अपराध

    Showing 1,641-1,650 of 2,232 items.
  • अपहरण र लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ

    विराटनगर : अपहरण र लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का करिब २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का करिब २५ वर्षीय तासिब अन्सारी रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।  एक जना भने फरार रहेको प्रहरीले जनाएको छ। आफूलाई प्रहरी बताउने ३ जनाको समूहले विराटनगरमा एक जनालाई अपहरण गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार लुटपाट गरेपछि उनलाई उक्त समूहले छाडेको थियो।   

    • प्रकाशित मितिः असार १६, २०८२
    • 435 पटक पढिएको
  • बारा प्रहरीद्दारा फरार १२ प्रतिवादी पक्राउ

    बारा, १६ असार। बारा जिल्लाभर विभिन्न आपराधिक अभियोगमा लामो समयदेखि फरार रहेका १२ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय, बाराले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार,  असार १५ गते खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकीछिपी बसेका ती व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।पक्राउ पर्नेहरूमा लागुऔषध गाँजासँग सम्बन्धित मुद्दा, बैदेशिक रोजगारी सम्बन्धी ठगी, वहुविवाह, सरकारी छाप कीर्ते, ज्यान मार्ने उद्योग, बैंकिङ कसुर, मानव बेचबिखन, र लेनदेन जस्ता विविध आपराधिक मुद्दामा संलग्न रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङ्गले न्

    • प्रकाशित मितिः असार १६, २०८२
    • 316 पटक पढिएको
  • पर्सामा लागुऔषधका एक सय १४ मुद्दा दर्ता

    वीरगञ्ज (पर्सा), १६ असारः पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्मका अवधिमा जिल्लामा लागुऔषधसम्बन्धित एक सय १४ मुद्दा दर्ता भएका छन् ।  जिल्लाको एक सय सात किलोमिटर छिमेकीमुलक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागुऔषधको तस्करीसम्बन्धित गतिविधि बढेको जनाइएको छ । पर्साका प्रहरी प्रमुख गौतम मिश्रले चालु आर्थिक वर्षको असार १२ गतेसम्म लागुऔषध कारोबारमा संलग्न रहेको जनाउँदै स्वदेशी तथा विदेशी गरेर एक सय ५१ जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।‘‘लागुऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै ९८ नेपाली पुरुष र  छ जना नेपाली महिला पक्राउ

    • प्रकाशित मितिः असार १६, २०८२
    • 369 पटक पढिएको
  • एक युवतीले तीन तलाबाट हामफालेर भइन घाइते

    चितवन— चितवनमा एक युवती घरको छतबाट हामफालेर घाइते भएकी छिन् । गएराति करिब पौने एक बजेको समयमा रत्ननगर नगरपालिका–२ हस्पिटल रोडस्थित फ्युस फार्मेसीमा काम गर्ने २२ वर्षीया राधिका गुरुङ सोही फार्मेसी रहेको घरको तेस्रो तलाबाट हामफाल्दा टाउको र कम्मरमा चोट लागी गम्भीर हालतमा उपचारको लागि भरतपुरस्थित मेडिकल कलेजमा ल्याइएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ घर भएकी राधिका सोही फार्मेसीका सञ्चालक अं.वर्ष २८/२९ को योगेश अधिकारीसँग विवाद भई छतबाट हामफालेकी भन्ने सामान्य जानकारी आएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय रत्ननगरबाट प्रहरी निरीक्षक जयनेपाल थापाको कमाण्डमा टोली खटिएर थप अनुसन्

    • प्रकाशित मितिः असार १६, २०८२
    • 405 पटक पढिएको
  • काठमाडौं अदालतबाट भागेका थुनुवा पक्राउ

    काठमाडौं— काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा पक्राउ परेका छन्। आइतबार बिहान पौने ११ बजे जिल्ला अदालत काठमाडौंबाट २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही भागेका थिए।उनलाई प्रहरीले साँझ ५ बजेतिर गोंगबु बसपार्कमा रहेको मल क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।रुकुम पश्चिम घर भई गोंगबु बस्ने शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेले जेठ २० गते पक्राउ गरेको थियो।चोरी मुद्दामा अनुसन्धान सकेर उनलाई थुनछेकका लागि अदालतमा लगिएको थियो। अदालतको पहिलो तलामा रहेको ४ नम्बर इजलासमा उनको थुनछेक भइरहेको थियो ।प्रहरीका अनुसार झ्यालबाट हाम फालेपछि उनले लगाइरहेको ज्याकेट फुकालेर हतकडी लुकाए

