अपराध

    Showing 981-990 of 2,232 items.
  • हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ

    हेटौंडा— मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूपदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रतिबन्धित लागूपदार्थ ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार विहीबार बिहान करिब १० बजे सानोपोखरामा लागूपदार्थको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा उक्त स्थानमा बसिरहेका पाँच जनालाई फेला पारिएको र उनीहरूको साथबाट ठूलो परिमाणमा ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए ।पक्राउ पर्नेहरूमा मकवानप

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 419 पटक पढिएको
  • हेटौंडामा तोडफोड र आगजनी गर्ने ५ जना पक्राउ

    मकवानपुर— मकवानपुरमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र आपराधिक उपद्रवमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जनालाई अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोराका अनुसार आन्दोलनकाक्रममा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय सुशिल पौडेलको घरमा आगजनी तथा तोडफोड गर्ने घटनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको हो।दुवैजनामाथि आपराधिक उपद्रव तथा लुटपाट सम्बन्धी कसुरमा मकवानपुर जिल

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 483 पटक पढिएको
  • जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

    बागमत। जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घतानेलाई पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । यसैगरी, हेटाँैडा उपमहानगरपालिका–११ नवलपुरका  ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 370 पटक पढिएको
  • १६ लाखबढी नगदसहित काठमाडौँबाट २२ जना जुवाडे पक्राउ

    काठमाडौं— चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ लंकोट बस्ने ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दिवाकर समेत २२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 528 पटक पढिएको
  • कागारबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या

    पर्वत । यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् । कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो । कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले ज

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 466 पटक पढिएको
  • प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

    झाप। जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारीसाधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमणका घटना भएका थिए । सो घटनाको सिसीटिभी फुटेज, भिडियो र फोटोका अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।पक्राउ पर्नेहरूमा विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, सोही वडाका २२ वर्षीय राजन चौधरी, सोही वडाका

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 417 पटक पढिएको
  • ट्रामाडोल सहित रौतहटमा दुई जना पक्राउ

    रौतहट—  रौतहट प्रहरीले दुई जनालाई ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ । सर्लाही लालबन्दी नगरपालिका–१६ तामाङटोल बस्ने  २७ वर्षीय  बुद्धसिंह वाइवा र सर्लाही  हरिवन नगरपालिका –३ श्रीपुर बस्ने  २४ वर्षीय  शरिन योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।चन्द्रपुर  नगरपालिका –४ स्थित पूर्व, पश्चिम लोकमार्गस्थित ट्राफिक चेकपइन्टमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म.प्र. ०३२ ०२५ प ९७२१ नं.को स्कुटर चेकजाचको क्रममा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले जनाएको छ । उनीहरुको साथबाट एक सय तीस पिस ट्रामाडोल बरामद भएको इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 710 पटक पढिएको
  • छोरीलाई जबरजस्ती यौन कार्यमा लगाउने आमा पक्राउ

    काठमाडौं— जापानको टोकियोस्थित मसाज पार्लरमा १२ वर्षीया छोरीलाई जबरजस्ती यौन कार्यमा लगाएकी थाई आमालाई ताइवानमा पक्राउ गरिएको छ। ताइवानका अध्यागमन अधिकारीहरूका अनुसार सेप्टेम्बरमा ताइवान पुगेकी आमा बसाइ अवधि नाघेर बसेकी थिइन्। स्थानीय प्रहरीले उनलाई ताइवानमा वेश्यावृत्तिसँग जोडिएको छुट्टै मुद्दामा हिरासतमा लिएर अध्यागमन विभागलाई बुझाएको छ।अधिकारीहरूले आमालाई देश निकाला गर्ने योजना बनाएका छन्। तर थाइल्याण्ड वा जापान पठाउने निर्णय भएको छैन, किनकि जापानमा बालिकाको मुद्दाको अनुसन्धान भइरहेको छ। थाइल्याण्ड र ताइवानका अधिकारीहरूले आमालाई थाइल्याण्ड पठाउन समन्वय गरिरहेका छन्। शुक्रबार थाइल्य

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 667 पटक पढिएको
  • झुम्का कारागारमा एक कैदीको मृत्यु

    सुनसरी— सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। आइतबार बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा रहेका ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेका थिए।कारागार प्रशासनले सरदारलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवामा पुर्‍याए पनि बिहान ६ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।प्रारम्भिक जानकारीअनुसार सरदार दीर्घकालीन मधुमेह (डाइबिटिज) का बिरामी थिए र नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए।सरदारलाई जिल्ला अदालतले २०८० असोज २ गते मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकेको थियो।

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 633 पटक पढिएको
  • दाइसँगै खेल्न गएकी बहिनी दुई दिनपछि खोलामा मृत भेटिइन्

    कपिलवस्तु— कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१ पकडीकी दुई वर्षीया मान्सा ओझा घरबाट बेपत्ता भएको दुई दिनपछि मृत फेला परेकी छिन्।प्रहरीका अनुसार बालिकाको शव सोमबार बिहान मर्थी खोलामा फेला परेको हो। सो खोला मायादेवी गाउँपालिका–१ र सुद्धोधन गाउँपालिका–६ को सिमानामा पर्दछ।मान्सा ओझा कार्तिक २२ गते बिहान करिब १० बजे आफ्ना पाँच वर्षीया दाइसँग घरबाट खेल्न निस्किएकी उनी हराएकी थिइन्। परिवारले खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीमा उजुरी गरिएको थियो।प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बालिकाको शव घरदेखि करिब ३ किलोमिटर दक्षिणतर्फ खोलामा भेटिएको हो। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्र

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 510 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.