काठमाडौं— वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विकाश गुरुङ, रन्जना अधिकारी, यादव प्रसाद घिमिरे र लोकजन खड्का रहेका छन् । उनीहरुले जापान, क्रोएसिया अजरबैजानजस्ता देशमा पठाउने भन्दै ठगी गरेको नेपाल प्रहरीले जनाएको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।सूचना अधिकारी प्रहरी उपरीक
काठमाडौं— सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाको रकम ठगी प्रकरणमा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका अर्याललाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो ।उनी आफैँ सञ्चालक समितिमा रहेर सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए । पछि भुक्तानीका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेको उनीमाथि आरोप छ ।अर्याल एमाले पर्यटन विभागका सदस्य समेत हुन् ।
काठमाडौं— अमेरिकाको राजधानी वासिङ्टन डी।सी।मा इजरायली दूतावासका दुई कर्मचारीको यहूदी संग्रहालय नजिकै मंगलबार राति हत्या भएको छ। आक्रमणमा एक पुरुष र एक महिला मारिएका छन्।घटनाको पुष्टि अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले गरेकी छन्। उनका अनुसार राति ९स्०५ बजे एफ स्ट्रिटमा गोलीबारी भएको थियो। सो क्षेत्रमा पर्यटकीय स्थल, संग्रहालय, सरकारी भवनहरू र एफबीआईको क्षेत्रीय कार्यालयसमेत रहेको हुँदा सुरक्षा चुनौती गम्भीर देखिएको छ।बीबीसीको भगिनी संस्था सीबीएसलाई स्रोतहरूले बताए अनुसार, दुवै पीडित ‘क्यापिटल यहूदी संग्रहालय’बाट बाहिर निस्कँदै गर्दा आक्रमणको शिकार भएका थिए। प्रारम्भिक अनुसन्धानले यस घटनालाई योज
काठमाडौं— राजश्व छलीका विभिन्न सामाग्रीसहित ८ जनालाई प्रहरीले काठमाडौंको चःमतीबाट पक्राउ गरेको छ । विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौं ल्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जासहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रोशन कुमार महतो, सत्यनारायण कृष्णमुर्थी, दीपक शेकर, भिनोथ कुमार अमर चन्द, सिकेन्दर रजा, शेष पिर मोहम्मद मोस्तान, मोहम्मद रेहान, रौनक ठाकुर रहे
काठमाडौं— सुदूरपश्चिम प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको घरमा चोरी भएको छ । कैलालीको लम्किचुहा नगरपालिकां—४ बलियामा रहेको उनको निजी निवासमा चोरी भएको हो ।चोरले मन्त्रीको घरबाट सुनको औंठी, सिक्री, चाँदीका गहनासहित ६५ हजार रुपैयाँ नगद चोरेको पाइएको छ । घरमा चोरी भएको बारे मन्त्रीको दिदी नाता पर्नेले प्रहरीमा जानकारी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार उक्त घर विगत तीन महिनादेखि बन्द थियो ।उक्त घरको दोश्रो तलाको ग्रिल फोडेर चोरी गरेको प्रहरीले जनाएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको छ ।चोरले मन्त्रीको घरबाट सुनको औंठी, सिक्
सुनसरी — कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लाका विभिन्न सिमा नाकाहरुमा तस्करीको गतिविधि दिन प्रतिदिन बढ्दो क्रममा छ। गुप्त अनुसन्धान अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सेटिङमा भारतबाट भित्रिने विभिन्न सामानमा दर रेट तोकेर पैसा असुली गर्दै तस्करहरूलाई सहज रुपमा भन्सार नाका पार गराउने कार्य भइरहेको छ।जिटिभीले गरेको गुप्त स्ट्रिङ अपरेसनमा घुस्की, कप्तानगञ्ज र हरिपुरजस्ता नाकाबाट दैनिक करोडौंको तस्करी भइरहेको प्रमाण फेला परेको छ। फिल्मी शैलीमा सशस्त्र प्रहरीको आँखै अगाडि खुलेआम तस्करी हुँदा समेत प्रशासन मौन रहेको देखिनुले आम नागरिकमा गहिरो शंका उत्पन्न गराएको छ।जिटिभीको रिपोर्ट अनुसार सशस्त्र प्र
अछाम, ४ जेठ । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक दुइ जना पक्राउ परेका छन् । चौरपाटी गाउँपालिका–१ बस्ने २६ वर्षीय डबल बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उता, दाङमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा बस्ने ७५ वर्षीय गिरीराज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट ख
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। शुक्रबार बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतले हाजीर जमानीमा वकिलको जिम्मा लगाएर छाड्न आदेश दिएको हो ।अदालतका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार न्यायाधीशहरू कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश गरेको हो।उक्त रिटमा अदालतको आदेशानुसार उनलाई विहीबार उपस्थितमात्रै गराएर लगिएको थियो भने शुक्रबार (आज) सुनुवाइ भएको हो। उनकी पत्नी सरिका कार्कीले गैरकानुनी थुनामा राखेको भन्दै वैशाख ३० गते दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा स
रौतहट २ जेठ । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै नवविवाहीता मुस्लिम महिलाको मृत्युको घटना संग जोडिएका मुख्य आरोपी मृतकको श्रीमान माथि दुरुत्साहन मुद्दा दर्ता भएको छ।घटनालाई दबाउन दोषी लाई कारवाही बाट बचाउन बिचौलियाको चलखेल लाई चुनौती दिँदै ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको हो।बिचौलियाले प्रहरी सँगै पीडित परिवार लाई अनेकन दवाब र प्रभावमा पार्न चलखेल सुरु गरेका थिए तर एसपी नेत्र मणि गिरीको निर्देशन तथा ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी राजन कार्कीको सुझबुझले दोषीलाई कारबाहीको दायरामा ल्याउन मुद्दा दायर गरिएको हो।कटहरिया- ३ बड़ेरवा टोलमा घ
काठमाडौं— भक्तपुरमा अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४ घण्टामा आठ जना कारोबारीलाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट भक्तपुर आएर बसोबास गर्नेहरुले यहाँ कारोबार बढाएको र जिल्लावासी युवापुस्तालाई लागुऔषध बिक्री गर्ने गर्दा सेवनकर्तासमेत ह्वात्तै बढेको प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । उनले प्रहरी वृत्त र प्रहरी परिसरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रबाट २४ घण्टामा लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको जानकारी दिए । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी न
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.