    • प्रकाशित मितिः असार १६, २०८२
    • 397 पटक पढिएको
  • बयानका लागि लगिएका एक थुनुवा जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार

    काठमाडौं—  बयानका लागि लगिएका एक थुनुवा हतकडीसहित जिल्ला अदालत काठमाडौंबाट आइतबार फरार भएका छन्। फरार हुने थुनुवा पश्चिम रुकुम घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २१ वर्षीय निराजंग ठकुरी उर्फ दशरथ शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी गत जेठ ३० गते चोरीको अभियोगमा पक्राउ परेका थिए।प्रहरीका अनुसार शाहीलाई अदालतमा बयानका लागि ल्याइएको थियो। सो क्रममा उनले शौचालय जानुपर्ने बहाना बनाएर हतकडीसहित फरार भएका हुन्। घटनापछि प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले शाही फरार भएको पुष्टि गर्दै भने, 'थुनुव

    • प्रकाशित मितिः असार १५, २०८२
    • 574 पटक पढिएको
  • पर्सामा लागुऔषध कारोवारको जालो तोडिदैँ, एकै बर्ष १५१ कारोबारी पक्राउ

    बिरगंज १५  असार। लामो समय देखि लागुऔषध कारोवारको हब बन्दै गएको पर्सा जिल्लामा प्रहरीले सञ्चालन गरेको नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको छ।जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले पुरै एक्सनका साथ सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियानको प्रभावकारी भएको छ । पर्सा जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले यस आर्थिक वर्षमा ठूलो परिमाणमा अनेक प्रकारका लागुऔषध बरामद गरेको छ। त्यस्तै कारोवारमा संलग्न तथा ठूलो संख्यामा दुर्व्यसनी लाई कारवाहीको दायरामा ल्याईएको छ।यस आर्थिक वर्षको साउन महिनादेखी गत असार १२ गतेसम्म प्रहरीले १५ क्विन्टल ६१  किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ। त्यस

    • प्रकाशित मितिः असार १५, २०८२
    • 400 पटक पढिएको
  • भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही

    काठमाडौं  -  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन् । उनले संसदमै आवाज उठाउँदै यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे ।उनले भने, ‘लामो समयदेखि संसदमा भिजिट भिसा प्रकरणमा छानविन गरौं भनिरहेका छौं । यो कुनै राजनीतिक दाउपेचको कुरा होइन् । म सरकारमा रहेका दलहरुलाई पनि मेरो अनुरोध छ त्यहाँ भिजिट भिसामा विक्रीमा परेका मान्छेहरु  रास्वपा, राप्रपा र अन्य दलका मात्रै होइनन् । त्यहाँ क

    • प्रकाशित मितिः असार १५, २०८२
    • 325 पटक पढिएको
  • बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— प्रहरीले ललितपुरको एकान्तकुनाबाट बलात्कार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका २३ वर्षीय अमृत गैरे भन्ने अमृत सार्कीलाई पक्राउ गरेको छ । गैरे बलात्कार मुद्दामा फरार प्रतिवादी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । गैरेलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको एसपी बोहराको भनाइ छ ।

    • प्रकाशित मितिः असार १५, २०८२
    • 557 पटक पढिएको
  • लागुऔषध प्रयोगकर्ताको नयाँ उपायः भुस प्रयोग गरेर २ क्विन्टलभन्दा बढी गाँजा लुकाएर लैजाँदै गरेका ४ जना पक्राउ

    बारा— बारा प्रहरीले विशेष सुराकीका आधारमा भुसले छोपेर लुकाइएको ठुलो परिमाणको गाँजासहित चार जनालाई पक्राउ गरेको छ। शनिवार बिहान वीरगञ्ज र बाराको सिमानास्थित गण्डक चोकबाट प्रहरीले सो लागुऔषध गाँजा बरामद गरेको हो।प्रहरीका अनुसार बागमती प्रदेश–३–०१–२४ च ४६३० नम्बरको पिकअप भ्यानमा लुकाएर लैजाँदै गरिएको २ क्विन्टल १२ किलो गाँजा बरामद गरिएको छ। साथमा गाँजा तस्करीमा प्रयोग भएको बागमती प्रदेश–२–०२७ प २७०० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नं ४ का रवि कार्की, वडा नं १२ का वीरबहादुर मोक्तान, हेटौंडा–१४ का साजन मोक्तान र धादिङको खाक्रे गाउँपालिका निवा

    • प्रकाशित मितिः असार १५, २०८२
    • 714 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.