काठमाडौं— एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेल अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ ।
यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपाल र मलेसिया दुवै एशियन गेम्समा छनौट भएका छन् भने यस खेलको नतिजाबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
आजको खेलमा दिपेन्द्र सिंह ऐरी कप्तान, कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, शेर मल्ल, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी खेल्दै छन् ।






































