काठमाडौं— भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गाविहीन सुकुम्वासी परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष बलभद्र बास्तोलाका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–४ का जग्गाविहीन घरपरिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो ।

सरकारले गत १८ असारमा बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु गर्दै बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा सुकुम्वासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको थियो ।

त्यसक्रममा सरकारले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै देशभर वास्तविक भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यसहित अभियान विस्तार गर्ने जनाएको थियो ।