अपराध

    Showing 1,961-1,970 of 2,232 items.
  • अमेरिकामा गोली हानेर मृत्युदण्ड

    काठमाडौं— अमेरिकी राज्य साउथ क्यारोलिनाका हत्याको अभियोगमा दोषी ठहरिएका ६७ वर्षीय ब्राड सिग्मनलाई फायरिङ स्क्वाडद्वारा मृत्युदण्ड दिइएको छ । अमेरिकामा पछिल्लो पन्ध्र वर्षमा यो विधि प्रयोग गरी मृत्युदण्ड दिइएको यो पहिलो पटक हो । ब्राडलाई तीन स्वयंसेवक जेल कर्मचारीहरूले गोली हानी मारेका थिए । ब्राडले २००१ मा ग्रिनभिलको आफ्नो घरमा आफ्नी पूर्व प्रेमिकाका आमाबाबुको बेसबल ब्याटले हत्या गरेका थिए । उनले आफ्नी प्रेमिकाका आमाबाबुको हत्या गरेर उनकी छोरीलाई अपहरण गरेका थिए । एकतर्फी प्रेममा रहेका ब्राडले आफ्नी प्रेमिकालाई रोमान्टिक सप्ताहन्तमा टाढा लैजाने र त्यसपछि उनीसँगै आत्महत्या गर्ने योजनामा ​​

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 441 पटक पढिएको
  • लागु औषध समस्या रोकथाम जटिल बन्दै

    सुदूरपश्चिम । तपाइँ आफ्ना छोराछोरीले दैनिकगर्ने आनिबानी एवं गतिविधिका बारेमा सचेतता अपनाइरहनु भएको छ, छैन ? छोराछोरीले गर्ने व्यवहार एवं आनिबानीका बारेमा सचेतता अपनाउनु भएको छैन भने उनीहरूमध्ये धेरै कुलतमा फसिरहेका हुनसक्छन् । पढ्न जाने वा घर बाहिरको कामगर्न जाने बहानामा कुलतमा फसेका साथीभाईको सङ्गतमा लागेर धेरै युवा एवं वयस्क व्यक्ति लागु औषधको कुलतमा फसिरहेका घटना बढ्दै गएका छन् । यीमध्ये कतिपय युवती पनि यस्तो कुलतमा फस्ने गरेको पाइएको छ ।दिनैपिच्छे कैलालीसहितका जिल्लामा प्रहरी टोलीले लागु औषधसहित विभिन्न व्यक्ति धमाधम पक्राउ पर्नथालेको पनि छ ।लागु औषधको सेवन र ओसारपसारमा फस्नेमध्ये अधि

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 574 पटक पढिएको
  • भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर

    लुम्बिनी । राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।राजस्व चुहावट गरेको कसुरमा राजस्व कार्यालय बुटवलले अनुसन्धान गरी काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसमेत चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा गरिएको हो । उक्त काठमाडौँको डाइमण्ड इन्टरनेसनलको बिल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेलाई बेचेको देखाइ एक सय वटाको बिल काटी दुई हजार छ सय भेप भेरी ढुवानी सेवाको साधन प्रयोग गर

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 445 पटक पढिएको
  • गाउँपालिका अध्यक्ष लागूऔषध कारोबारमा दोषी ठहर

    काठमाडौं— नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागूऔषध कारोबारमा दोषी ठहर भएका छन् । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दोषी ठहर गरेको हो ।अध्यक्ष गुप्ता कसैबाट लागुऔषध बरामद नभए पनि अप्रत्यक्ष संलग्न रहेको भन्दै दोषी ठहर गरिएको हो ।धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ । गुप्ता माओवादी केन्द्रबाट दोस्रोपटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 472 पटक पढिएको
  • विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१७ घर भई ललितपुर, सोही महानगरपालिका–१४ बस्ने ४६ वर्षीय अंगदकुमार जोशी, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने ४७ वर्षीय जगदिश्वर पनेरू र उदयपुर उदयपुरगढी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ३३ वर्षीया नरमाया कार्की रहेका छन् । अंगदले जापान पठाइदिन्छु भन्दै एकजनाबाट ११ लाख ६० हजार रूपैयाँ, जगदीश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट दुई लाख रूपैय

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 340 पटक पढिएको
  • हत्या अभियोगमा कांग्रेसका स्थानीय नेता काठमाडौं पक्राउ

    कञ्चनपुर— हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए।बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको एसपी जोशीले बताए । नेपाली कांग्रेस कञ्चनपुरका सदस्यसमेत रहेका बोहरामाथि वेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको आरोप छ।एसपी जोशीका अनुसार बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेका थिए। तत्कालीन समयमा

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 337 पटक पढिएको
  • जुवाको खालबाट कांग्रेस-एमालेका स्थानीय नेता पक्राउ

    काठमाडौँ । शंखरापुर नगरपालिका–३ जरसिंह पौवास्थित एक रिसोर्टमा जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ परेकामध्ये कांग्रेस–एमालेको नेताहरू पनि रहेको खुलेको छ ।आइतबार साँझ प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले ११ जनालाई जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । ज्ञानबहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टबाट ज्ञानबहादुरसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षको बुलेटिनमा उल्लेख छ । प्रहरीले उनीहरूबाट ५ लाख ३३ हजार २ सय र ३ बुक तास बरामद गरेको थियो । पक्राउ परेकामध्ये केही भने स्थानीय नेताहरू पनि रहेको खुलेको छ ।पक्राउ परेका रामबहादुर तामाङ स्थानीय न

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 336 पटक पढिएको
  • विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

    काठमाडौँ —वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घर भई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका-५ कमदी घर भई काठमाडौँ महानगरपालिका-१४ बस्ने ५२ वर्षीय पशुपति खत्री रहेका छन् ।  पक्राउ मध्ये भूमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ र पशुपतिले १ जना पीडितबाट २ लाख २३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपरा

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 415 पटक पढिएको
  • विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ

    काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।गएराति फलाइ दुबइको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभलाई सुनसहित पक्राउ गरिएको भित्रुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।उनले भने, ‘गएराति फलाइ दुबइको उडानमार्फत काठमाडौँ आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले चेक जाँच गर्ने क्रममा  सुनसहित फेला पारी प

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 452 पटक पढिएको
  • महाशिवरात्रिका दिन आज पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

    काठमाडौँ । महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, ‘महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।’पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 447 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.