काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १२ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर २७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको २६ सय ८५ मा कारोबार भएको थियो ।