आर्थिक

    Showing 1,771-1,780 of 3,699 items.
  • कुन देशको मुद्राको दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य एकको खरिददर १३८ रुपियाँ २८ पैसा र बिक्रीदर १३८ रुपियाँ ८८ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४३ रुपियाँ ४८ पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७१ रुपियाँ ६० पैसा र बिक्रीदर १७२ रुपियाँ ३४ पैसा रहेको छ।अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा कायम गरिएको छ

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 283 पटक पढिएको
  • बागलुङमा रु २६ करोड ४६ लाख बढीको सुन्तला उत्पादन

    ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो । कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष जिल्लाभर चार हजार १०० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर चार हजार ७१.६ मेट्रिकटनमा झरेको छ । तर अघिल्लो वर्ष न्यूनतम मूल्य रु ६० रहेकोमा यस वर्ष बढेर रु ६५ पुग्दा उत्पादन घट्दा पनि किसानले उचित मूल्य पाएको उहाँको भनाइ छ ।अघिल्

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 464 पटक पढिएको
  • सरावलमा २७ लाख लगानीमा बनेको हाटबजारप्रयोग विहीन

    पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्विनी प्रदेश सरकारले २७ लाख रूपियाँमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ ।हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष भयो सञ्चालनमा नआउँदा हाटबजार प्रयोग विहिन भएको सरावल–३ स्थानीय लेखनाथ रायले बताए ।उनका अनुसार निर्माणाधिन हाटबजारमा बजार लगाउने ठेकेदारले जग्गाधनीलाई वार्षिक २५ हजार रूपैया भाडा दिने शर्तमा लुम्विनी प्रदेश सरकारले दश कठ्ठा जग्गामा हाटबजार निर्माण गरेको हो । निर्माणाधिन जग्गा लेखनाथ रायको नाउँमा दर्ता छ ।सोही वडामा डेढ बिघा सार्वजनिक जग्गा रहेपनि पूर्वउपाध्यक्षले सरकारी बजेट सार्व

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 265 पटक पढिएको
  • ग्लोबल आइएमई बैंकका शाखा बन्द गर्न १९ संगठनको अल्टिमेटम, चन्द्र ढकाललाई चेतावनी

    काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा केवलकार निर्माणका कारण उत्पन्न विवादले अहिले ठूलो रुप लिएको छ । व्यवसायी चन्द्र ढकालको समूह र पाथीभरामा रहेका   मुक्कुमलुङका स्थानीय समूहबीच चलिरहेको विवादले स्थानीय जनजीवनलाई आक्रान्त बनाएको छ ।यसै विषयमा मुक्कुमलुङ बचाउ अभियानमा संलग्न १० वटा संस्थाहरू र ९ वटा राजनीतिक दलहरूले ग्लोबल आइएमई बैंकका सम्पूर्ण स्थानीय शाखा बन्द गर्न अल्टिमेटम दिएका छन् ।यी संस्थाहरूले चन्द्र ढकालका नेतृत्वमा चलिरहेको पाथीभरा दर्शन केवलकार प्रा.लि. द्वारा पाथीभरामा केवलकार निर्माणको प्रयासलाई तत्काल रोक्नुपर्ने र स्थानीय जनताको धार्मिक आस्थामा अवरोध

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 154 पटक पढिएको
  • पाल्पाबाट .बाउन्न करोडको सुन्तला बिक्री

    पाल्पा l यस वर्ष पाल्पाबाट ५२ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको छ। जिल्लाका छ पालिकाका किसानले यस वर्ष ५२ करोडभन्दा बढीका सुन्तला बिक्री  गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको  छ। गत वर्ष ४६ करोड रुपियाँ बराबरको सुन्तला बिक्री गरेका किसानले यस वर्ष ५२ करोड ७६ लाखको सुन्तला बिक्री  गरेको ज्ञान केन्द्रले जनाएको छ। यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्र र उत्पादन पनि बढेकाले किसानले गत वर्षभन्दा बढी आम्दानी गरेको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो। यस वर्ष जिल्लाभर एक हजार १३० हेक्टर क्षेत्रफलमा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले बताउन

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 330 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो। हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 250 पटक पढिएको
  • ‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग

    चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर यहाँ आएका हुन् ।नेपाल डेरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहाल यसरी आएको दूध उक्त उद्योगले प्रशोधन नगरेको भए दूध फाल्नुको विकल्प नहुने बताउँछन् । उनले भने, ‘चितवन मिल्क नभएको भए तपार्इंले आज बिहान देखेको ट्याङ्करको दूध खोलामा फाल्नुको विकल्प थिएन ।’केही वर्षअघिसम्म दूध धेरै उत्पादन हुने

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 335 पटक पढिएको
  • सिक्लेसः प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो

    गण्डकी । वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरू । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ । गुरुङ समुदायको बाहुल्य रहेको सिक्लेस सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । सिक्लेसको परिचय त्यतिमा मात्रै सीमित छैन, यो राजनीतिक रूपमा ऐतिहासिक थलो पनि हो । नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा पनि सिक्लेसलाई लिइन्छ । तत्कालीन समयमा सशस्त्र आन्दोलनरत नेपाल कम्युनष्टि पार्टी (माओवा

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 257 पटक पढिएको
  • सहकारीलाई स्वनियमनमा लैजान आधार तयार पारिने

    काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले सहकारीलाई स्वनियमनमा लैजान आधार तयार पार्न लागिएको बताएका छन् ।अध्यादेशबाट सहकारी ऐन, २०७४ संशोधन गरी कानुन बनाएर प्राधिकरणको विधिवत् स्थापना भएपछि राजधानीमा आयोजित सञ्चारकर्मीलगायत सहकारी अभियानका अभियानकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उनले सिद्धान्तअनुसार सहकारी आफैँ स्वयनियमनमा बस्नुपर्नेमा जोड दिए । सहकारी स्वनियमनमा नबसे प्राधिकरणले कानुनी कारबाहीको दायरामा ल्याएर नियमन अघि बढाउने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवसमेत रहेका पोखरेलले बताए ।शून्यमा सहकारीलाई स्वनियमन गर्न नसकिने भएकाले प्राधि

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 277 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य प्रतितोला रु ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु एक हजार आठ सय ८५ मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 242 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.