अपराध

    Showing 331-340 of 1,542 items.
  • कारमा आगो लगाएर जङ्गलमा छोडियो, प्रहरीको अनुसन्धान सुरु

    झापा— झापाको मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामुदायिक वनभित्र आज बिहान एक कार जलेको अवस्थामा फेला परेको छ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी खण्डको सडकबाट करिब २०० मिटर भित्रको जङ्गलमा उक्त कार पूर्णरूपमा जलेको अवस्थामा भेटिएको हो।खड्काका भनाइमा, “कार जलिरहेको अवस्थामा फेला परेको हो। कसले र किन आगजनी गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।” कारको नम्बर प्लेटसमेत जलेको बताइएको छ।हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलका अनुसार स्थानीयले बिहान सबेरै कारलाई सडकबाट जङ्गलतर्फ लैजाँदै गरेको देखेका थिए। के

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 516 पटक पढिएको
  • जिल्ला अदालत काभ्रेमा उपस्थित भए खगेन्द्र

    काठमाडौं— श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनार आज काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका छन्।अधिवक्ता मनिषा गौतमको जाहेरीमा सुनार आज बयानका लागि अदालतमा हाजिर भएका हुन्। सुनार विद्युतीय कारोबार सम्बन्धी मुद्दाका फरार प्रतिवादी थिए। मन्त्रीमा सिफारिस भएपछि उनको विरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो।काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी जारी गरेको थियो। गौतमले सामाजिक सञ्जालमा भएको गालीगलौजको स्क्रिनसट प्रमाणसहित विद्युतीय अपराधको मुद्दा दायर गरेकी थिइन्।आज बयान सकिएपछि अदालतले थुनछेक बहस गर्ने तयारी गरेको छ।सु

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 480 पटक पढिएको
  • रवि लामिछाने र छवि ओझाबीचको कानुनी लडाइँ अझै लम्बिँदै, सुनुवाइ स्थगित

    काठमाडौं— सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासले जोशीका कानुन व्यवसायीको अनुरोधमा पेशी स्थगित गर्ने निर्णय गरेको हो।बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्ना हिस्साको बिगो रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 510 पटक पढिएको
  • ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले गरिन् आत्महत्या

    डोटी—  विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक शिक्षिकाले आत्महत्या गरेकी छन् । डोटी जिल्ला स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काले आत्महत्या गरेकी हुन् ।जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत एक जना विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे ज्यान लिने धम्की दिएको सुसाइड नोट फेला परेको शिक्षिका खड्काले आत्महत्या गरेको खुलासा भएको हो ।खड्का डोटीको पूर्वीचौकी गाउँपालिका– १ की स्थायी बासिन्दा हुन् । उनलाई विवाहका लागि दाबाब दिनेमा डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई ज

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 523 पटक पढिएको
  • देशभर अवैध लागूऔषधसहित २४ जना पक्राउ

    काठमाडौं— देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २४ जना पक्राउ परेका छन्। सुनसरी, बाँके, बर्दिया, सल्यान, कैलाली, पर्सा, कास्की, तनहुँ र झापा जिल्लामा प्रहरीले छापामारी गर्दा ब्राउनसुगर, ट्रामाडोल, स्पास्मो, नाइट्राजेपाम, डाईजेपाम, फेनारगन, नुर्फिन लगायतका लागूऔषध बरामद गरेको हो।पक्राउ परेकामध्ये केही भारतबाट नेपालतर्फ लागूऔषध ल्याउँदै गर्दा र केही आफ्नै घर तथा सवारीसाधनमा लुकाइराखेको अवस्थामा पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइ अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 428 पटक पढिएको
  • ढल्कुबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–१८, ढल्कु क्षेत्रबाट प्रहरीले अवैध पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ का २३ वर्षीय समिर श्रेष्ठ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली रहेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र १२ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनीहरू विरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 435 पटक पढिएको
  • गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा

    काठमाडौं—  गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् ।जेनजी प्रदर्शनपछि व्यवसायीलाई ‘धम्क्याएको’ आरोपमा असोज १९ गते टोखाबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार ७ हजार धरौटीमा रिहा गरेको हो ।नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखास्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइलाई अदालतको आदेश अनुसार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।उनी यसअघि पनि विभिन्न कसुरमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए । सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 433 पटक पढिएको
  • तारकेश्वरमा लुटपाट गर्ने दुई जना पक्राउ

    काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–५, गोलढुंगा फूलबारी गेट नजिक बुधबार राति भएको लुटपाट प्रकरणमा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–५ का २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका–१० का २३ वर्षीय मनोज चौधरी रहेका छन्। बुधबार राति करिब ११ बजे बा ४२ प ४०६९ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएका उनीहरूले धारिलो हतियार देखाएर एक युवकसँग रहेको ब्याग लुटेका थिए।घटना सम्बन्धि जानकारी पाएपछि डयुटीमा खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरी लुटिएको ब्याग पनि बरामद गरेको जनाएको छ।लुटिएको ब्यागमा केही नगद, ‘रोलेक

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 400 पटक पढिएको
  • जग्गा विवादका कारण महिलामाथि कुटपिट, नौ जना घाइते

    सर्लाही— सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा जग्गा विवादका कारण एक परिवारमाथि कुटपिट भएको छ। घटनामा नौ जना घाइते भएका छन्।स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी श्रीमती र छोरीमाथि आक्रमण गरेको पीडित पक्षले बताएको छ।पीडित हृदय रायका अनुसार उनीहरूको परिवारमाथि यसअघि पनि पटक–पटक आक्रमण भए पनि स्थानीय प्रशासनले कुनै कारबाही नगरेको गुनासो छ। घटनापछि प्रहरी चौकी भवानीपुरमा उजुरी दिन जाँदा प्रहरीले उजुरी लिन अस्वीकार गरेको र पछि इलाका प्रहरी कार्यालय बरहथवामा गए पनि उजुरी दर्ता नभएको पीडितको भनाइ छ ।घाइतेहरूको अहिले बरहथवा स्थित गोल्डेन हस्पिटलमा उपचार भइरहेको

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 417 पटक पढिएको
  • पैदलयात्रीको सिक्री लुटेर बेच्ने पाँच जना पक्राउ

    काठमाडौं— राजधानीका सडकमा पैदलयात्रीको सिक्री लुट्ने समूहका पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राज लामा, दुर्गबहादुर मगर, दिलबहादुर विक, गोविन्द सुनार र दिपेश रसाइली रहेका छन्।स्वयम्भु प्रहरी वृत्तको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। लामा र मगरले सिक्री लुट्ने र बाँकी तीन जना ज्वेलर्स सञ्चालकले ती सिक्री खरिद गर्ने गरेको प्रहरीले जनाएको छ।प्रहरीले उनीहरूको साथबाट सात तोला सुन, करिब पाँच लाख रुपैयाँ, मोटरसाइकल र मोबाइल बरामद गरेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 436 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा