अपराध

    Showing 691-700 of 2,232 items.
  • विदेश पठाइदिने प्रलोभनमा १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीका लागि कुक आइल्याण्ड पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा–९ बस्ने ३१ वर्षीय रोज बहादुर श्रेष्ठ रहेका छन्।उनले आइसल्याण्डमा कुक पदमा आकर्षक तलब पाइने प्रलोभन देखाई एक पीडितबाट १२ लाख ४० हजार रुपैयाँ असुल गरेर सम्पर्कविहीन भएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार कागेश्वरी मनोहरा–७ बाट पक्राउ गरेको हो।पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 565 पटक पढिएको
  • ६० केजी सुन तस्करी प्रकरण: पुर्पक्षका लागि थुनामा रहेका चार जना आदेश बदरको माग राख्दै सर्वोच्च पुगे

    काठमाडौं— ६० केजी सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चार जना सर्वोच्च अदालत पुगेका छन् । थुनामा रहेका भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयल, मनोजराज श्रेष्ठ, चिनियाँ नागरिक कुङ्गा टासी शेर्पा भनिने गेङ्गा शाशी, मिङ सिङ टेरेन्स सी जिल्ला र उच्चको आदेश बदरको माग राख्दै सर्वोच्च पुगेका हुन् ।काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर उच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेपछि चारै जना सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा चारै जनाले दिएको निवेद

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 509 पटक पढिएको
  • गोली हानाहान हुँदा पूर्वी अस्ट्रेलियामा तीन जनाको मृत्यु

    सिड्नी— अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।राज्यको प्रहरीले विज्ञप्ति जारी गर्दै आपतकालीन सेवाहरूको सहयोगमा सिडनीको ४५० किलोमिटर पश्चिमको सानो शहर कार्गेलिगो तालमा गोली हानाहान भएकोे घटनास्थलमा सुरक्षा तैनाथ गरिएको जनाएको छ ।गोली हानाहानमा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । एक जना व्यक्तीलाई गम्भिर अवस्थामा अस्पताल लगिएकोसमे प्रहरीले जनाएको छ ।प्रहरीले सर्वसाधारणलाई यस क्षेत्रबाट टाढा रहन र स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । बन्दुकधारी “संदिग्ध घरेलु हिंसा आक्रमण“

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 522 पटक पढिएको
  • बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी

    काठमाडौं— नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भाषण गर्दा भनेको ‘मधेसी छौरा’का सन्दर्भमा आफूले गरेको टिप्पणप्रति क्षमा मागेका छन्। गत सोमबार रास्वपाले जनकपुरमा आयोजना चुनावी सभालाई सम्बोधनका क्रममा मैथिली भाषामा बोल्ने प्रयास गर्दै भनेका थिए, ‘मधेसी छौरा पीएम बन्ने वाला है।’मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयमा केही व्यक्तिले गलत नियतले प्रचार गरेको भन्दै एमाले सचिव बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्। ‘बालेन भाइले ‘म मधेसको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 548 पटक पढिएको
  • अभियोग हटाउने निर्णयविरुद्ध रविको रिटमा सुनुवाइ

    काठमाडौंं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ ।न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटको सुनुवाइ हुनेछ । यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा अभियोग हटाउने निर्णय प्रथम दृष्टिमै गैरकानुनी र स्वेच्छाचारी भएको दाबी गर्दै बदर गर्न माग गरिएक

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 527 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

    मोरङं— मोरङको विराटनगर महानगरपालिका–४ बाट लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।माघ ६ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा को ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा सवार शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ निवासी ३५ वर्षीय सुदिन मन्सुरी रहेका छन्। उनको साथबाट १४० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।त्यसैगरी, इटहरी उपमहानगरपालिका–५ निवासी ५० वर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट पक्राउ गरिएको हो। प्रहरीक

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 452 पटक पढिएको
  • दक्षिण लेबनानमा इजरायली हवाई हमला, आठ पत्रकारसहित १९ घाइते

    काठमाडौं— लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार बुधबार दक्षिण लेबनानमा भएको इजरायली हवाई हमलामा आठ पत्रकारसहित १९ जना घाइते भएका छन्।लेबनानको इजरायली सेनाले दिउँसो निष्कासनको चेतावनी जारी गरेपछि केनारितसहित विभिन्न शहर र गाउँहरूमा आक्रमण गरिएको थियो, जहाँ सातभन्दा बढी भवनमा भीषण बमबारी भयो।आक्रमणको स्थलगत रिपोर्टिङका क्रममा आठ पत्रकार घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये दुई जनालाई आईसीयूमा भर्ना गरिएको छ भने बाँकीको अस्पताल र आकस्मिक कक्षमा उपचार भइरहेको छ। इजरायली सेनाले घटनाबारे हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 526 पटक पढिएको
  • नदी दायाँ–बायाँ थप २० मिटरमा निर्माण रोक्ने निर्णय खारेज

    काठमाडौं— काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका नदी तथा खोलाको दायाँ–बायाँ निजी जग्गामा भवन निर्माण अनुमति रोक्का नरहेको स्पष्ट गरेको छ।महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार, काठमाडौं महानगरपालिका समेत विपक्षी रहेको ०६७–०–१००२ नम्बरको उत्प्रेषणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशका आधारमा नदी किनारामा थप २० मिटर क्षेत्रलाई लिएर गरिएको रोक्का अब लागू नहुने जनाएको हो।यसअघि संवत् २०५१ साल साउन २४ गतेको प्रमुखस्तरीय निर्णयअनुसार, मिति २०६५/०८/०१ मा मन्त्रिपरिषद्बाट निर्धारित मापदण्डभन्दा अतिरिक्त थप २० मिटर क्षेत्रभित्र भवन निर्माण अनुमति नदिने तथा निर्

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 526 पटक पढिएको
  • माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता

    रौतहट— पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ मा उजुरी दर्ता भएको छ । सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् ।उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ । पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर उजुरीमा गरिएको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 454 पटक पढिएको
  • जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय

    काठमाडौं— जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।सन् २०२२ मा भएको उक्त घटनाले जापानसहित विश्व समुदायलाई स्तब्ध बनाएको थियो । ४५ वर्षीय यामागामीले चुनावी अभियानका क्रममा आबेमाथि गोली प्रहार गरेको स्वीकार गरेका थिए । सरकारी वकिलहरूले यो हत्या “जापानको युद्धपछिको इतिहासमै अभूतपूर्व” भएको उल्लेख गर्दै समाजमा गम्भीर असर परेको तर्कसहित आजीवन कारावासको माग गरेका थिए ।यामागामीका कानुन व्यवसायीहरूले भने अधिकतम २० वर्ष कैद सजाय माग गरेका थिए । घटनापछि सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठेको थियो । नारा

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 487 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.