अपराध

    Showing 551-560 of 2,232 items.
  • धनुषामा ठुलो परिमाणमा अवैध सामान बरामद

    धनुषा— मधेस प्रदेश प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ मा छापा मारेर ठुलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको छ ।तुलसीयाही प्रहरी चौकीदेखि करिब ४०० मिटर पूर्वतर्फ शिव सरन महतोको कुटानी–पिसानी मिल पछाडि गोप्य रूपमा राखिएका १२ वटा बोरामा विभिन्न मोडलका जुत्ता, मोबाइल कभर र लेडिज चप्पल फेला परेको छ ।बरामद सामानको मूल्य करिब सात लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बरामद सामान इलाका प्रहरी कार्यालय फुलगामा बुझाइएको छ र थप अनुसन्धान सुरु गरिएको छ । घटनास्थल उक्त कार्यालयदेखि करिब ७ किलोमिटर टाढा पर्ने बताइएको छ ।मधेस प्रदेश प्रहरीले गोप्य सूचनाका आध

    • प्रकाशित मितिः चैत २, २०८२
    • 505 पटक पढिएको
  • लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

    काठमाडौं— कपिलवस्तुको कृष्णनगर नगरपालिका(३ चैपुरवाबाट लागूऔषध खैरो हेरोइनसहित २ जनालाई प्रक्राउ गरेका छन् । आइतबार बिहान प्रहरीले लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा विजयनगर गाउँपालिका–४ बर्गदवा बस्ने ३७ वर्षीय मतिउल्ला मुसलमान र सोही गाउँपालिका२ टाँडी बस्ने ३२ वर्षीय तुल बहादुर श्रीस रहेका छन् ।इलाका प्रहरी कार्यालय कृष्ण नगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २, २०८२
    • 507 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जना पक्राउ

    विराटनगर— मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीया मोनिका चौधरी, पृथ्वी कुमार सिंह र कृष्ण कुमार सिंह रहेका छन् ।फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोक स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका– ८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई संचालन गर्दै आएको शिवमहिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वतरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT&nbs

    • प्रकाशित मितिः चैत १, २०८२
    • 507 पटक पढिएको
  • नेपालीसहित १० जनालाई २ लाख अमेरिकी डलरको सजायसहित २ वर्ष जेल पठाउँदै युएई

    काठमाडौं— मध्यपूर्वमा जारी तनावसम्बन्धी एआई प्रयोग गरेर भ्रामक सामग्री फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्स (यूएई) मा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना नेपाली नागरिक पनि रहेका छन्।गल्फन्युजका अनुसार सामाजिक सञ्जालमा झुटा तथा भ्रामक भिडिओ क्लिप सार्वजनिक गरेको आरोपमा युएईका महान्यायाधिवक्ता Hamad Saif Al Shamsi ले उनीहरूलाई पक्राउ गर्न आदेश दिएका हुन्।पक्राउ परेकामध्ये एक नेपालीको आँखा छोपिएको तस्वीर सार्वजनिक गरिएको भए पनि अन्य विवरण खुलाइएको छैन।अधिकारीहरूका अनुसार ती व्यक्तिहरूले क्षेत्रीय घटनाक्रमको फाइदा उठाउँदै एआईमार्फत नक्कली भिडियो बनाएर जनतालाई भ्रमित पार्ने प्र

    • प्रकाशित मितिः चैत १, २०८२
    • 496 पटक पढिएको
  • स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगदसहित २ जना प्रक्राउ परेका छन् । प्रहरीले शनिबार राति १० लाख ६३ हजार ८४० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटी पोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२–०५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • 544 पटक पढिएको
  • अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब झिक्दै राष्ट्र बैंक

    काठमाडौं— बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ ।केन्द्रीय बैंकले चैत १ गते उक्त रकम तान्न निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने छ ।निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोड रुपैयाँका दरले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा

    • प्रकाशित मितिः चैत १, २०८२
    • 501 पटक पढिएको
  • पोखरामा ग्यास लुकाएर अभाव सिर्जना गर्ने डिलरलाई ५० हजार जरिवाना

    पोखरा— पोखरामा खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक ग्यास डिलरलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरस्थित भण्डारी ट्रेडर्समा ४८ थान भरिएका सिलिन्डर लुकाएर राखेको तथा एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्ने उपकरणसहित फेला परेपछि कारबाही गरिएको हो।उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको प्रशासनले जनाएको छ। भेटिएका सिलिन्डर तत्काल उपभोक्तालाई बिक्री गर्न निर्देशन दिइएको छ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • 535 पटक पढिएको
  • सर्लाहीमा दश किलो गाँजासहित युवक पक्राउ

    सर्लाही— सर्लाहीमा दश किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका–११ बाहुनीटोल निवासी २१ वर्षीय सोम तामाङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई बिहीबार राति जिल्लाको लालबन्दी नगरपालिका–१२ पत्थरकोटदेखि जियाजोरतर्फ जाने सडकखण्डबाट गाँजासहित पक्राउ गरिएको हो ।उक्त स्थानमा उनले चलाएको बा ४७ प ८६६४ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको पछाडि सिटमा बाँधेर ल्याइएको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १० किलो ४१४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।बरामद गाँजासहित तामाङलाई पक्राउ गरी लागुऔषध गाँजा सम्बन्धी मुद्दामा जिल्ला

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 437 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ

    विराटनगर— मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध र गाँजा सहित एक फार्मेसी सञ्चालिका र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थित शिव महिमा मेडिकल हल फार्मेसीबाट ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी चौधरीले सटर भाडामा लिएर सञ्चालन गर्दै आएको उक्त फार्मेसीमा प्रतिबन्धित लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इला

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 445 पटक पढिएको
  • महावीर पुनलाई अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका गुरुङ हिरासतमुक्त

    पोखरा— पोखरामा किताब बेचिरहँदा सांसद महावीर पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् ।२५ फागुनमा पृथ्वीचोकमा किताब बेचिरहेका महावीरसँग भनाभन गर्ने क्रममा अपमान भएको भन्दै आलोचना बढेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बुधबार गुरुङलाई पक्राउ गरेको थियो । प्रश्न गरेकै आधारमा पक्राउ गरिएको भन्दै आलोचनासमेत भइरहेको थियो ।सांसद महावीर नै मुद्धा अगाडि बढाउन अनिच्छुक भएपछि थुनामुक्त गरिएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।‘पूर्वमन्त्री तथा सांसदलाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार भएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि बोलाए

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 481 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.