काठमाडौं— सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखककी पत्नी यशोदाले दिएको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको जाँचबुझ गर्ने गठित गौरीबहादुर आयोगको प्रतिवेदनले फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेपछि बालेन्द्र शाह नेतृत्वको सरकारले लेखकलाई शनिबार पक्राउ गरेको थियो ।
काठमाडौं— बलात्कार आरोपमा कैलाली र संखुवासभाबाट दुईजना पक्राउ परेका छन् ।कैलालीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका-७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । अमनले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीकाआधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै, संखुवासभामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चैनपुर नगरपालिक-७ फलाटे बस्ने १९ वर्षीय निसान कार्की आइतबार साँझ पकउ परेका छन् । निसानले ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएक
काठमाडौं— लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् ।सांसद शर्मालाई आइतबार राति काठमाडौंको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो ।एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ ।प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो ।
काठमाडौं— चन्द्रागिरी नगरपालिका–२ नाग ढुङ्गाबाट नियन्त्रित लागू औषध ट्राम डोल ३६ हजार ५०० ट्याब्लेटसहित पर्सा पकहाँ मैनपुर गाउँपालिका–५ बस्ने २२ वर्षीय सतेन्द्र प्रसाद चौर सिया समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नाग ढुङ्गाबाट खटिएको प्रहरीले वीर गन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख १८०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगन्ज महानगरपालिका१६ शङ्कराचार्य गेटबाट लागू औषध गाँजा करिब ७ किलो ५०० ग्रामसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरे
काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ आज हुने भएको छ । आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको हो ।गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै ओलीकी पत्नी राधिका शाक्यले र लेखकका तर्फबाट यशोदा लेखकले सर्वोच्चमा आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।यसैगरी, पूर्व लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुुनुवाइ पनि आजै नै हुनेछ ।प्रहरीले ओली र नेता लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो ।ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न
सर्लाही— युवकमाथि भएको चक्कु प्रहार घटनाका आरोपितहरू अझै पक्राउ नपरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार पीडित मुकेश कुमार ठाकुरले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् ।२०८१ चैत १ गते साँझ करिब ८ बजे बस बरिया गाउँपालिका–२, मानपुर ब्यारेज नजिक सडकमा ठाकुरमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा रिफर गरिएको थियो ।घटनापछि पीडित पक्षले इलाका प्रहरी कार्याल
काठमाडौं— काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आइतबार तनावपूर्ण अवस्था सिर्जना भयो। केपी शर्मा ओली को रिहाइको माग गर्दै सडकमा उत्रिएका नेकपा एमाले का कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।माइतीघरबाट बानेश्वरतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई रोक्ने क्रममा स्थिति बिग्रिएको थियो। प्रदर्शनमा सहभागीहरूले रमेश लेखक को रिहाइको समेत माग गरेका थिए।यो घटनाको पृष्ठभूमि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग जोडिएको छ। उक्त आन्दोलनबारे अनुसन्धान गर्न बनेको गौरीबहादुर कर्की आयोग ले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथि फौजदारी कसूरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा
काठमाडौं— नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउको मागको निवेदन लिएर शोभा पाठक जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छिन् ।बलात्कारको आरोप लगाउँदै बस्नेतविरुद्ध उनले यसअघि नै उजुरी दिइसकेकी छिन् ।उनी आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयमा सचिव बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पुगेकी हुन् ।उनले कार्यालय परिसरमा पत्रकारसँगको कुराकानीमा नयाँ सरकारले आफूलाई न्याय दिलाउने विश्वास व्यक्त गरिन् ।पहिले नै पक्राउ पर्नुपर्ने बस्नेतलाई केपी ओलीले आफूसँगै थुनामा स्याहार गर्न लैजान राखेको उनको आरोप छ ।‘मलाई हेरेर न्याय दिने होइन्,सयौं प्रमाण हेरेर न्याय दिनुहुन्छ भन्ने विश्वास छ
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा आज पुनः सुनुवाइ भइरहेको छ।महान्यायाधिवक्ता कार्यालयले सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गरेको निर्णयविरुद्ध दायर रिटमाथि बहस जारी रहेको हो।यसअघि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त विषयमा दुवै पक्षको बहस सम्पन्न भइसकेको छ। अदालत स्रोतका अनुसार अब थप सुनुवाइ आवश्यक नदेखिएकाले आजै निर्णय सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ।मुद्दा न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान सम्मिलित इजलासमा विचाराधीन छ।
काठमाडौं— नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित भएका छन् ।जेनजी आन्दोलनमा दमन गरेको आरोपमा लेखकलाई शनिबार आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।शनिबार सार्वजनिक बिदा भएकाले उनलाई प्रहरीले आइतबार अदालत उपस्थित गराएको हो ।नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भर्चुअल माध्यमबाट अदालतमा उपस्थित हुँदैछन् ।शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल माध्यमबाट गराउने भएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.