अपराध

    Showing 1,191-1,200 of 2,232 items.
  • इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृत्यु

    काठमाडौं— यमनको राजधानी सानाको ताह्रिर स्क्वायरस्थित दुई पत्रिकाको कार्यालयमा इजरायली हवाई आक्रमण हुँदा ३१ सञ्चारकर्मीको मृत्यु भएको छ । बुधबार बेलुकी भएको उक्त आक्रमणपछि स्थानीय समुदायमा शोक र आक्रोश फैलिएको छ ।हौती समूहले एक वक्तव्य जारी गर्दै २६ सेप्टेम्बर र अल–यमन पत्रिकाको कार्यालयमाथि इजरायली विमानले बम आक्रमण गरेको र भवनहरू पूर्णरूपमा ध्वस्त भएको जनाएको छ । समूहले यस आक्रमणले आफ्नो सञ्चार गतिविधि कमजोर नहुने पनि स्पष्ट पारेको छ ।आइतबार बिहान स्थानीय सञ्चारकर्मीहरूले ध्वस्त कार्यालय स्थलमा पुगेर मृतक सहकर्मीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।२६ सेप्टेम्बरमा पत्रिकाका पत्रकार इस्साम अल–

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 716 पटक पढिएको
  • लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह

    काठमाडौं— अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न आग्रह गरेको हो ।कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत्त मालिगाउँ र अरू ठाउँको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा बुझाउन भनिएको छ । चोरी र लुटपाटमा संलग्नमाथि सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।जेनजीको प्रदर्शनमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 623 पटक पढिएको
  • चोरी, लुटपाट भएका सामान फिर्ता गर्न भवन निर्माण विभागको अनुरोध

    काठमाडौं— शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ । विभागले सूचना निकाल्दै जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते बबरमहलस्थित भवन निर्माण विभागमा व्यापक लुटपाट भएकोले सामान फिर्ता गर्न अनुरोध गरेको हो ।भदौ २४ गते आन्दोलन तथा तोडफोडको क्रममा यस विभाग र परिसरमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टीभी, कुर्सी लगायतका सामग्रीहरू तथा कर्मचारीका निजी सवारी साधनसमेत विभाग परिसरबाट लुटपाट÷चोरी भएको विभागले जनाएको छ । ‘ती सामानको विषयमा कुनै जानकारी भएमा फोन गरेर जानकारी दिन वा नजिकको सुरक्षा

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 2,015 पटक पढिएको
  • फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

    सिरहा, ३० भदौ : यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ ।  जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले राष्ट्रियस्तरमै लहानको बेइज्जत गराएको भन्दै कार्यालयले कडा निर्देशन जारी गरेपछि फिर्ता हुन थालेको हो । उहाँले भन्नुभयो, “हामीले उर्दी जारी गरेका थियौँ फिर्ता गर्नका लागि । फिर्ता नगर्नेलाई सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा उपलब्ध फोटो भिडियोका आधारमा पहिचान गर

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 454 पटक पढिएको
  • सुदन गुरुङको पत्रकार सम्मेलनमा विवाद, धकेलाधकेलपछि कार्यक्रम अवरुद्ध

    काठमाडौं— 'हामी नेपाल' नामक संस्थाका सञ्चालक र आफूलाई 'जेनजी समूह' को अगुवा दाबी गर्दै आएका सुदन गुरुङको आइतबार आयोजित पत्रकार सम्मेलन विवादमा परिणत भएको छ। रिपोर्टर्स क्लबमा आयोजना गरिएको कार्यक्रममा गुरुङले राष्ट्रपति कार्यालयमा भएको वार्ताको विवरण सार्वजनिक गरिरहेका थिए।कार्यक्रमको क्रममा गुरुङले सरकारप्रति कडा भाषा प्रयोग गर्दै, आफूहरूको माग पूरा नभए सरकार ढाल्ने चेतावनीसमेत दिए। यस्तै अभिव्यक्तिपछि पत्रकारहरूले प्रश्न उठाउन थालेपछि जिज्ञासाको उत्तर दिने क्रममा गुरुङ उत्तेजित हुँदै गए र केही पत्रकारप्रति धम्कीपूर्ण भाषा प्रयोग गरे।गुरुङको व्यवहारबाट असन्तुष्ट भएका पत्रकारहरू प्रतिवादमा उत्

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 742 पटक पढिएको
  • चितवन कारागारबाट फरार ७४० मध्ये २३५ जना फर्किए

    चितवन— चितवन कारागारबाट फरार भएका कैदीबन्दीहरूमध्ये २३५ जना पुनः कारागारको सम्पर्कमा आएका छन्।गत बिहीबार परिवार तथा आफन्तमार्फत सम्पर्क गरिएपछि कैदीबन्दीहरू क्रमशः कारागार फर्किन थालेका हुन्। फरार भएका ७४० कैदीमध्ये २३५ जना अहिलेसम्म फर्किसकेका कारागार कार्यालय चितवनका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।४६ जना महिला कैदीमध्ये २७ जना भित्रिइसकेका छन् भने अन्य केही बाहिरी जिल्लाका कारागारहरूमार्फत सम्पर्कमा आएको जानकारी ढुङ्गानाले बताए। भैरहवा कारागारमा ४ जना र दमौली कारागारमा १ जना कैदी सम्पर्कमा आएका छन्। यस्तै, अन्य कारागारहरूबाट १४ जना कैदीबन्दी चितवन कारागारको सम्पर्कमा आइपुगेका

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 674 पटक पढिएको
  • ५ हजार किलो गाँजा फेला, दुई ट्रकमा लुकाएर राखिएको अवस्थामा बरामद

    इटहरी — सशस्त्र प्रहरी बलले आइतबार बिहान इटहरीमा दुई वटा ट्रकबाट करिब ५ हजार केजी गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा कोशी प्रदेशस्तरीय सशस्त्र प्रहरी टोलीले राति १ः३० बजे रोकी राखेको दुई ट्रकबाट १५८ बोरा गाँजा फेला पारेको हो।गाँजा बेवारिसे अवस्थामा एक पेट्रोल पम्पअगाडि पार्क गरिएका ट्रकभित्र लुकाइएको सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिए । ‘गाँजा कहाँबाट ल्याइएको र कसको हो भन्ने खुल्न सकेको छैन,’ उनले भने, ‘ट्रकका चालकहरू भने फरार छन्।’ना ४ ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गाँजा फेला पारेको सशस्त्र प्रहरीको भनाइ छ । बरा

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 1,228 पटक पढिएको
  • जेनजी आन्दोलनमा मृतक संख्या बढ्दै, अहिलेसम्म ७२ को निधन

    काठमाडौं— यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको हो। 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 522 पटक पढिएको
  • गएराति सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

    काठमाडौं— बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन् ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्कालाई शनिबार काभ्रे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले गएराति पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 669 पटक पढिएको
  • बौद्धको भाटभटेनी सुपरस्टोरमा जलेका ६ वटा शव फेला

    काठमाडौं— काठमाडौं महानगरपालिका–७ बौद्धमा रहेको भाटभटेनी सुपरस्टोरमा ६ वटा शव भेटिएको छ। पूर्णरूपमा जलेको अवस्थामा शनिबार साँझ ६ वटा मानव कङ्काल भेटिएको प्रहरी वृत्त गौशालाले जनाएको छ। शव कङ्काल अवस्थामा भेटिएकाले उनीहरूको पहिचान खुलेको छैन।शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।जेनजी आन्दोलनका क्रममा गत मंगलबार भाटभटेनी लगायत देशका व्यापारिक क्षेत्रमा तोडफोड र आगजनी भएको थियो।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 623 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.