अपराध

    Showing 1,211-1,220 of 1,401 items.
  • फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

    काठमाडौं— दुर्गा प्रसाईंलाई फेरि प्रहरीले पक्राउ गरेको छ । कीर्ते कागजात बनाएर प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पटक पटक अभिव्यक्तिका कारण विवादमा आउने प्रसाईंले कीर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिँजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरण सामाजिक सञ्जालमा भाइरल भएका छन् । प्रारम्भिक जाँचका क्रममा प्रसाईंले सार्वजनिक गरेका स

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 513 पटक पढिएको
  • रोमानिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

    काठमाडौं— रोमानिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिल कुमार लामा रहेका छन्।  लामाले रोमानिया पठाइदिने भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • 175 पटक पढिएको
  • गृहमन्त्री लेखकलाई भेटेर एसएसबी महानिर्देशकले के भने ?

    काठमाडौं— गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ।सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल एसएसबीका बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भइरहेको कामका विषयमा छलफल भएको थियो।भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार तथा मानव बेचबिखन नियन्त्रणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग र सहकार्य गर्न जोड दिए।गृहमन्त्री लेखकले जनताले कष्ट नपाउनेगरी सौहार्दपूर्ण वातावरणमा शान्तिस

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 294 पटक पढिएको
  • घर झगडामा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौं–तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमती ३९ वर्षीया प्रतिक्षा श्रेष्ठको बन्चरो प्रहार गरी हत्या गरेका छन्। घाइते अवस्थामा दमौली अस्पताल लगिएकी प्रतिक्षालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। हत्या अभियोगमा ओमनारायणलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धान अनुसार, घटना घरायसी विवादका कारण भएको बताइएको छ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 459 पटक पढिएको
  • पुण्य गौतममाथि आक्रमणमा संलग्न दुईजना पुर्पक्षका लागि थुनामा

    काठमाडौं- जिल्ला अदालत काठमाडौंले सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन लामा भनिने दिलबहादुर गङदान र ३० वर्षीय टासी भनिने सञ्जिव लामालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश सुनाएका हुन् ।गत असोज २१ गते राति गौतममाथि उनको घर नजिक रड प्रहार भएको थियो । सख्त घाइते अवस्थामा उनलाई छिमेकीले उद्धार गरेका थिए । उपचारपश्चात उनको अवस्था सुधारोन्मुख छ ।सो घटनामा प्रहरीले काभ्रेपलान्चोक तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने सञ्जिव लामा र रसुवा नवकुण्ड गाउँपालिका-५ घर भई काठमाडौंको गोकण

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • 320 पटक पढिएको
  • कतारमा फरार अभियुक्त राई पक्राउ, नेपाल ल्याइयो

    काठमाडौं–मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त, ३८ वर्षीय गजेन्द्र वान्तवा राई, कतारमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा राईलाई कतारमा पक्राउ गरी मङ्गलबार नेपाल ल्याइएको हो।राईले २०७८ मङ्सिर ३ गते आफ्नी पत्नी शर्मिला तामाङ राईको हत्या गरेका थिए। त्यसपछि फरार रहेका उनलाई इन्टरपोलले २०८१ जेठ ३२ गते रेड कर्नर नोटिस जारी गरेको थियो। कतारमा लुकिछिपी बस्दै आएको जानकारी पाएपछि नोटिस जारी गरी खोजी गरिएको थियो।धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियुक्त रा

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 410 पटक पढिएको
  • ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

    काठमाडौं–रूपन्देहीको कञ्चन गाउँपालिका–४ का ४५ वर्षीय निर्मल थापालाई ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरिएको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 404 पटक पढिएको
  • चाल्नाखेलमा महिलालाई बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं–चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका–४ का ३७ वर्षीय अमृत लामा र सोही नगरपालिका–२ की २७ वर्षीया कविता परियार रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।प्रहरीका अनुसार पीडित महिलाले विदेश जाने क्रममा चिनाएका एजेन्टले आफ्नो रकम लिई काम नगरेको भन्दै पक्राउ परेकाहरूले उनलाई बन्धक बनाएका थिए। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 348 पटक पढिएको
  • तस्करीको साढे २३ हजार किलो चिनी बरामद

    काठमाडौं— भारतबाट अवैध रुपमा तस्करी गरेर भित्राइएको ठूलो परिमाणमा चिनी भैरहवाबाट बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही र भैरहवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार सिद्धार्थनगर नगरपालिकाका–४ स्थित सुगरमिल क्षेत्रबाट तस्करी गरेर भित्राइएको चिनी बरामद गरेको हो।अवैध रुपमा दुईवटा घरको गोदाम बहालमा लिएर भण्डारण गरिएको ४ सय ७१ बोरा (२३५५० किलो) चिनी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा,रुपन्देहीका प्रमुख डिएसपी चन्द्रकुमार थापाले जानकारी दिए।भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अ

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 448 पटक पढिएको
  • बालिकालाई बन्धक बनाएर यौनधन्दा चलाउने महिला पक्राउ

    काठमाडौं— बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले नुवाकोट तादी गाउँपालिका-३ की हाल कागेश्वरी मनोहरा नगरपालिका -४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई पक्राउ  गरेको हो।मानव बेचविखन अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले बालिका तथा युवतीहरूलाई जबरजस्ती यौनधन्दामा लगाउने गरेको पाइएपछि गोतामेलाई पक्राउ गरिएको बताए।उनीविरुद्ध मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।कार्त्तिक २ गते सीताको घरबाट प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार गरेको थि

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 268 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा