसायीले आयात गरेका लत्ताकपडा, फलफूललगायतका सरसामान एक हप्तादेखि बाटोमै रोकिएका छन् । उत्तरी नाकाका पुल र सडक भोटेकोशी नदीले बगाएपछि अहिले रसुवागढीतर्फको केरुङ र तातोपानीतर्फको खासा आएका कन्टेनर नेपाल भित्रिन पाएका छैनन् ।तातोपानीतर्फको सीमा नजिकै

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 409 पटक पढिएको
  • हवाई यात्रु चापमा वृद्धि : एयरलाइन्सले थपे उडान संख्या

    काठमाडौं–हवाई यात्रुहरूको चाप बढ्दै गएपछि एयरलाइन्सहरूले उडान संख्या थपेका छन् । बुद्ध एयरले भद्रपुर र भरतपुरमा दुई/दुई उडान थपेको छ। हाल दैनिक दुईतर्फी एक सय ५० उडान गरिरहेको कम्पनीले यात्रु चापको कारण उडान बढाएको हो ।श्री एयरलाइन्सले पनि काठमाडौं–भरतपुर रुटमा शुक्रबारदेखि उडान सञ्चालन गर्ने घोषणा गरेको छ । यती एयरलाइन्सले असोज १५ गतेदेखि काठमाडौं–भद्रपुर र काठमाडौं–नेपालगञ्जमा एक–एक उडान थपेको छ । अविरल वर्षाका कारण बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई यात्रुहरूको चाप वृद्धि भएको हो ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 482 पटक पढिएको
  • आजका लागि विदेशी मुद्राको विनिमय दर जारी

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिददर १४८.०२ रुपैयाँ, युके पाउण्डको १७५.६६ रुपैयाँ, र स्वीस फ्रयाङ्कको १५७.७७ रुपैयाँ निर्धारण गरिएको छ । अष्ट्रेलियन डलरको खरिददर ९१.७४ रुपैयाँ, जापानी येन १० को ९.१३ रुपैयाँ, र चिनियाँ युआनको १९.१० रुपैयाँ कायम गरिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ तोकिएको छ । वाणिज्य बैंकहरूले फरक विनिमय दर राख्न सक्ने बताइएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 294 पटक पढिएको
  • बङ्गलादेशसँग ४० मेगावाट विद्युत् बिक्रीका लागि त्रिपक्षीय सम्झौता

    काठमाडौं–नेपालले बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ, जसले नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको छ। काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रिजाउल करिम र भारतीय कम्पनी एनभिभिएनका प्रमुख कार्यकारी रेणु नाराङले सम्झौतामा हस्ताक्षर गरे। यस अवसरमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बङ्गलादेशका वन, वातावरण, जलस्रोत तथा जलवायु परिवर्तनमन्त्री सैयदा रिजवाना हसनको उपस्थिति थियो।सम्झौताअनुसार, नेपालले भारतीय कम्पनी एनभिभिए

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 545 पटक पढिएको
  • नेप्से परिसूचक २६ अङ्कले घट्यो, कुल कारोबार ६ अर्ब ७७ करोड

    काठमाडौं— पछिल्लो दुई दिनको उकालो यात्रा रोकिँदै आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर २५९७.४९ बिन्दुमा पुगेको छ। तीन सय १० कम्पनीका एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ रुपैयाँ पुगेको छ।आज वित्त समूहको उपसूचकमा एक दशमलव ७५ प्रतिशतले वृद्धि भए पनि अन्य सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा बढी गिरावट निर्जीवन बिमा समूहमा एक दशमलव ८२ प्रतिशतले भएको छ, भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बिमा समूहमा पनि क्रमशः गिरावट देखिएको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन, लघुवित्

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 383 पटक पढिएको
  • नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

    काठमाडौं— सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार तीन सय ३९ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ को तुलनामा ४ प्रतिशतले बढी हो।बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अगष्ट महिनाको तुलनामा सेप्टेम्बरमा भारतबाट आउने पर्यटक घटेपनि चीन, अमेरिका, र युरोपबाट आउने पर्यटकको संख्या बढेको छ। सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका थिए। चीनबाट भने सेप्टेम्बरमा आठ हजार ४२ र अगष्टमा छ हजार छ सय १४ पर्यटक नेपाल भित्रिएका छन्। मनसुनको कारण भारतीय पर्यटक घटेको अ

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 359 पटक पढिएको
  • ठमेलमा भोलिदेखि स्याउ मेला

    काठमाडौं— नेपालमा पहिलो पटक स्याउ मेला हुने भएको छ । घटस्थापनादेखि ठमेलस्थित होटल मनाङको सहकार्यमा किसान भेन्चरले स्याउ मेला गर्न लागेको हो । १७ असोजदेखि ‘प्रथम नेपाल एप्पल फेस्ट २०२४’ हुने भएको किसान भेन्चरका सञ्चालक राजेश कार्कीले जानकारी दिए । स्याउ मेला मनाङ होटल र उत्पला क्याफे बौद्धमा हुनेछ । साथै, नेपालभरि उत्पादन हुने ३७ प्रजातीको स्याउ डिजिटल प्रदर्शनीमा राख्ने कार्कीले बताए । ‘यो दशैं, स्याउसँग मनाऔं’, खुशी बाँडौं, स्वस्थ खानेकुरा खाऔं’ भन्ने नारासहित तीन दिनसम्म चल्ने स्याउ मेलामा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोट सहित विभिन्न जिल्लाबाट ल्याइएका ५० टन स्याउ प्

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 319 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा